‘भाग्य नै विहेपछि खुल्छ रे…!’(भिडियोसहित)
नेपाली संस्कारअनुसार मंसिर महिनालाई लगनको महिना पनि भन्ने गरिन्छ । विशेषगरी, हिन्दु संस्कारअनुसार गरिने विवाहमा मौलिक वाजागाजाको प्रयोगको महत्व विछट्टै छ । एउटा भनाइ नै रहेको छ, विवाहको बेलामा पञ्चेवाजा नवजाउने हो भने नुन विनाको तरकारी जस्तै खल्लो हुनेछ । त्यही लोकवाजालाई टपक्कै टिपेर गायक अरविन्द्र भट्टराईले आफ्नो ‘विहेपछि भाग्य खुल्छ रे…’ बोलको लोक गीतमा पस्किएका छन् । पञ्चेवाजा नामक एल्वममा समावेश गरिएको सोही गीतमा गायक भट्टराई र गायिका तुलसी घर्तीमगरको स्वर रहेको छ । ‘विहेपछि नै भाग्य खुल्छ रे…’ बोलको लोकगीतमा लय तथा शब्द संकलन गायक भट्टराईको रहेको छ ।
त्यसैगरी, घरघरमा ग्यासँपाइप बोलको लोकगीतबाट प्रख्याती कमाएका गायक भट्टराई र गायीका घर्तीमगरले सोही लोकगीतमा अभिनय पनि गरेका छन् । उक्त लोक गीत मंगलवार विन्दास प्रेडक्सन प्रालीले युट्युवमार्फत सार्बजनिक गरेको हो । बेरोजगार तन्नेरीलाई कुनै पनि अभिभावकले छोरी दिन हिच्किचाउने गरेकाले ‘विहेपछि नै भाग्य खुल्छ रे…’ भन्ने गीत बजारमा ल्याएको गायक भट्टराईको दाबी गरे । सो गीतमा निर्देशन गायिका घर्ती मगरको रहेको छ । त्यस्तै, बिक्रम चौहान, जे पि, दिपाशा, टीकालगायतले पनि लोक गीतमा अभिनय गरेका छन् ।







