मनोरञ्जन
Friday, 30 Mar, 2018
बहुला का गायक रमेश राज भट्टराईको “नथियावाली” सार्वजनिक
“बेहुला बनाउछु भन्थी बहुला बनार गई”बोलको गीतको अपार सफलता पछी गायक रमेशराज भट्टराईको “मेरी नथियावाली” गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । रमेशराज भट्टराईकै शब्द /संगीत रहेको सार्वजनिक गीतमा नथिया लगाउने आफ्नी मायालुको वर्णन गरेका छन् ।
सुदिप बरालको कोरियोग्राफी,टेकेन्द्र शाहको सम्पादन रहेको म्युजिक भिडियोलाई शंकर वि.सीले निर्देशन गरेका हुन् । मोडेल तथा नायिका रिश्ता बस्नेत तथा जेम्स वि.सीको फिचरमा रहेको गीत आर.अडियो म्युजिक एेन्ड्रष्टी प्रा.ली ले बजार व्यवस्थापन गरेको छ ।







