कला / साहित्य Sunday, 17 Sep, 2023
Prestige Media

डा. ओममूर्ति लिखित ‘जीवन्त सम्बन्ध’ प्रकाशित

काठमाडौं–वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ पुस्तक प्रकाशित भएको छ।जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, संघर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायतका विषयमाथि संस्मरणात्मक शैलीमा पुस्तक लेखिएको छ।

पुस्तकमा सम्बन्धको गहिराइलाई केलाइएको छ। त्यस्तै, व्यक्तिको कर्तव्य, सोच र दायित्यलगायतका विषयमाथि केन्द्रित हुँदै मानिसको सोचमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास लेखकको छ।पुस्तकले सामाजिक रुपान्तरण, पारिवारिक दायित्व एवं पेसागत जिम्मेवारीलाई निर्वाह गर्न हौसला दिन सक्छ।

२४० पृष्ठको पुस्तकमा ५३ वटा जीवन उपयोगी खण्डलाई संस्मरणात्मक रूपमा समेटिएको छ। पुस्तक प्रकाशनको मूल उद्देश्य पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असहाय वृद्धवृद्धाका निम्ति डा. ओम फाउन्डेसनमार्फत खर्च गरिने डा. अनिलले बताए।

५ असोजमा बजारमा आउने पुस्तक २९ भदौदेखि अनलाइन बुकिङ खुला भएको छ। दराज, ई–सेवा, हाम्रो पात्रो अनलाइनलगायतका प्लेटफर्म, डा. ओम फाउन्डेसनको वेबसाइट तथा लेखककै फेसबुक पेजमार्फत अनलाइन बुकिङ हुनेछ।पुस्तकको काठमाडौं उपत्यकाभित्र निःशुल्क होम डेलिभरी हुनेछ। पुस्तक विभिन्न सुपर स्टोर एवं कफी सप तथा क्याफे आउटलेटमा समेत उपलब्ध हुनेछ।

पुस्तकको आवरण पृष्ठ लेखक डा. अनिल, श्रीमती मनीषा, छोरी अनिशा र आरभले संयुक्त रूपमा अनावरण गरेका थिए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चितवनमा चलचित्र अवार्ड

नायिका रेखा थापा ‘आमा’ बन्दै

फिल्म ‘एक भगवत् गीता’ को ट्रेलर सार्वजनिक

अभिनेता सानु ताम्राकारको निधन

पशुपति प्रसाद २ः भष्मे डन’ को टिजर सार्वजनिक (भिडिओ)

राष्ट्रिय झण्डा ओढाएर गायक रविन तामाङलाई श्रद्धाञ्जली

रकगायक तथा अभिनेता रविन तामाङको निधन

बोटल प्रहार गर्ने युवकले गायक प्रकाश सतुपसँग मागे माफी

आदिपुरुष बाहेकका हिन्दी फिल्म चलाउने चलचित्र संघको निर्णय

‘आदिपुरुष’ले पायो नेपालमा प्रदर्शन अनुमति, मेयर बालेनको फेसबुक स्टाटसले भने संशय पैदा

फिल्म ‘बद्री बहादुर’को पोस्टर सार्वजनिक

फिल्म ‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक (भिडिओ)

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL