Breaking News Tuesday, 14 Feb, 2017
Prestige Media

रारा क्याम्पसमा स्ववियु चुनाव स्थगित

मुगु, ३ माघ । मुगु जिल्ला सदरमुकाम गमगढीमा रहेको रारा बहुमुखी क्याम्पसले सोमबार साँझ विज्ञप्ति निकाल्दै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित गरेको बताएको छ ।

विद्यार्थी सङ्गठनले आफँै सहमति गरेर पुनः सहमति तोड्दै गएको र क्याम्पसमा तनाव सिर्जना हुने अवस्था आएकाले चुनाव स्थगित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्ववियु निर्वाचनको मिति तोकेपछि गत माघ २१ गते रारा क्याम्पस प्रशासन र विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु र अखिल क्रान्तिकारीका प्रतिनिधिको बैठक बसी माघ २८ बेलुका ५ बजेसम्म विद्यार्थी भर्ना गर्ने समय सीमा तोकेर निर्णय गरेका थिए ।

तर माघ ८ सम्म नेपाल विद्यार्थी सङ्घले आफना समर्थक विद्यार्थीको भर्ना गरेपनि अन्य सङ्गठनले विद्यार्थी भर्नामा ध्यान दिएनन् । नेपाल विद्यार्थीसङ्घका कार्यबाहक अध्यक्ष दीपक रावलले सबै सङ्गठनको सल्लाहमा सात दिनसम्म भर्ना गर्ने समय तोकेर निर्णय गरेपनि अन्य सङ्गठनले पुनः भर्ना समय थपौँ भनेर बखेडा झिक्दा क्याम्पस प्रशासनले पनि अकस्मात निर्वाचन स्थगित गरेको बताउनुभयो ।

२०६५ सालमा भएको स्ववियु निर्वाचनमा रारा क्याम्पसमा नेपाल विद्यार्थी सङ्घले र अखिल क्रान्तिकारीको संयुक्त प्यानलले जितेको थियो ।

रारा क्याम्पसका पूर्व स्ववियु सचिव प्रकाश शाहीले क्याम्पसले निर्णय नसच्याए कडा आन्दोलनमा उत्रने पनि बताउनुभयो ।

रारा क्याम्पसका लेखापाल कर्णबहादुर रोकाया विद्यार्थी सङ्गठन र प्रशासनले संयुक्त निर्णय गरेपनि केही विद्यार्थी सङ्गठन निर्णयबाट पछिहट्दा चुनाव गराउन समस्या भएकाले स्थगित गर्नुपरेको बताउनुहुन्छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL