मनोरञ्जन Friday, 30 Mar, 2018
Prestige Media

दोश्रो सातामा ’शत्रु गते‘; कति कमायो एक हप्तामा

गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘शत्रुगते’ आजदेखी दोश्रो सातामा प्रवेश गरेको छ । पहिलो सातामा राम्रो कारोबार गरेको यो चलचित्रले दोश्रो सातामा नि राम्रो कारोबार गर्ने देखिन्छ कारण यो हप्ता कुनै पनि नेपाली चलचित्र प्रदर्शन आएका छैनन।

यसैगरी चलचित्र ‘शत्रुगते’ले व्यापारिक रुपमा सफलता हासिल गरेपछि यसको निर्माणपक्षले ६ दिनको ब्यापारिक रिपोर्ट सार्वजनिक गरेको छ । बिहिबार राजधानीमा वितरक कम्पनी बिके फिल्मस् र एफडी कम्पनीले एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ६ दिनको ब्यापारिक रिपोर्ट सार्वजनिक गरेको हो ।साथै चलचित्रको निर्माणपक्षले केक काटेर खुशियाली मनाएका  थिए ।

निर्माण चरणको समयदेखी नै चर्चामा रहेको चलचित्र ‘शत्रु गते’ले काठमाडौं उपत्यकाका वितरक गोपाल कायस्थले ‘शत्रु गते’ ले ६ दिनमा राजधानी भित्रबाट ३ करोड २५ लाख कलेक्सन गरेको जानकारी दिए । यस्तै, राजधानी बाहिरबाट चलचित्रले २ करोड ३७ लाख कलेक्सन गरेको अर्का बितरक सुमन बजगाइँ ‘भाञ्जा’ले  जानकारी दिए ।चलचित्रले जम्माजम्मी ५ करोड ६२ लाखको ग्रस कलेक्सन गर्न सफल भएको छ ।

प्रदीप भट्टराईको निर्देशन र महसंचारको ब्यानरमा किरण केसीको प्रस्तुती रहेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य पल शाह, आँचल शर्मा, दीपकराज गिरी, दीपाश्री निरौला,  प्रियंका कार्की, राजाराम पौडेल, मदनकृष्ण श्रेष्ठ, बसुन्धरा भुषाल, रमेश रञ्जन, शिवहरी पौडेललगायतका कलाकारको अभिनय छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL