Exclusive News
Thursday, 4 Apr, 2024
महिना दिनमै १४८ जनाले लिए हिमाल आरोहण अनुमति
काठमाडौं– हिमाल आरोहणका लागि अनुमति लिने पर्यटक संख्या बढ्न थालेको पर्यटन विभागले जनाएको छ। विभागका अनुसार मार्च १ देखि अप्रिल १ सम्म हिमाल आरोहणका लागि १४८ जनाले अनुमति लिएका छन्। अनुमति लिनेमध्ये सबैभन्दा धेरै सगरमाथा उक्लिन चाहने रहेको विभागले बताएको छ। सगरमाथा आरोहणका लागि १ महिनामा ६३ जनाले अनुमति लिएका हुन्।
अन्नपूर्ण आरोहण गर्न चाहने २५, आमादब्लम उक्लिन २३, धवलागिरिका लागि १५, पुथा हिमचुली ७ र कञ्चनजंघा आरोहणका लागि ७ जनाले अनुमति लिएको विभागको तथ्यांकमा उल्लेख छ। आरोहण अनुमति लिनेबाट १० करोड ५५ लाख राजस्व संकलन भएको छ।