Breaking News Sunday, 25 Dec, 2016
Prestige Media

बन्द उद्योग खोल्न सरकारको पहल

चितवन, ९ पुस । उद्योगमन्त्री नवीन्द्रराज जोशीले बन्द भएका निजी उद्योग खोल्न सरकारले पहल थालेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारीसँगै बन्द भएका निजी उद्योग खोल्नसके उत्पादनसँगै रोजगारीका अवसर दिलाउन सकिने बताउँदै नीतिगतरुपमा देखिएका अप्ठ्यारा फुकाउने र औद्योगिक विकासका लागि अघि बढ्ने काम सरकारले गरिरहेको बताउनुभयो ।

निजी उद्योग के–कति कारणले बन्द भएका हुन् सञ्चालकसँग छलफल भइरहेको बताउँदै मन्त्री जोशीले सरकारी तवरबाट हुने सहयोगले उद्योग पुनःसञ्चालन गर्न सकिन्छ भने सरकार सहयोगका लागि तयार रहेको बताउनुभयो ।

यसैगरी चितवन उद्योग सङ्घको १७ औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री जोशीले मालिक र मजदुरबीचमा सम्बन्ध राम्रो बन्न नसक्दा नेपालका उद्योगमा समस्या उत्पन्न भएको बताउनुभएको छ । चितवन जिल्लामा औद्योगिक क्षेत्र निर्माणका लागि आफू फर्किएलगत्तै अध्ययन टोली पठाएर काम सुरु गर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा सांसद सुरेन्द्र पाण्डे, शेषनाथ अधिकारी, उद्योग परिसङ्घका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, नेपाल घरेलु तथा साना उद्योग महासङ्घका वरिष्ठ उपाध्यक्ष उमेशसिंह, उद्योग सङ्घ चितवनका अध्यक्ष भीमबहादुर पाण्डलगायतले बोल्नुभएको थियो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

भेरी नदीमा खसेको जिपसँगै बेपत्ता व्यक्तिहरूको खुल्यो पहिचान

रोल्पामा पहिरोले ६ घर गोठ पुरिँदा २ जनाको मृत्यु, २ जना घाइते

बर्डफ्लु नियन्त्रणमा भएसँगै अण्डा र मासुको खपत र मूल्य बढ्यो

गाँजा खान पैसा नभएपछि लमजुङमा ७५ वर्षीया वृद्धाको बीभत्स ह’त्या

रास्वपा सांसद ढकाल भन्छन्- सिंहदरबारको नाम फेरौं, अनामनगर दरबार राखौं

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

राजनीतिक उतारचढावबाट नआत्तिन रविको आग्रह : सिट बेल्ट बाँध्नुहोस्, गन्तव्यमा सुरक्षित पुर्‍याउँछौँ

देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL