अन्य
Sunday, 1 Jun, 2025
पिएसजीले पहिलोपटक जित्यो च्याम्पियन्स लिग

(पिएसजी)ले पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेको छ।गएराति भएको फाइनल खेलमा इन्टर मिलानलाई हराउँदै पिएसजीले पहिलो च्याम्पियन्स लिगको ट्रफी जितेको हो।एलियान्ज एरिनामा पिएसजीले इन्टर मिलानमाथि ५ गोल गर्यो। त्यस क्रममा डिजेर डुवेले २, आक्राफ हाकिमी, ख्विचा क्वारात्स्खेलिया र सेनी मायुलुले समान १/१ गोल गरे।
हाकिमीले १२ औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए। डुवेले २० औं मिनेटमा अग्रता दोब्बर पारे। उनैले ६३ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे।क्वारात्स्खेलियाले ७३ औं मिनेटमा गोल गर्दै टिमको जित सम्भावना बलियो बनाए। मायुलुले ८६ औं मिनेटमा गोल गरेपछि इन्टरमाथि सानदार जित हात पार्दै पिएसजीले उपाधि जितेको हो।







