कला / साहित्य Friday, 5 Apr, 2024
Prestige Media

चलचित्र घरमा ‘महाजात्रा’ र ‘बद्रीबहादुर’

काठमाडौं–चलचित्र भवनमा दुई नेपाली चलचित्र प्रदर्शनरत छन् । ‘बद्रीबहादुर’ को प्रदर्शन आजदेखि सुरु गरिएको हो भने ‘महाजात्रा’ तेस्रो सातामा प्रदर्शनरत छ। शोभित बस्नेतले निर्माण तथा निर्देशन गरेको ‘बद्री बहादुर’ हास्य विधामा आधारित चलचित्र हो। निर्देशक बस्नेतले ‘धेरै हाँस्न नसक्नेले यो चलचित्र नहेर्नु होला’ भन्दै प्रचारसमेत गरेका छन्।
‘बद्रीबहादुर अहिलेको समाजमा देखिने पात्र हो, जसको भोगाइले मनोरञ्जनसँगै विविध पक्षलाई उजागर गरेको छ, यसले दर्शकलाई केही न केही सन्देश अवश्य दिन्छ,’ निर्देशक बस्नेतले भने। चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी कार्यकारी निर्माता रहेका चलचित्रमा जयकिसन बस्नेत, छुल्ठिम गुरुङ, राजिवजंग बस्नेत, धीरेन शाक्य, वर्षा चौलागाईंलगायतका कलाकारले अभिनय गरेका छन्।
‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ आजदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ। आपतकालीन रुपमा आइलाग्ने धन व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने चुनौतीलाई रोचक शैलीमा प्रस्तुत गरिएको चलचित्रलाई लेखन तथा निर्देशन प्रदीप भट्टराईले गरेका हुन्।
‘जात्रा शृंखलाको मनोरञ्जनसँगै यसपटक राष्ट्रिय विषयलाई जोडेका छौँ, तीन पात्रहरूको जात्रामा कलाकार थपेर यसपटक महाजात्रा गरेका हौँ, चलचित्र हेर्दा मनोरञ्जनसँगै संदेश पनि ग्रहण गर्नुहुनेछ’, निर्देशक भट्टराईले भने। चलचित्रमा अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, दिव्य देव, राजाराम पौडेल लगायतका कलाकारले अभिनय गरेका छन्। म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्नुभएको ‘महाजात्रा’ नेपालसँगै विश्वभर व्यावसायिक रुपमा समेत सफल भएको छ। निर्माता खत्रीले चलचित्रले नेपालमा दुई सातामा १० करोड १५ लाखको कूल व्यापार ९ग्रस कलेक्सन० गरेको जानकारी दिए।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL