मनोरञ्जन Sunday, 29 Apr, 2018
Prestige Media

खगेन्द्रसँगै दर्शकले खेले टुँडिखेलमा डन्डिबियो

वैशाख २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘डमरुको डन्डिबियो’लाई दर्शकले अहिले खुबै प्रतिक्षा गरिरहेका छन् । यो चलचित्रको कथावस्तुका कारण पनि यसले चर्चा पाएको हो ।

पूर्व राष्ट्रिय खेल समेत रहेको डन्डिबियोको कथालाई निकै मार्मिक तरिकाले उठान गरिएको छ । शनिबार दिउँसो राजधानीको टुँडिखेलमा ‘ठ्याक लगाउने’ च्यालेन्जको समेत आयोजना गरिएको छ ।यो प्रतिस्पिर्धामा भाग लिन दर्शकको उपस्थिती राम्रो थियो । च्यालेन्जमा सिठ्ठो (सात), छैंटो, पाँचो ठ्याक लगाउनेलाई निर्माण टिमले क्रमश रु. २५००, १५००, ५०० बराबरको फूडरकफी, कुपन वा टिसर्टरक्याप र इनर्जी ड्रिंक्स पुरस्कार दिएका थिए। त्यस्तै, तियो र चारो लगाउनेलाई टिसर्टरपेन पुरस्कार दिइयो ।

चलचित्रका कलाकार खगेन्द्र लामिछाने, आशान्त शर्मा, लक्ष्मी वर्देवा, निर्माताद्वय नोर्बु छिरिङ घले, विनोद गुरुङ लगायतका कलाकारले प्रतिस्पर्धीसँगै ठ्याक लगाएका थिए ।

यसको कथा खगेन्द्र आफैंले लेखेका हुन् । समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानीमा निर्माण भएको यो फिल्मको ७५ प्रतिशत छायांकन लमजुङको घले गाउँ र बाँकी काठमाडौंमा भएको हो ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL