मनोरञ्जन Monday, 12 Mar, 2018
Prestige Media

गोपी र अष्टनारायणले बचाइदिएको कलाकारको स्टारडम

हरेक शुक्रबार नयाँ नेपाली चलचित्र रिलिज हुन्छन् । तर, चलचित्रका निर्माता र कलाकारहरु भने शनिबारको पर्खाइमा रहन्छन् । कारण शनिबार हलहरुमा दर्शकहरुको बढि घुँईचो हुन्छ ।

जब शनिबार आउँछ, सेलिबि्रटीहरुसहित निर्माण टोली विभिन्न हलहरुमा पुग्छ, र दर्शकको भीडसँग फोटो खिचाएर फेसबुकमा हालिन्छ । यस्तो फोटो प्राय दुई हलको राखिन्छ, चाबहिल स्थित गोपिकृष्ण मुभीज र बालाजुस्थित अष्टनारायण । नेपाली चलचित्रले काठमाण्डौमा सर्वाधिक दर्शक तान्ने यीनै दुई हल हुन् ।

तर शनिबार यी दुई हलमा भीडसहितको फोटो कुनै कलाकार, निर्माताले फेसबुकमा पोष्ट गर्‍यो भन्दैमा चलचित्र सुपरहिट भएछ भन्ने भ्रममा नपर्नुस ।

किन देखिन्छ भिड ?
गोपिकृष्ण हलमा एकसाथ ७ वटा चलचित्र रिलिज हुन सक्छन् । ७ वटा पर्दामा चलचित्र हेर्न आएका दर्शक कुनै नयाँ रिलिज भएको नेपाली चलचित्रको सेलिबि्रटी पुग्दा एकै ठाउँमा भेला हुन्छन् । यसले गर्दा ठूलो मास दखिन्छ ।

अष्टनारायणको अवस्था पनि त्यस्तै हो । एकसाथ २ हजार दर्शक भित्र छिर्दा र बाहिर निस्कदा अष्टनारायण जाने बाटो पुरै जाम हुन्छ । जसले गर्दा निर्माता र कलाकारले ठूलो भिड देखाउन सक्छन् ।

अझ, कलाकारसँग तस्बिर खिच्नेको तँछाडमछाड हुन्छ । थरी-थरीका फ्यान हलमा भेटिन्छन् । रुने-कराउने फ्यान पनि यीनै हलमा भेटिन्छन् । अझ, कुनै कलाकार दर्शकको भीडमा गयो भने उसलाई जुरुक्कै बोकेर हुटिङ गर्न पनि पछि पर्दैनन् । यही भिडलाई आफ्नो ‘फ्यान फलोइङ’ मान्दै आत्मरतिमा रमाउँछन् सेलिबि्रटीहरु । यसरी कुनै अमुक कलाकारको स्टारडम गज्जबले जोगाइदिएका छन् यी दुई हलले । यदि, ती दुई हलमा चलचित्रका कलाकार र निर्माता पुगेनन् भने सम्झनुहोस्, त्यो चलचित्रले पानी पनि माग्न पाएनछ ।

मल्टिप्लेक्स्का दर्शक फरक
मल्टिप्लेक्स हलमा पुग्ने दर्शक कलाकारप्रति त्यती क्रेजी भावमा प्रकट हुँदैनन्, जति सिंगल हलका दर्शकमा देखिन्छ । सेल्फी खिच्ने, कुराकानी गर्ने गरेता पनि हुटिङ नै गर्ने, कलाकारलाई नै बोक्ने काम मल्टिप्लेक्समा पुगेका दर्शकले गरेको पाइदैन । जसकाकारण, ठूलो मास र हल्लाखल्ली मल्टिप्लेक्समा कलाकार पुग्दा देखिदैन ।

काठमाडौ लगायत देशभर मल्टिप्लेक्स हल आक्रामक रुपमा खुलिरहेका छन् । मल्टिप्लेक्समा चलचित्रले राम्रो व्यापार गर्‍यो भने लगानी उठाउन धेरै समय कुर्नै पर्दैन ।

तर, कलाकारका लागि भने काठमाण्डौंका दुई हल गोपिकृष्ण मुभिज र अष्टनारायण हल सर्वाधिक प्यारा छन् । गोपिकृष्ण मुभिजका ७ वटै पर्दा दिनभरी नै हाउसफूल रहे भने चलचित्रले निर्मातालाई करिब ४ लाखको शेयर दिन्छ ।

अष्टनारायण हलका ४ वटा पर्दा हाउसफूल रहेभने एक दिनमा करिब ७ हजारभन्दा बढी दर्शकले चलचित्र हेर्न सक्छन् । र, यो हलबाट पनि निर्माताको भागमा उही ४-५ लाख नै शेयर एक दिनमा आउँछ ।साभार;अनलाइन खबर 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL