Breaking News Sunday, 25 Dec, 2016
Prestige Media

सभामुखले बोलाइन प्रमुख सात दलको बैठक

काठमाडौं–संविधान संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्ष एमालेसहितका विपक्षी दलले लगातार संसद अबरुद्ध पारेपछि सहमतिकालागि पहल गर्न सभामुखले सोमबार प्रमुख तीन दलसहित सात राजनीतिक दलको बैठक बोलाएकी छन्।

दलहरुबीच सहमति हुने संभावना नदेखेपछि सभामुख ओनसरी घर्तीले सोमबार तीन बजे कांग्रेसदेखि तमलोपासम्मका सात राजनीतिक दलको बैठक बोलाएकी हुन्।  सरकारले मंसिर १४ गते संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता नलिएसम्म सदनको कारवाही अगाडि बढ्न नदिने विपक्षी दलले निर्णय गरेका छन्।

जसका कारण संसदमा छलफलका क्रममा रहेको अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव अलपत्र परेको छ। सरकार संविधान संशोधन प्रस्ताव फिर्ता नलिने र प्रतिपक्ष फिर्ता नलिएसम्म सदन चल्न नदिने अडानकाबीच सभामुखले सहमतिको प्रयास थालेकी हुन्। यसअघि पनि प्रमुख तीन दलका शीर्ष नेतासँग परामर्श गरेकी सभामुखले दलहरु सहमतिमा पुग्न नसकेपछि पुन बैठक बोलाएको सभामुखका प्रेस सल्लाहकार वविन शर्माले जानकारी दिए।

‘संसदमा दशभन्दा बढी सांसद संख्या रहेका दलहरुलाई सभामुखले बैठकमा बोलाउनु भएको छ,’ शर्माले भने, ‘दुई अंक (दशभन्दा बढी) सांसद संख्या रहेका दल सात वटा छन उहाँहरुलाई बैठकमा बोलाइएको हो।’  बैठकमा सदन सुचारु गर्ने विषयमा गम्भीर छलफल हुने बताइएको छ। यसैबीच  प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसभित्र पनि संविधान संशोधन प्रस्ताव थाँती राखेर निर्वाचनमा जानुपर्ने आवाज उठ्न थालेको छ। आइतबार बसेको पदाधिकारी बैठकमा अधिकांश नेताहरुले संविधान संशोधन प्रस्ताव थाँती राखेर निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिनुपर्ने राय राखेका थिए। साभार नागरिक न्युज ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL