मनोरञ्जन
Sunday, 6 May, 2018
ऋचाको ‘सुनकेशरी’को रोमान्टिक गीत रिलीज (भिडियो)
जेष्ठ ११बाट प्रदर्शनको तयारीमा रहेको हरर चलचित्र ‘सुनकेसरी’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । शुक्रवार राती सार्वजनिक भएको ‘मायाले छोई’ बोलको गीतमा सनुप पौडेलको स्वर रहेको छ। कालीप्रसाद बाँस्कोटाको शब्द, सङ्गीत रहेको गीतको भिडियोमा चलचित्रका कलाकार सन्नी ढकाल र लउरेन फिचरिङ छन् ।
अर्पण थापाको निर्देशनमा बनेको चलचित्रलाई भिम न्यौपाने , ऋचा शर्मा र शर्मिला सापकोटाले संयुक्त रुपमा निर्माण गरेका हुन् ।नेपालमा हरर चलचित्रहरु एकदकै कम बन्ने गरेको अवस्थामा बी जि इन्टरटेन्टमेन्ट, ऋचा शर्मा फिल्म्स्, दि पिक पिक्चर्सको सयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्रमा सन्नी र लउरेनको साथमा अभिनेत्री ऋचा शर्मा, रविन्द्र झा ,प्रेरणा थापा,भिम न्यौपाने लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको ट्रेलर सार्वजनिक भइसकेको छ।







