फ्राईडे रिलिज;‘डमरुको डन्डिबियो’ र ‘भोर’मा कुन हेर्ने ?
हरेक साता नयाँ नेपाली सिनेमाहरु प्रदर्शनमा आउने क्रममा यो साता दुई नयाँ नेपाली चलचित्रहरु प्रदर्शनमा आएको छ । आज शुक्रबारबाट ‘भोर’ र ‘डम्बरुको डन्डिबियो’ चलचित्र प्रदर्शनमा आएका छन् ।देशभर एकसाथ प्रदर्शनमा आएका यी दुवै चलचित्र फरक फरक विषयमा निर्माण भएका छन् ।चर्चा गरौ यी दुईचलचित्रको बारेमा ।
कुरा गरौ चलचित्र ‘डम्बरुको डन्डिबियो’ को ,
नेपालमा लोप हुँदै गएको खेल डन्डिबियोको कथालाई उठान गरिएको चलचित्रमा खगेन्द्र लामिछानेको लेखन,छेतन गुरुङको निर्देशन,बिनोद गुरुङ र नोर्बु त्शेरीङ् घलेको निर्माण रहेको छ।प्रितम पाण्डेको सम्पादन, कालीप्रसाद बाँस्कोटाको सङ्गीत रहेको चलचित्र हरी हुमागार्इंले खिचेका हुन् । संबृधी इन्टरटेन्ट्मेन्ट को व्यानरमा निर्माण भएको चलचित्रमा खगेन्द्र , अनुप , मेनुका, बुद्धी, आशन्त को साथमा अंकीत खड्का, लक्ष्मी बर्देवा, मिश्री थापा, इँगी होपो कोइन्च् सुनुवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनयमा छ ।
यस्तै कुरा गरौ चलचित्र ‘भोर’को,
महिलामाथी दाइजोकै नाममा हुने हिंसा, न्यायको खोजीमा लाग्दा न्याय पाउनकै लागी गर्नुपर्ने संघर्ष र घरभित्रै हुने शारिरिक तथा मानशिक यातनालाई देखाईएको चलचित्र राज तिमिल्सिना र राम गोपाल थापाले निर्माण गरेको हुन् भने कार्यकारी निर्माता देवेन्द्र प्रसाद सुवेदी छन् । कृष्ण धाराबासीको कथामा तयार फिल्मलाई उज्जल ढकालले सम्पादन गरेका छन् ।मिडिया फोर कल्चर ब्यानरको अर्काे प्रस्तुति चलचित्र ‘भोर’ मा रामनारायण ठाकुर, डली सरकार, राजेश सक्सेना, बी.एन. पटेल, अनिता रानी मण्डल, सुनिल मिश्र, मदन ठाकुर, प्रमेश झा र रेखा झा लगायतका कलाकारको अभिनयले भरिएको छ।ऐतिहासिक कथामा बनेको सफल चलचित्र ‘झोला’कै टिमले भोर बनाएका हुन् ।







