मनोरञ्जन
Thursday, 29 Mar, 2018
‘काठमाडौंमा एक दिन’को ट्रेलर सार्वजनिक
चर्चित टेलिभिजन प्रस्तोता शिवानी सिंह थारुको उपन्यास ‘काठमाडौंमा एक दिन’को ट्रेलर सार्वजनिक भएको छ ।ट्रेलरमा सबिर चुरौटे, कमल देवकोटा र झकेन बिसीको अभिनय छ ।नौ वर्ष लगाएर लेखिएको थारुको उपन्यासले सामाजिक अन्यायमा परेका व्यक्तिहरु कसरी हिंसात्मक विद्रोहमा उत्रिन्छन् र त्यसले कसरी प्रतिहिंसाको श्रृङ्खला जन्माउँछ भन्ने देखाउन खोजेको छ ।ट्रेलरको स्क्रिप्ट र निर्देशन लेखक स्वयं शिवानी सिंह थारुले नै गरेका छन् ।
उपन्यासको आवरण चैत्र ५ मा सार्वजनिक गरिएको थियो । उपन्यासको विमोचन चैत्र २९ मा हुँदैछ ।







