Exclusive News Friday, 8 May, 2026
Prestige Media

शिवपुरीमा ढुंगाले हिर्काएर सरिता तिवारीको हत्या गरेका आरोपितको बयान– मरेको यकिन भएपछि खाल्डो खनेर पुरेँ”

काठमाडौ । तारकेश्वर नगरपालिका वडा नम्बर–३ स्थित जितपुरफेदी घर भएकी सरिता तिवारी वैशाख ११ गते घरबाट हराइन् । ४५ वर्षीय तिवारी दिउँसो १ बजेतिर घरबाट निस्केकी थिइन् ।

साँझसम्म पनि घरमा नफर्केपछि परिवारले प्रहरी वृत्त बालाजुमा उनको ‘खोजतलास’ गरिपाउँ भन्दै निवेदन दिए।बालाजु क्षेत्रको सीसीटीभी फुटेज र मोबाइलको विवरण हेर्दा सरिता र अनिल डंगोलको बिचमा सम्पर्क देखिएको थियो । दुवै जना शिवपुरी राष्ट्रिय निकुञ्जतर्फ गएको प्राविधिक रूपमा पुष्टि भएपछि प्रहरीले ३५ वर्षीय अनिल डंगोललाई नियन्त्रणमा लिएर सोधपुछ थाल्यो ।टोखा नगरपालिका–२ बस्दै आएका डंगोलले सो क्षेत्रमा खाजाघर सञ्चालन गर्दै आएका थिए । उनी घरजग्गाको काम पनि गर्छन् ।

पक्राउ गरेपछि अनुसन्धान अधिकृतहरूसँग उनले सरितालाई जङ्गलमा लगेर हत्या गरेको बयान दिए । त्यसपछि डंगोलले नै देखाएको ठाउँमा गएर उत्खनन गर्दा सरिताको शव भेटिएको हो ।सरिता र डंगोलको परिवार पूर्वपरिचित हुन् । तिवारीलाई उनले ‘भाउजु’ सम्बोधन गर्ने गरेको स्थानीय बताउँछन् । आरोपितले सुरुमा प्रहरीलाई लेनदेनको कारण फोन सम्पर्क भएको जिकिर गरेका थिए ।वैशाख ११ गते टोखा नगरपालिका–१ मा पर्ने शिवपुरी राष्ट्रिय निकुञ्जको फेदीमा लगेर सरितालाई ढुंगाले हिर्काएर हत्या गरेको डंगोलले अनुसन्धान अधिकृतहरूसँग बताएका छन् । प्रारम्भिक बयानमा डंगोलले भनेका छन्, ‘ढुङ्गाले टाउकोमा हिर्काएँ, मृत्यु भएको यकिन भएपछि खाल्डो खनेर पुरेँ ।’

डंगोल एक्लैले खाल्डो खनेर शवको व्यवस्थापन कसरी गरे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । ज्यान सम्बन्धी कसुरमा अदालतबाट ७ दिनको म्याद लिएर डंगोलमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘पोष्टमार्टम रिपोर्ट आएको छैन, हामी पोष्टमार्टम रिपोर्ट कुरिरहेका छौँ ।’

डंगोललाई प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा राखिएको छ । शव उत्खनन गरिएको ठाउँ महाराजगञ्जको ईलाकामा पर्ने हुनाले घटनाको अनुसन्धान महाराजगञ्ज वृत्तले गरेको हो ।

मृतक र आरोपितको बिचमा पारिवारिक चिनजान थियो । उनीहरू प्रेम सम्बन्धमा रहेको र सम्बन्धमा खटपट भएपछि हत्या गरेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए ।

मृतक सरिता पूर्वनिर्वाचन प्रहरी हुन् । २०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनले निर्वाचन प्रहरी भएर काम गरेकी थिइन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

खोटाङमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पेस गर्न स्थानीय तहहरूलाई पत्राचार

जितले मान्यता जोगिने आशा जीवितै

कांग्रेसको प्रश्न- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कि गोरखापत्रमै पढ्ने प्रधानमन्त्रीज्यू?

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

प्रधानमन्त्रीको शपथ ग्रहणमा सांस्कृतिक विविधता: मिथिला आर्टदेखि सिलाम साक्मा

अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

लोकतन्त्रमा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

शीर्ष नेताले कहाँबाट गर्दैछन् मतदान ?

काठमाडौं बिहान ८:३०देखि कर्फु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL