मनोरञ्जन Monday, 2 Apr, 2018
Prestige Media

‘कान्छी’ हेर्न पुगे प्रचण्ड, भने-‘स्वेताजी र मेरो पीडा एउटै’

चलचित्र ‘कान्छी’को आइतबार बेलुकी कुमारी हलमा ‘भीआइपी शो’ आयोजना गरिएको छ । फागूण ४ गतेबाट रिलिज भएको यो चलचित्र हिट भएको थियो । चलचित्र हेर्नका लागि नेताहरु कुमारी हल पुगेका थिए ।

पूर्व प्रधानमन्त्री एवंम माओवादी अध्यक्ष पुष्पकमल दाहाल, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमी, सूचना तथा संचारमन्त्री गोकुल बाँस्कोटा लगायत कुमारी हल पुगे ।

चलचित्रको ‘भीआइपी शो’मा डिजाइनर सुन्दर श्रेष्ठलाई सम्मानित गरिएको थियो । सो अवसरमा प्रचण्डले नायिका स्वेता खड्का र आफ्नो पीडा एउटै भएको बताए ।
प्रचण्डले भने-‘श्वेताजीले मेरो निवासमा पुगेर मलाई निमन्त्रणा गर्दा मैले नाई भन्नै सकिनँ । श्वेताजी र मेरो परिवार एउटै पीडाबाट गुजि्रएको छ । त्यो पीडाको अनुभुतीको समानताका कारण उहाँले भन्ने वित्तिकै मैले हुन्छ भनेँ ।’ प्रचण्डले चलचित्र हिट भएको भन्दै स्वेता र टिमलाई वधाई पनि दिए ।

कार्यक्रममा बोल्दै नायिका तथा निर्मात्री स्वेता खड्काले देशका विशिष्टि व्यक्तिहरुले चलचित्र हेर्न समय निकाल्नु भएको भन्दै यसले आफूलाई उर्जा मिलेको बताइन् । आकाश अधिकारीले निर्देशन गरेको चलचित्रमा स्वेता खड्का र दयाहाङ राई मुख्य भूमिकामा छन् ।यो खबर अनलाइन खबरबाट साभार गरिएको हो।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL