Breaking News Monday, 16 Jan, 2017
Prestige Media

प्रशासनको पनि पुनःसंरचना आवश्यक – मन्त्री बुढाथोकी

भद्रपुर, ३ माघ । समान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले मुलुकको राजनीतिक परिवर्तनसँगै प्रशासनको पनि पुनःसंरचना आवश्यक रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज झापाको जिविस हलमा आयोजित संविधान कार्यान्वयन तथा प्रशासन पुनःसंरचनाका सम्बन्धमा सरोकारवालासँग गरिएको अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले सिंहदरबारको अधिकारलाई स्थानीय तहसम्म पु¥याउन सकेमा मात्र स्थानीय तहबाट जनता अपेक्षित लाभान्वित हुने भन्दै निजामती कर्मचारीले पनि आफ्ना दृष्टिकोणलाई फराकिलो पार्न आग्रह गर्नुभयो ।

कर्मचारीको व्यवहारबाट नै मुलुकको आर्थिक सामाजिक र राजनीतिक क्षेत्रको विकास हुने मन्त्री बुढाथोकीको भनाइ छ ।

सरकारले कर्मचारीको लागि स्वास्थ्य बिमा र निवृत्तकोष स्थापना गर्न आवश्यक छलफल गरिरहेको मन्त्री बुढाथोकीले बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका सचिव दिनेशकुमार थपलियाले संविधानको सफल कार्यान्वयनमा राजनीतिक संरचना, प्रशासनिक पुनःसंरचना र वित्तीय व्यवस्थापन हुनुपर्ने कुरामा जोड दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीको अध्यक्षतामा भएको सो कार्यक्रम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव डिल्लीराम शर्माले संविधानको कार्यान्वयन र प्रशासनको पुनःसंरचनाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा जिल्लाका सबै सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL