मनोरञ्जन
Friday, 20 Apr, 2018
हेर्नुस् ‘बेबी आई लभ यू’ को ट्रेलर (भिडियो)
जेठ १८ गतेबाट देशभर प्रर्दशनमा आउने चलचित्र ‘बेबि आई लव यू’ ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ट्रेलरमा प्रेम, रोमान्स र विछोड हेर्न सकिन्छ ।लिची इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रमा सन्तोष खड्गी, पूजा तिवारी, सरोज खनाल, निर्मल् शर्मा, राजु कमेडी ‘रेन्बो’, रेशम बुढाथोकी,अप्सोन पन्थी, बिमल गिरी लगायत कलाकारहरुको अभिनय छ ।
सिर्जना परियार र दुर्गा पाण्डे सहनिर्माता रहेको चलचित्रलाई जनक पाण्डेले निर्देशन गरेका हुन्। जनक पाण्डेकै पट्कथा /सम्वाद,सुरज आचार्यको छायाङ्कन, सुबाश देवकोटाको सम्पादनरहेको चलचित्रमा कथा र संगीत कलाकार खड्गीकै छ ।काटुञ्ज क्रु फिचरिङ चलचित्रमा समावेश ‘कान्छी मायालु’ बोलको गीत सार्वजनिक भैसकेको छ ।यो मितिमा चलचित्र ‘भैरे’ले पनि प्रदर्शन मिति तोकिसकेको छ ।







