’चि मुसी चि’को पहिलो गीत रिलिज (भिडियो)
श्रावण ११ गतेलाई प्रदर्शन मिति तय गर्दै नेपाली चलचित्र ’चि मुसी चि’को पहिलो गीत रिलिज गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बिच कलाकार र निर्माण टिमको उपस्थितिमा ’तिमीले माग्छौ भने’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।गीतको भिडियोमा चलचित्रका दुई लिड कलाकार सुनिल क्षेत्री र अलिशा शर्मा फिचर छन् ।चलचित्रको यो गीतमा अन्जु पन्त र यूवराज चौलागाइको स्वर, सुरज अधिकारीको शब्द तथा संगीत छ ।
म्युजिकल थ्रिलर जनरामा निर्मित यस चलचित्रलाई निर्देशक दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । शिवराज कार्की कार्यकारी निर्माता रहेको चलचित्रमा अरुन गुरुङ, महेश्वर खत्री, सुवास बर्तौला, डब बहादुर गुरुङको लगानी छ । बासु न्यौपानेले खिचेको चलचित्रलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् ।चलचित्रमा सुनिल क्षेत्री, एलिसा शर्मा, सुशान्त कार्की, कमली वाइवा, शशांक बस्याल, शेखर सुवेदी, शिवराज कार्कीको मुख्य भूमिका छ ।







