‘कुम्भ करण’ को अष्ट्रेलिया राइट्स बिक्री

लामो समयदेखि विभिन्न कारणले रोकिएको चलचित्र ‘कुम्भकरण’को प्रदर्शन मिति नेपाल र अष्ट्रेलियामा फाइनल भएको छ । आकाश पल इन्टरटेन्मेन्ट र अष्ट्रेलियाको ग्लोबल मिडिया रिसर्च सेन्टरको तर्फबाट गणेश मल्ल ठकुरीविच संझौता भएको छ । चलचित्र यही असार ८ गते नेपाल र अस्ट्रेलियामा एकसाथ प्रदर्शनमा आउन लागेको हो ।
चलचित्र ‘कुम्भकरण’को अष्ट्रेलियाको कपी राइट्स १२ लाखमा बिक्री गरिएको निर्माण पक्षले जनाएको छ ।यस चलचित्र नेपालससँगै अष्ट्रेलियाका विभिन्न शहरहरुमा एकसाथ प्रदर्शन हुनेछ ।
आकाश पल इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘कुम्भ करण’लाई विजय श्रेष्ठ, गिरप्रसाद घर्तिमगर, चित्रबहादुर घर्तिमगर र क्षितिज बस्नेतले मिलेर निर्माण गरेका हुन् ।चलचित्रका कार्यकारी निर्माता रोम ओली र चुपनिधि रिजाल (अरुण) हुन् भने लाइन निर्माताको रुपमा सरिता गिरी रहेकी छिन् । चलचित्रमा गौरव पहाडी, निशा अधिकारी, भोला सापकोटा, अभय बराल, आकाश पल, प्रमोद अग्र्हारी, कमल गाउँले, सदभाव थापा लगायतको मुख्य भूमिका रहेको छ ।







