मनोरञ्जन
Thursday, 3 May, 2018
‘हिरोज्’ को नयाँ प्रदर्शन मिति वैशाख २८
अभिनेत्री करिश्मा मानन्धरअभिनित चलचित्र‘हिरोज’ अन्ततः बैशाख २८ गते प्रदर्शनमा आउने भएको छ ।एक्सन, लभ, कमेडी र सेन्टिमेन्ट्सले भरिएको फिल्म पहिला २४ चैतमा प्रदर्शन हुने तयारीमा थियो । तर, त्यतिवेला प्राविधिक कारण देखाउँदै अन्तिम समयमा प्रदर्शन स्थगित गरिएको थियो ।अब भने आफ्नो चलचित्र बैशाख २८ मा दर्शकमाझ आउने पक्का भएको जानकारी निर्मात्री पूर्णिमाले दिएकी छिन् ।
एनबी महर्जनको निर्देशनमा बनेको चलचित्रमा करिश्मा मानन्धर, जयकिसन बस्नेत, मुकेश ढकाल, पूर्णिमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन् ।जय लक्ष्मी फिल्म्स्को ब्यानरमा बनेको चलचित्रमा शंकर महर्जनको द्वन्द्व, कमल राई, कबिराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।
यो मितिमा सलोेन बस्नेत र कबिर खड्का स्टारर चलचित्र ‘लम्फू’ पनि रिलिज हुँदैछ ।







