मनोरञ्जन
Wednesday, 15 Feb, 2017
नबिन पौडेल र गायत्री थापाको स्वरमा बजार तताउने पञ्चेबाजा सार्वजनिक (भिडियो सहीत )
चर्चित लोक तथा दोहरी गायक नबिन पौडेल र गायत्री थापाको स्वरमा बलराम अधिकारिको’ बाग्लुङ दरमखोला भन्ने बोलको’ नयाँ पञ्चेबाजाको गीत तथा भिडियो सार्वजनिक भएको छ ।यु ट्युब बाट सार्वजनिक भएको उक्त गीतमा शब्द दिग्गज धौराली र लय भने नबिन पौडेलकोनै रहेको छ त्यसै गरी उक्त गीतको भिडियोमा शिबम पोख्रेल ,गायत्री थापा ,सन्तोष श्रेष्ठ लगायतका कलाकारको अभिनय,छायान्कन करन चैसिर ,कोरियो ग्राफर रविन थापा मगर सम्पादन प्रबिण रेश्मी मगरको रहेको छ भने निर्देशन गायत्री थापाले गरेकी हुन । उक्त गीतको उत्पादन तथा बितरण भने शिवदर्शन फिल्मस प्रालीले गरेको हो । स्टेजका राजा मानिएका नबिन पौडेलको स्वरमा रहेको यो गीतले पनि बजार तताउने अनुमान लगाउन सकिन्छ ।







