Breaking News Saturday, 23 May, 2026
Prestige Media

सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ हजारदेखि एक लाख २१ हजार बनाउन सिफारिस

आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य वाचन गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजामती कर्मचारी र शिक्षकको तलब १५ प्रतिशतले बढाएका थिए । तर आव २०८०/८१, २०८१/८२ र २०८२/८३ मा तलब बढेन ।

निजामती सेवा ऐनमा तलब भत्ता पुनरावलोकन समितिले प्रत्येक तीन वर्षमा राजस्व वृद्धिदर, कुल दरबन्दी संख्या र विगत तीन वर्षमा मूल्यसूचीको आधारमा प्रदान गरिएको महँगी भत्तालाई समेत आधार मानेर तलब भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्ने भनिएको छ ।

ऐनको दफा २७ मा भएको व्यवस्थाअनुरुप गत साल नै कर्मचारीको तलब वृद्धि हुनुपर्ने हो । तर, गत वर्ष सरकारले राजस्वले नधान्ने भन्दै कर्मचारीको तलब बढाएन ।

तर यसपटक भने मुख्यसचिव सुमनराज अर्याल अध्यक्ष, अर्थ मन्त्रालयका सचिव डा.घनश्याम उपाध्याय  र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेल सदस्य रहेको तलब भत्ता पुनरावलोकन समितिले तलब बढाउन सिफारिस गरेको उच्च स्रोतले जानकारी दिएको छ ।

सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार समितिले कार्यालय सहयोगीको मासिक तलब ३५ हजार रुपैयाँ र मुख्य सचिवको एक लाख २१ हजार रुपैयाँ बनाउन सिफारिस गरेको हो ।

हाल कार्यालय सहयोगीको तलब २७ हजार ६१२ र मुख्यसचिवको ७७ हजार २११ रुपैयाँ छ ।

पुनरावलोकन समितिले गरेको सिफारिसअनुरुप नै तलब वृद्धि भयो भने सबैभन्दा तल्ला तहका कर्मचारीको तलब करिब २७ प्रतिशतले बढ्नेछ, भने मुख्यसचिवको तलब ५६.७१ प्रतिशतले बढ्नेछ ।

‘पुनरावलोकन समितिले बढाउनुपर्छ भनेर सिफारिस गरिसकेको छ,’ समान्य प्रशासन मन्त्रालय स्रोतले अनलाइनखबरसँग भन्यो, ‘कति बढाउने भन्ने अन्तिम निर्णय सरकारले आर्थिक अवस्था हेरेर गर्ला ।’

सरकारले बजेट निर्माणका क्रममा कर्मचारीको तलब-भत्ता र राजस्वका दरका विषयमा अन्तिमतिर निर्णय गर्छ । हालसम्म अर्थ मन्त्रालयमा तलब भत्ता वृद्धिका विषयमा छलफल नभएको मन्त्रालयका एक अधिकारीले

बताए ।

‘पुनरावलोकन समितिले तलब बृद्धिको सिफारिस गरेको जानकारी आएको छ । तर, बजेट निर्माणका क्रममा यस विषयमा हालसम्म छलफल भएको छैन । केही दिनमा निर्णय होला,’ अर्थ मन्त्रालयका ती अधिकारीले बताए ।

निजामती कर्मचारीहरूको संगठनले आधारभुत तलबमान ३८ हजार ८६२ रुपैयाँ बनाउन माग गरेका छन् । अहिलेको बजार मूल्य र आवश्यक पर्ने क्यालोरीको आधारमा यो तलबमान माग गरिएको निजामती कर्मचारी युनियनका अध्यक्ष उत्तमकुमार कटुवाल बताउँछन् ।

कर्मचारीहरूले सामाजिक सुरक्षा र स्वास्थ्य, निवृत्तिभरण तथा उपदान, आवास तथा सहुलियत, पेशागत सुरक्षा तथा क्षमता विकास, ट्रेड युनियन अधिकार, डिजिटल प्रशासन लगायत माग राखेका छन् ।

२०७९ सालमा सरकारले देशको आर्थिक अवस्था र खर्च वहन गर्ने क्षमता समेतका आधारमा राष्ट्रसेवक

कर्मचारी र श्रमिकहरूको न्युनतम तलब, भत्ता, पारिश्रमिक एवम् सुविधा पुनरावलोकन गर्न उच्चस्तरीय तलब सुविधा आयोग गठन गरेको थियो ।

पूर्वमुख्यसचिव लिलामणि पौडेल संयोजक र पूर्वसचिव विमल वाग्ले र चार्टर्ड एकाउन्टेण्ट शिवदेव पाण्डे सदस्य रहेको आयोगको तीन वर्षअघिकै प्रतिवेदनको आधारमा अहिले समितिले तलब बृद्धिको सिफारिस गर्न लागेको देखिन्छ ।

त्यतिबेला आयोगले कर्मचारीको आधारभुत तलबमान ३५ हजार रुपैयाँ  र मुख्यसचिवको १ लाख २२ हजार ५०० बनाउन सिफारिस गरेको थियो । आयोगका एक सदस्य भन्छन्, ‘प्रतिवेदन कार्यान्वयन हुन लाग्नु सकारात्मक छ तर त्यसमा मूल्यबृद्धि समायोजन गरेको भए सुनमा सुगन्ध हुने थियो ।’

आयोगले सबैभन्दा तल्लो तहका कर्मचारी र सबैभन्दा उच्च तहका कर्मचारीको तलबको अनुपात १:३.५ बनाउन सुझाव दिएको थियो । सोहीअनुरुप सिफारिस गर्दा तल्ला तहका कर्मचारीको तलब वृद्धि प्रतिशत कम र उच्च तहका कर्मचारीको वृद्धिको प्रतिशत उच्च हुन गएको सामान्य प्रशासन मन्त्रालय स्रोतको दाबी छ ।  

आयोगका ती सदस्य तलब मात्रै होइन, कर्मचारी र तिनका परिवारको आवास र स्वास्थ्य सुविधा बृद्धिमा जोड दिनुपर्ने बताउँछन् । सरकारले चाहने हो भने राज्यकोषमा ठूलो भार नपारेरै कर्मचारीका लागि आवास, स्वास्थ्य र तिनका सन्तानको शिक्षा लगायतमा योगदान गर्न सकिने उनको भनाइ छ ।

‘तलब बृद्धिको सिफारिस सकारात्मक छ । त्योसँगै अनावश्यक खर्च कटौती लगायतमा सरकारले बोल्ड निर्णय गर्न सक्नुपर्छ,’ आयोगका सदस्य भन्छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

यी स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

आँसु झार्दै विश्वकपबाट बाहिरिएका रोनाल्डो

चार दिन बित्यो, कर्णालीमा खसेको गाडीको छैन अत्तोपत्तो

मानव–वन्यजन्तु द्वन्द्वको स्थायी समाधानका लागि सरकार गम्भीर छ : मन्त्री गौतम

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

दक्षिण कोरियाले बढायो भिसा शुल्क

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL