Exclusive News Tuesday, 30 Jan, 2024
Prestige Media

भरतपुर भ्रमण वर्षले ‘भरतपुर ब्रान्ड’ स्थापित गर्ने मेयर दाहालको दाबी

काठमाडौं– भरतपुर महानगर प्रमुख रेनु दाहालले ‘भरतपुर ब्रान्ड’ स्थापित गर्न भरतपुर भ्रमण वर्ष २०२४ को आयोजना गरिन लागेको बताएकी छन्।
होटल व्यवसायीसँग भरतपुर भ्रमण वर्ष २०२४ बारे नारायणगढमा आज आयोजित छलफलमा प्रमुख दाहालले भरतपुरलाई पर्यटकीय गन्तव्यका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्न भ्रमण वर्ष आयोजना गरिएको स्पष्ट पारिन्।
‘भरतपुरमा अहिले पनि पर्यटक आइरहेका छन्’, उनले भनिन्, ‘भरतपुरलाई विश्वसामु चिनाउन उत्सवको रुपमा यो कार्यक्रम गर्न लागिएको हो। भरतपुर नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो भनी विश्वलाई सन्देश दिने कार्य हुँदै छ।’
यसका लागि महानगरले भ्रमण वर्षको एप, ब्रुसर, स्टिकर,बुकलेट, भिडियो सामाग्री, विभिन्न स्थानमा म्याप बोर्ड राख्ने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तित्व, संघसंस्था, व्यवसायीलाई निम्तो बाँड्ने काम गरिसकेको छ।
भरतपुर भ्रमण वर्षका लागि निर्माण भएका पर्यटकीय पूर्वाधारले भरतपुरबासीलाई प्रत्यक्ष, अप्रत्यक्ष लाभ पुग्ने प्रमुख दाहालले बताइन्।
भ्रमण वर्षका लागि भरतपुर–६ देव नगरमा निर्माण गरिएको ‘ओपन जु’ सन् २०२४ मा मात्र नभई सधंैका लागि प्रत्यक्ष रुपमा बाघ हेर्ने स्थल हुने उनको भनाइ छ।
ऐतिहासिक दियालो बंगला भ्रमण वर्षपछि पनि सधंै खुला रहने भएकाले यो भरतपुरको उत्कृष्ट पर्यटकीय गन्तव्य हुन सक्ने प्रमुख दाहालले जिकिर गरिन्।
महानगरको अथक मिहिनेतपछि दुई महत्त्वपूर्ण पर्यटकीय गन्तव्य निर्माण र खुला गर्न सकिएको उनले दाबी गरिन्।
दियालो बंगलाको स्तरोन्नतिका लागि ठेक्का आह्वान भइसकेको र भ्रमण वर्षको १० दिन अगाडि पछाडि खुला हुने गरी काम अघि बढेको उनले बताइन्।
जिप सफारी, जंगल सफारी, डुंगा सफारी, प्याराग्लाडिङ, मौलाकालिका केबुलकारजस्ता धेरै पर्यटकीय गतिविधि गर्न सकिने भएकाले भरतपुर नेपालको प्रम्ुख पर्यटकीय गन्तव्य बन्ने दिशामा अगाडि बढेको उनले जानकारी दिइन्।
भ्रमण वर्ष अवधिमा भरतपुरमा धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना हुँदा ठूलो संख्यामा पर्यटक यहाँ आउने भएकाले पाहुनालाई उत्कृष्ट सत्कार गर्न होटल व्यवसायीको भूमिका महत्त्वपूर्ण हुने प्रमुख दाहालले बताइन्।
भ्रमण वर्षको एकवर्षे अवधिमा यहाँ आउने पाहुनालाई विशेष छुटसहितको प्याकेज घोषणा गर्न प्रमुख दाहालले आग्रह गरिन्।
महानगरले भ्रमण वर्ष आयोजना गरे पनि यसलाई सफल बनाउन निजी क्षेत्रका व्यवसायी, चितवनबासी, जिल्लाका सम्पूर्ण पालिकाको सहयोग आवश्यक पर्ने उनले औंल्याइन्।
कार्यक्रममा होटल व्यवसायीले भ्रमण वर्ष अवसरमा विशेष प्याकेज ल्याउन सकारात्मक रहेको बताए। उनीहरुले अहिले १५ प्रतिशत छुट व्यवस्था रहे नि भ्रमण वर्षलाई लक्षित गरी विशेष अफर ल्याइने प्रतिबद्धता मेयर दाहालसमक्ष व्यक्त गरे।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

नेप्सेमा सिमेन्ट कम्पनी चम्किँदा २० अर्ब बढीको कारोबार

बंगलादेशको अन्तरिम सरकार प्रमुखको जिम्मेवारी नोबेल पुरस्कार विजेता युनुसलाई

ओली, देउवा र दाहाललाई बुझाइयो संक्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन

काभा महिला भलिबलको फाइनल हेर्न रंगशाला जाँदै प्रधानमन्त्री ओली

नेप्से परिसूचक ४० अंकले बढ्यो, करिब २२ अर्बको कारोबार

फास्ट ट्रयाकको धेद्रे सुरुङ ब्रेक थ्रु

महिला भलिबलमा नेपालको ऐतिहासिक जित, भारत पराजित

आश्माले जितिन् मिस नेपालको उपाधि

कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

सुन मूल्य तोलामै १८०० रुपैयाँले बढ्यो

देशभरका विद्युत् प्राधिकरण कार्यालयमा रोपिए बिरुवा

स्वदेशमै उच्च शिक्षा अवसर उपलब्ध गराउन प्रधानमन्त्रीको आग्रह

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL