Breaking News Thursday, 16 Feb, 2017
Prestige Media

आन्दोलनका कारण विद्यार्थी मर्कामा

दाङ, ५ फागुन । स्थानीय निकाए कर्मचारीको आन्दोलनका कारण विद्यार्थी पनि मर्कामा परेका छन् ।

आन्दोलनका कारण दाङमा हजारौँ सेवाग्राही र विद्यार्थीले सास्ती खेप्नुपरेको छ । स्थानीय निकाय बन्द हुँदा सिफारिस, जन्मदर्ता, जग्गा बेचबिखन, चार किल्ला प्रमाणित, नक्सा पास, योजना सम्झौता तथा भुक्तानीलगायतका मुख्य काम प्रभावित हुँदा सेवाग्राही आक्रोशीत भएका छन् ।

यस्तै कक्षा ८ मा अध्ययन गर्ने विद्यार्थीको जन्मदर्ता गर्ने कार्य प्रभावित हुँदा विद्यार्थीले परीक्षा फारामसमेत भर्न पाएका छैनन् । जिल्ला शिक्षा कार्यालय, दाङले यही फागुन ५ गतेसम्म फाराम बुझाउन सूचना गरे पनि कर्मचारी आन्दोलनका कारण स्थानीय निकायको काम कारवाही प्रभावित हुँदा विद्यार्थीले जन्मदर्ता गराउन पाएका छैन् ।

दाङका तुलसीपुर नगरपालिका, त्रिपुर नगरपालिका, घोराही नगरपालिका, लमही नगरपालिका, जिविस र ३१ गाविस कर्मचारीले कामकाज ठप्प पारेपछि जन्मदर्ता वा विदेश पढ्नका लागि सिफारिस लिन चाहने विद्यार्थी मर्कामा परेका हुन् ।

सरकारले राज्य पुनःसंरचनाको मापदण्डअनुसार स्थानीय निकायमा कार्यरत कर्मचारीलाई सम्मानपूर्वक समायोजन गर्नुपर्ने, अस्थायी करार कर्मचारीलाई स्थायी गर्नुपर्ने, स्थानीय निकायको निर्वाचन गर्नुपर्नेलगायतका विभिन्न माग राखेर स्थानीय निकाएका कर्मचारी माघ २५ गतेदेखि आन्दोलनरत् छन् । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL