फ्राईडे रिलिज;‘कोहलपुर एक्सप्रेस’ र ‘ह्याप्पी डेज’मा कुन हेर्ने ?
हलमा प्रियंका भर्सेस प्रियंकाएकभन्दा बढी नेपाली चलचित्र हलमा लाग्दा दर्शक बाँडिने भएपनि यस्ता भिडन्त नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि चल्दै आएको छ । यस्तै,आज शुक्रबारबाट सिनेमा हलहरुमा दुई नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र हुन् –‘कोहलपुर एक्सप्रेस’ र ‘ह्याप्पी डेज’ ।यी दुवै चलचित्रमा एउटै नायिका प्रियंका कार्की छिन् ।कलाकार, व्यानर, संगीत र प्रोडक्सन टिमका कारण यी दुई चलचित्रले राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । चर्चा गरौ यी दुईचलचित्रको बारेमा ।
कुरा गरौ चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को ,
निकै प्रचारप्रसार गरिएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ आजबाट हलमा लागेको छ ।बिशाल भण्डारीको कथाअनि निर्देशनमा बनेको चलचित्रमा केकी अधिकारी, भद्र बहादुर शाही, देवीलाल न्यौपाने (पण्डित) र शिव प्रसाद चौलागाइँको संयुक्त लगानी रहेको छ ।चलचित्र अर्जुन पोखरेल, राजन राज सिवाकोटी र काली प्रसाद बस्कोटाको संगीत, अर्जुन तिवारीको छायाँकन, लोकेश बज्रचार्यको सम्पादन रहेको छ । जुनकिरी आर्टको ब्यानरमा बनेको चलचित्रमा केकीको साथमा प्रियंका कार्की, ऋचा शर्मा, बिनोद न्यौपाने, रबिन्द्र झा, बुद्धि तामाङ लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।
यस्तै कुरा गरौ चलचित्र ‘ह्याप्पी डेज’को,
आजैबाट खासै प्रचारप्रसार नगरि चलचित्र ‘ह्याप्पी डेज’ पनि रिलिज गरिएको छ । यम थापाको लेखन मिलन चाम्सको निर्देशन रहेको चलचित्रको निर्मातामा बि पि खनाल, भवनी शर्मा, हिरल जोशी,स्वयम निर्देशक मिलन चाम्स रहेका छन् ।सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको चलचित्रमा तारा प्रकाश लिम्बु र राजनराज शिवाकोटीको संगीत, कविराज गहतराज र मिलन चाम्स को कोरियोग्राफी छ । राम कुमार केसीले खिचेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।लण्डन सिने आइ प्रोडक्सन र चाम्स ईन्टरटेनमेन्ट संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विकी जोशी, जेनिहा लिम्बु लगायत कलाकारहरुको अभिनय छ ।







