Breaking News Tuesday, 4 Aug, 2026
Prestige Media

रिहा भएलगत्तै दुर्गा प्रसाईंले लगाए गृहमन्त्रीमाथि गम्भीर आरोप

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गृहमन्त्री सुधन गुरुङमाथि गम्भीर आरोप लगाएका छन्। सोमबार जिल्ला अदालत भक्तपुरकाे आदेशले रिहा भएलगत्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले गृहमन्त्री गुरुङ ब्राग (प्रसाईंका अनुसार राेहिंग्याहरूलाई पालनपोषण गर्ने संस्था) को सदस्य (मेम्बर) भएको आरोप लगाएका हुन्। 

प्रसाईंले भने,‘राेहिंग्या भित्र्याउने ब्राग भन्ने संस्था छ। रोहिंग्याहरूलाई पालनपोषण गर्छ, मुसलमानहरूलाई । नेपाली मुसलमानहरूले गरेको होइन यो रोहिंग्या मुसलमानहरूलाई पालनपोषण गरेर भारत र नेपाल भित्र्याउने जुन संस्था छ ब्राग,त्यसको मेम्बर आजको हाम्रो गृहमन्त्री हुनुहुन्छ। हामीले यो आरोप लगायौँ, प्रमाण देखायौँ। तपाईंले होइन भनेर पुष्टि गर्नुस् न गृहमन्त्री ज्यू ! हामीलाई थुन्नुभन्दा।’   

सार्वजनिक सम्पत्तिलाई खरानी बनाएर आएकालाई नेपाली जनताले देश जिम्मा लगाएकाे समेत उनले आराेप लगाए। 

प्रसाईंले भने,‘ सिंहदरबार जनताको मन हाे, मनमा आगो लागेको छ। जनताको शिर हो, शिरमा आगो लागेको छ। सर्वोच्च अदालत भनेको जनतालाई न्याय दिने ठाउँ हो, त्यसमा आगो लागेको छ। विश्व सम्पदा सूचीमा आगो लगाएर खरानी बनाएर आएकालाई आज देश जिम्मा लगाए नेपाली जनताले त्यो पनि मानियो।’

प्रहरीले आइतबार राति भक्तपुरस्थित निवासबाटै प्रसाईंलाई पक्राउ गरेको थियो। सोमबार जिल्ला अदालत भक्तपुरले म्याद थप्न अस्वीकार गरेपछि उनी रिहा भएका हुन्।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

रसुवा, नुवाकोट, धादिङ र गोरखाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

पत्रकारहरूलाई ओलीले भने- प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ

सशस्त्र प्रहरीका सई हत्या प्रकरण : गोली प्रहार गरी मुख्य अभियुक्त पक्राउ

बझाङमा कुकुरलाई जिउँदै सेतीमा फाल्ने महिला पक्राउ

देशभर आज विश्वकर्मा पूजा मनाइँदै, मेसिनरी सामान र सवारीसाधनको विशेष पूजा

सञ्चालनमा आयो कृष्णभीरको नयाँ सडक, बिहानैदेखि गुड्न थाले गाडी

भाइरल आमा’ लाई बाससँगै जुम्ल्याहा छोरीको स्कुलको चिन्ता

दुई युवकमाथि अभद्र व्यवहारमा अनुसन्धान क्रममा भेटियो पेस्तोल

कञ्चनपुर, सिन्धुपाल्चोक, अर्घाखाँचीसँगै धादिङ र गोरखाको सीमा क्षेत्रमा धेरै भारी वर्षा

आज प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

गरिमाका बुबा-आमासँग सहमति : कानुन संशोधनको सुझाव दिन कार्यदल, सिमरामा सालिक

शंखमुलको होस्टलमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL