‘लम्फू’को गीत ‘सुको नहोस् यार’ रिलीज (भिडियो)
बैशाख २८गतेलाई प्रदर्शनको मिति तय गरेको चलचित्र ‘लम्फू’को ‘सुको नहोस् यार’ बोलको गीत सार्वजनिक गरिएको छ ।शिव बिकको कोरियोग्राफी रहेको सार्वजनिक गीतमा नायकद्वय कबिर खड्का र सलोन बस्नेत फिचरिङ्ग छन् । शिव परियारको आवाज रहेको गीतमा प्रमोद ढुंगानाको शब्द अनि अर्जुन पोखरेलको संगीत रहेको छ ।
गोपालचन्द्र लामिछानेको निर्देशनमा बनेको चलचित्रलाई शक्तिबल्दव घोरासैनीले निर्माण गरेका हुन् ।चलचित्रमा भूपतीको कथा, पटकथा तथा संवाद, रामजी लामिछाने र शिव वीकको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध निर्देशन र अर्जुन पोखरेलको संगीत रहेको छ ।पपुलर मल्टिमिडियाको ब्यानरमा निर्माण भएको चलचित्रमा‘तरकारीवाली’को नामबाट विश्वभर परिचित कुसुम श्रेष्ठ ,सलोन बस्नेत, कबिर खड्का, मरिस्का पोखरेल, चाँदनी शर्मा, संजीत भण्डारी अजित लामिछाने, सन्तोष कार्की,कुशाग्र भट्टराई लगायतका कलाकारहरुको अभिनय छ । यसअघि यो चलचित्रका दुई गीत र ट्रेलर रिलीज भईसकेका छन् ।







