रियल जोडीको कथा ‘बोबी’को रोमान्टिक गीत रिलिज (भिडियो)
रियल जोडीको कथामा बनेको चलचित्र ‘बोबी’को रोमान्टिक गीत रिलिज भएको छ ।चलचित्रको प्रदर्शन मिति असार २९ गतेलाई तोक्दै मङ्गलवार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच चलचित्रको नयाँ गीत सार्वजनिक गरिएको हो ।सार्वजनिक ‘आँखाको नानी’ बोलको उक्त गीतमा रियल जोडी उमेश थापा र कविता गुरुङ फिचर छन् । राजेश पायल राई र दिपा लामाको स्वर, बसन्त सापकोटाको शब्द तथा संगीत गीतमा नर्वेका रमणीय दृश्यमा प्रस्तुत गरिएको छ ।
चलचित्रलाई मिलन चाम्सले निर्माण तथा निर्देशन गरेका हुन् ।सार्वजनिक गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी, बनिश शाहको सम्पादन, नवराज कृष्ण थापाको छायांकन छ ।नरेश भट्टराई र गिरिराज घिमिरेको कथा रहेको यो चलचित्रले उमेश र कविताको लभ स्टोरी र उनीहरुको जीवनमा आएको उतारचढावलाई प्रस्तुत गरेको छ ।चाम्स इन्टरटेनमेन्ट र लन्डन आई इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको ‘बोबी’मा कविता गुरुङ, उमेश थापा, विजय लामा, रुवि राना, देशभक्त खनाल, रश्मी भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ ।







