बास्तबिक घट्नाहरुलाई पर्दामा उतार्दै ‘बत्तीमुनिको अन्धकार’
काठमाडौँ, २४ माघ ।
नेपालमा बिभिन्न जाति, भाषा, धर्म समुदाय र संस्कार संस्कृति भएको समाजको असमानता र अन्याय थिचोमिचोको आवाज उठाउदै समान ब्यावहार तथा सम बिकासको लागि स–शक्तिकरणको अभियानमा टेवा पु¥याउने उदेश्यका साथ हांस्यब्यङ्य तरिकाबाट समाजको बास्तबिक घट्नाहरुलाई पर्दामा उतार्दै ‘बत्तीमुनिको अन्धकार’ टेलीसिरियल (Batti Munuko Andhakar) इन्डिजिनियस टेलीभिजनबाट प्रत्येक शनिवार बेलुकि ९ः०० देखि ९ः३० सम्म प्रसारण भैरहेको छ । उक्त टेलिसिरीयललाई एकान्त मगरले निर्देशन गरिरहेका छन । भने कथा÷पट कथालाई सोम कुस्कुमाझीले तयार गरेका हुन् । सह–निर्देशन अर्जुन खड्काले गरिरहेको छ भने छायाङकनमा सनी सुनवार रहेका छन् । सम्पादन सन्तोष भट्टराई, स्वर÷संगीत सन्तोष प्रगाढको रहेको छ भने मिलन सुनुवार, राम ब. तमाङ, मिलन श्रेष्ठ, कमल बि.क.,जुना आले, गंगा लिम्बु, रवि आचार्य, शान्ति वाईवा, सृष्टि भण्डारी, माया मन्दिर, जस्मिन मगर लगायत अन्य कलाकारको मनोरन्जनात्मक हास्यब्यङ्यात्मक अभिनय रहेको छ ।
यस सिरियललाई निर्माण कार्यमा कमला कुसुम र शकुन्तला माझीले सहयोग रहेकोछ । जस्लाई नेपाल ईन्टरनेशनल फिल्म एकेडेमीले सम्पुर्ण पोष्ट प्रोडक्शको काम गरिरहेको छ । यस सिरियलले नेपाली समाजमा रहेका स्ुक्ष्म संस्कारीक एंवम् सामजिक सम विकासको बिषय बस्तुलाई यर्थाथपरक ढंगबाट प्रस्तुत गर्ने उदेश्यका साथ अघि बढिरहेको निर्देशकको भनाई रहेको छ । माघको पहिलो हप्ता देखि निरन्तर प्रशारण भईरहेको टेलीसिरियल डिजिटल क्रियशन मिडियाको युटुव च्यानलमा पनि हेर्न सकिने छ ।
https://www.youtube.com/channel/UCRbWlV3Tai_hHWN16zFtwTg







