यस्तो बन्यो ‘झमक बहादुर’ को ट्रेलर (भिडियो)
साउन १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘झमकबहादुर’ को ट्रेलर सार्वजनिक भएको छ ।चलचित्रको ट्रेलर सोमबार राजधानीमा कार्यक्रम आयोजना गरेर सार्वजनिक गरिएको थियो ।दियालो इन्टरटेनमेन्ट र युबी फिल्मस् ग्यालरीको व्यानरमा चलचित्रमा अनुपविक्रम शाही, यादव देवकोटा, राजु कमेडी, सुजाता थापा, राजन महर्जन लगायतका कलाकारको अभिनय रहेको छ ।हाँस्यास्पद कुरा के छ भने, ट्रेलरमा प्रयोग गरिएका अधिकांश दृश्य ‘मुम्बई एक्सप्रेस’का दृश्यसँग हुबहु मिल्छन् । चलचित्रको कथा चोरिएको कुरा पहिलो दृष्यबाटै थाहा हुन्छ ।
भोमन कटुवालले निर्देशन गरेको यो चलचित्रलाई कल्याण अधिकारीले लेखेका हुन्। कल्याण अधिकारीको कथा, राजन भुजेलको संवाद र पवन गौतमको सिनेम्याटोग्राफी रहेको चलचित्रका निर्माता मिन कुमार तामाङ हुन् । अनिल कुमार महर्जनको सम्पादन, राजु किरन्तको द्धन्द र रंजित गजमेरको संगीत रहेको छ ।।







