मनोरञ्जन Tuesday, 1 May, 2018
Prestige Media

‘रामकहानी’को पहिलो गीतमा यस्तो देखियो पूजा र आकाशको केमिस्ट्री

नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाले निर्माण गरेको दोश्रो चलचित्र ‘रामकहानी’को पहिलो गीत रिलिज गरिएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको यो गीतमा सुगम पोखरेल र अन्जु पन्तको आवाज छ । ‘तिम्रो लागी म’ बोलको गीतमा पुजा शर्मा र आकाश श्रेष्ठले रोमान्स गरेका छन् ।सार्वजनिक गीतमा पूजा र आकाशसँगै , केदार घिमिरे, जितु नेपाल र विल्सनविक्रम राईको नृत्य देख्न सकिन्छ । गीतलाई धुर्मुस-सुन्तलीले निर्माण गरेको रौतहटको एकीकृत नमुना बस्ति सन्तपुरमा छायाँकन गरिएको हो ।

अभिनेत्री पूजा शर्माको जन्मदिनको अवसरमा पूजाले दर्शकलाई उपहारस्वरूप चलचित्र ‘रामकहानी’ को पहिलो गीत सार्वजनिक गरेकी हुन्।  सुदर्शन थापा निर्देशित सिनेमामा पूजासँगै सुदर्शनको पनि लगानी छ । सौरभ लामाको  छायाँकनमा रहेको चलचित्रमा बनिश शाह/मिलन श्रेष्ठको सम्पादन रहेको छ ।भदौ २२ गते देखि रिलिज हुने यो चलचित्रमा माथि उल्लेखित कलाकारका अलावा सिनेमामा रविन्द्र झा, राजाराम पौडेल, शिशिर राणा, बिशाल पहारी, सुनिता श्रेष्ठ ठाकुर, शोभित बस्नेत लगायतका कलाकारको अभिनय छ ।

 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL