Breaking News Monday, 28 Sep, 2026
Prestige Media

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

मनाङको सदरमुकाम चामेमा अहिले तनाव छ। स्थानीय बासिन्दा घरमा बस्न सकेका छैनन्। कोही डाँडातिर पुगेका छन्, कोही सरकारी कार्यालयका प्राङ्गणमा आश्रय लिएर बसेका छन्।

माथिबाट निरन्तर झरिरहेको पहिरोले मर्स्याङ्दी नदी थुनिएर ताल बनेपछि चामेवासी कुनै पनि बेला ठूलो विपद आउन सक्ने त्रासमा छन्।

जिल्ला प्रहरी कार्यालय मनाङबाट करिब दुई सय मिटर माथिबाट आइतबार साँझ पहिरो झरेपछि चामेको त्रास झनै बढेको हो। लमजुङ हिमालतिरबाट पग्लिएर आउने पानीको बहावसँग जोडिएको ठाडो खोलामा झरेको पहिरो मर्स्याङ्दीसम्म पुगेको छ।

पहिरोका कारण नदी आंशिक रूपमा थुनिएको छ।

मनाङ प्रहरीका निमित्त प्रमुख इन्स्पेक्टर विनोद बरालका अनुसार रात परेपछि झरेको दोस्रो पहिरोले नदी थप थुनिएको हो वा यसअघि बनेको ताल खुलेको हो भन्ने यकिन गर्न सकिएको छैन।

‘रात परेपछि हाम्रो अफिसबाट दुई सय मिटर पर फेरि पहिरो झर्‍यो। हाम्रो कार्यालयसम्म धुलो र धुवाँजस्तो हावा उडेर आयो,’ बरालले भने, ‘तल हुम्डे, टंकी मनाङतिर सम्पर्क हुन पनि सकेको छैन।’

आइतबार साँझ ठाडो खोलासँगै बगेर आएको पहिरोले मर्स्याङ्दी नदी थुनेपछि ताल बनेको थियो। त्यसपछि नदी किनारका केही होटल र घर डुबानमा परेका थिए।

गएरातिको बाढीले चामेका कम्तीमा ६ घरमा क्षति पुर्‍याएको स्थानीयले बताएका छन्। बाढी आएपछि स्थानीय बासिन्दा र पर्यटक रातारात भागेर ज्यान जोगाउन बाध्य भएका थिए।

बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलासमेत जंगलमा पुगेका थिए। उनीहरू रातभर पानीमा भिज्दै बसेका थिए।

बिहान जंगलबाट चामे फर्किए पनि स्थानीय घरभित्र बस्न सकेनन्। सरकारी कार्यालयका प्रांगण र आसपासका डाँडामा उनीहरूको भीड छ।

‘हाम्रो अफिसको चौरमा पनि स्थानीय बासिन्दा आएर बस्नुभएको छ। यहीँ माथिबाट साढे ६ बजेतिर दोस्रो पटक पहिरो गयो,’ इन्स्पेक्टर बरालले भने, ‘यहाँको अवस्था तनावपूर्ण छ।’

प्रहरीले माइकिङ गर्दै स्थानीयलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिरहेको छ। चामे बजारमा बाढीले बिगारेको बाटो प्रहरीले खुलाएको छ। तर उपल्लो र तल्लो मनाङ जाने बाटो बन्द छ। विद्युत सेवा अवरुद्ध हुँदा ती क्षेत्रमा सम्पर्कसमेत हुन सकेको छैन।

मर्स्याङ्दी नदी नै थुनिने गरी बाढी र पहिरो आउला भनेर चामेवासी र सरकारी अधिकारीले सोचेका थिएनन्।

स्थानीय छोडेन लामाका अनुसार उनीहरूले सुरक्षित स्थानमा उद्धार गरिदिन आग्रह गरेका थिए। हेलिकप्टरबाट उद्धार हुने उनीहरूको अपेक्षा थियो।

‘हामीले उद्धार गरिदेऊ भनेर आग्रह गरेका थियौं। हेलिकप्टरबाट उद्धार गरिदिए हुन्थ्यो,’ उनले भनिन्।

आइतबार साँझदेखि झरिरहेको पहिरोले थुनिएर बनेको मर्स्याङ्दी ताल फुटेमा अचानक ठूलो बाढी आउन सक्ने स्थानीयको चिन्ता छ। इन्स्पेक्टर बरालले पनि माथिल्लो डाँडाबाट अझ ठूलो पहिरो झर्न सक्ने सम्भावना रहेको बताए।

यसअघि उक्त स्थानमा यसरी पहिरो जान सक्ने अनुमान नगरिएको उनले बताए।

‘आज विपद समिति र सुरक्षा समितिको बैठक बसियो। यसरी पहिरो जाला भनेर सोचेका पनि थिएनौं,’ उनले भने, ‘माथि हुम्डेतिर पनि लेदो बगेर आयो भनिँदैछ। माथि खतरा छ।’

मनाङकै हिमलुङ हिमाल आरोहणमा गएर बेपत्ता भएका १० जनाको खोजीका लागि कैलाश एयर र प्रभु एयरका हेलिकप्टर मनाङमै छन्। तर ती हेलिकप्टर चामेका बाढीपहिरो प्रभावित स्थानीयको उद्धारमा प्रयोग हुने वा नहुने स्पष्ट छैन।

स्थानीयका अनुसार पहिरोको जोखिम बढिरहँदा सरकारी अधिकारीहरू घटनास्थलमा पुगेर जोखिमको अवस्था अध्ययन गर्न सकेका छैनन्। संघीय तथा प्रदेश सरकारबाट तत्काल उद्धार र जोखिम मूल्यांकनका लागि पर्याप्त पहल नभएको स्थानीयको गुनासो छ।

मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले पनि पहिरो गएको स्थानको अवस्थाबारे यकिन जानकारी लिन नसकिएको बताए।

‘ठाडो खोलामा पहिरो आएर मर्स्याङ्दी अलिकति थुनियो। ठाडो खोला माथि कत्रो ताल परेछ, हेर्न सकिएन,’ उनले भने।

ठाडो खोलामाथिबाट निरन्तर पहिरो झरिरहेकाले अचानक बाढी आउन सक्ने जोखिम रहेको प्रशासनले जनाएको छ। यस्तो बाढी आएमा नदी किनारका बस्तीमा थप क्षति पुग्न सक्ने भन्दै स्थानीय प्रशासनले सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

चामेका स्थानीय भने अझै उद्धारकै प्रतीक्षामा छन्। चामे पुगेका केही पर्यटक बीमा दाबी गरेर हेलिकप्टरमार्फत फर्किएका छन्। स्थानीय भने उद्धारका लागि हेलिकप्टर आउने आशामा मनाङको चिसोमा पर्खिरहेका छन्।

स्थानीय पालसाङ लामाका अनुसार अहिले चामेका अधिकांश घर खाली छन्। स्थानीयहरू नेपाली सेना, प्रहरीलगायत सरकारी कार्यालयका प्रांगण र जंगलतिर आश्रय लिएर बसेका छन्।

‘सरकारले स्थानीयलाई कुनै वास्ता गरेको छैन। चामेका स्थानीय बासिन्दा कोही पनि घरमा छैनन्,’ उनले भने, ‘कहाँ बस्ने हो, कसरी बस्ने हो, केही पनि थाहा छैन।’

उनका अनुसार रातभर जंगलमा बसेर बिहान घर फर्किँदा बाढीले पुर्‍याएको क्षति देखेपछि स्थानीय झनै निराश भएका थिए।

‘हिजो रातभर जंगलमा बसेर बिहान घर फर्किँदा बाढीले बगाएको देखेपछि सबै जनाले आशा मारेका थिए,’ उनले भने, ‘हामीलाई आज दिउँसो नै सुरक्षित ठाउँमा उद्धार हुनुपर्थ्यो।’

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

रसुवा, नुवाकोट, धादिङ र गोरखाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

पत्रकारहरूलाई ओलीले भने- प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ

सशस्त्र प्रहरीका सई हत्या प्रकरण : गोली प्रहार गरी मुख्य अभियुक्त पक्राउ

बझाङमा कुकुरलाई जिउँदै सेतीमा फाल्ने महिला पक्राउ

देशभर आज विश्वकर्मा पूजा मनाइँदै, मेसिनरी सामान र सवारीसाधनको विशेष पूजा

सञ्चालनमा आयो कृष्णभीरको नयाँ सडक, बिहानैदेखि गुड्न थाले गाडी

भाइरल आमा’ लाई बाससँगै जुम्ल्याहा छोरीको स्कुलको चिन्ता

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL