मनोरञ्जन
Monday, 7 May, 2018
कान्छा निर्देशकको ‘हैरान’ ट्रेलर सार्वजनिक (भिडियो)
जेठ ४ गतेलाई प्रदर्शनको मिति तय गरेको चलचित्र ‘हैरान’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको ट्रेलरमा कमेडी, प्रेम र केही द्धन्दका दृश्यहरु समावेश छन् ।संसारकै सबैभन्दा कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा बनेको चलचित्रमा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन।
ज्ञानेन्द्र शर्माको छायाँकनमा रहेको चलचित्रमा प्रितम पाण्डेको सम्पादन रहेको छ ।डान्स फेभरको ब्यानरमा निर्मित चलचित्रमा सरोज खनाल, गजित विष्ट, निश्मा घिमिरे, सागर लम्साल, बुद्धि तामाङ, सत्यराज आचार्य, शिशिर भण्डारी, पुष्कर रेग्मी, आरोही शर्मा, एन्जल राई लगायतका कलाकारहरुको अभिनय छ ।यसअघी नै निर्माण टिमले चलचित्रको शिर्ष गीत र टिजर सार्वजनिक गरिसकेको छ।







