‘पण्डित बाजेको लौरी’को को गीत रिलीज (भिडियो)
साउन ४ गते सार्वजनिक प्रदर्शन को मिति तय गरेको चलचित्र‘पण्डित बाजेको लौरी’ को गीत सार्वजनिक भएको छ । श्री कृष्ण बम मल्लको संगीतमा रहेको ‘चोली तुना’ बोलको गीतमा कृष्ण के.सीको शब्द, मीना निरौला र श्री कृष्ण बम मल्लको स्वर छ ।बिक्रम स्वरको कोरियोग्राफी रहेको सार्वजनिक गीतको भिडियोमा प्रविन खतिवडा, बिजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, सन्ध्या केसीलगायत फिचरिङ्ग छन् ।भिडियो;
दिपक ओलीको निर्देशनमा तयार भएको चलचित्रमा थमनकुमार भण्डारी र किशोर खड्काको लगानी छ । यो चलचित्रमा महेश दवाडीको कथा, पटकथा तथा संवाद, विदुर गिरीको छायांकन, मित्र डी गुरुङको सम्पादन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी, श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत छ ।अधृत फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्र ‘पण्डित बाजेको लौरी’मा मा प्रविन , बिजय , प्रमोद , मरिष्का , सन्ध्याबाहेक भोलाराज सापकोटा, लोकेन्द्र बीक, बिशाल पहारी, कुलदिप अधिकारी मुख्य भूमिकामा छन् ।







