Breaking News
Tuesday, 30 Jan, 2024
उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधन
काठमाडौं– उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासिनीको हृदयघातका कारण आज बिहान निधन भएको छ।
५६ वर्षीय न्यायाधीश मरासिनीलाई बिहान साढे ८ बजे हृदयाघात भएपछि उपचारका लागि कलंककीस्थित नेपाल नेसनल अस्पताल लगिएको थियो।
उनको उपचारका क्रममा बिहान १० बजे निधन भएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए।
उनका अनुसार न्यायाधीश मरासिनीकी छोरी पोखरामा रहेकीले काठमाडौं आएपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।