मनोरञ्जन Tuesday, 17 Apr, 2018
Prestige Media

बैशाख १० गतेबाट गोपीकृष्णमा ‘इ टिकेटिङ’

काठमाण्डौमा संचालित रहेका सिंगल थिएटरहरुमा यो बर्षको सुरुवातदेखि नै बक्स अफिस प्रणाली इ-टिकेटिङ सिष्टम लागू गर्ने चलचित्र विकास बोर्डको निर्णय अनुसार हलहरुमा यो प्रणालीको जडान प्रक्रिया सुरु भएको छ ।

मल्टिप्लेक्स थिएटरहरुमा संचालित इ टिकेटिङ सिष्टमलाई पनि चलचित्र विकास बोर्डले आफ्नो डाटाहवमा जोड्दैछ । त्यसका लागि ब्एक्ष् प्रविधी अपडेटका लागि ब्रेन डिजिटले काम गरी रहेको छ ।चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलद्धारा बैशाखको पहिलो साता देखि बक्स अफिस लागु गर्ने पूर्वघोषित कार्यक्रम अनुरुप बैशाख १० गतेदेखि औपचारिक रुपमा शुरु गरिने भएको छ ।

सोमबार काठमाण्डौको चावहिल स्थीत  गोपिकृष्ण मुभिजमा ई-टिकेटिङको परिक्षण गरिएको छ । गोपिकृष्णसँगै जडिबुटीको पुष्पाञ्जली, बौद्धस्थित सिद्धार्थ र पृथ्वीसँगै कलंकी सिनेमा हलमा पनि वैशाख १० गतेदेखि नै बक्स अफिस प्रणाली सुरु हुनेछ ।हल संचालक तथा निर्माताहरुकै सल्लाहमा नयाँ आर्थिक बर्ष २०७५/०७६ अर्थात श्रावण देखि पूर्णरुपमा देशभर नै बक्स अफिस प्रणाली अनिवार्य लागु हुनेछ ।जसका लागि उपत्यका बाहिरका सिनेमा हलहरुमा अहिले सर्भर जडानको काम चलिरहेको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL