लियोनेल मेसी
साभार विकिपीडिया
लियोनेल आन्द्रेस मेसी (जन्मः २४ जुन, १९८७) अर्जेन्टिनी फुटबल खेलाडी हुन्। वर्तमान उनी अमेरिकी मेजर लिग सकर क्लब इन्टर मियामी र अर्जेन्टिनाको लागि अग्रपङ्क्तिको रूपमा खेल्दै आएका छन्। यसअघि उनी फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेनबाट लिग वान (लिग १) र ला लिगामा प्रतिस्पर्धा गर्ने क्लब बार्सिलोनाको लागि खेल्नेेेे गरेका थिए। मेसी आफ्नो पुस्ताका सर्वश्रेष्ठ फुटबल खेलाडीहरू मध्ये एक मानिन्छन्;[२][३][४] उनले २१ वर्षको उमेरमानै बेलोन डी’ ओर र फिफा सर्वश्रेष्ठ वर्षको खेलाडीको उपाधि जितेका थिए।[५][६][७] उनको खेल शैली र क्षमताको कारणले गर्दा उनलाई फुटबलको बादशाह भनेर चिनिने म्याराडोनासँग तुलना गरिन्छ।[८][९]
मेसीले कम उमेरमानै फुटबल खेल्न शुरू गरे र चाँडै नै बार्सिलोनाले उनको क्षमता पहिचान गर्यो। उनले सन् २००० मा रोसारियोमा अवस्थित न्युवेल्स ओल्ड ब्वाइज युवा टोली छोडेर आफ्नो परिवारसित युरोप आए, किनकि बार्सिलोनाले उनको विकास हार्मोनको कमीको लागि उपचार गरिदिने प्रस्ताव राखेको थियो। सन् २००४-०५ सिजनमा पहिलो पटक मैदानमा ओर्लेर उनले सबैभन्दा कम उमेरमा लिग खेल खेल्ने फुटबल खेलाडीको ला लिगा रेकर्ड तोडे र साथै सबैभन्दा कम उमेरमा लिग गोल स्कोर गर्ने खेलाडी बने। मेसीको प्रथम आगमनमै उनले बार्सिलोनालाई ला लिगा जिताउन सफल भए र सन् २००६ मा पुन: सो लिग र युइएफए यूरोपियन च्याम्पियनशीप जिताएर चाँडै नै प्रमुख सम्मान प्राप्त गरे। सन् २००६-०७ उनको सफलताको सिजन थियो: एल क्लासिकोमा एक ह्याट्रिक र २६ लिग म्याचहरूमा १४ गोल गर्दै, उनले नियमित रूपले खेल जित्ने पहिलो समूहमा ठाउँ बनाए। सम्भवतः सन् २००८-०९ को सिजन उनको सबैभन्दा सफल सिजन थियो, जसमा मेसी ३८ गोल गर्दै लगातार तेस्रो विजय अभियानको अभिन्न अङ्ग बने।
मेसी, २००५ फिफा विश्व युवा च्याम्पियनसिपमा अन्तिम खेलमा २ गोल सहित जम्मा ६ गोल गरी शीर्ष स्कोर गर्ने खेलाडी बने। त्यसको लगत्तै, उनी अर्जेन्टिनाको अन्तर्राष्ट्रिय टोलीको एक सदस्यको रूपमा स्थापित भए। सन् २००६ मा, उनी अर्जेन्टिनाबाट फिफा विश्वकपमा खेल्ने सबैभन्दा कम उमेरको खेलाडी बने र अर्को वर्ष उनले कोपा अमेरिका प्रतियोगितामा उप-विजेताको पदक जित्न सफल भए। सन् २००८ मा, उनले अर्जेन्टिना ओलम्पिक फुटबल टोलीसँग बेइजिङमा भएको ओलम्पिक खेलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय सम्मान, ओलम्पिक स्वर्ण पदक जितेका थिए। २०२१ ब्राजिल मा भएको कोपा अमेरिका को उपाधि पनि मेसी कै कप्तानीमा अर्जेन्टिनाले जितेको थियो।
प्रारम्भिक जीवन
मेसीको जन्म सन् २४ जुन, १९८७ मा रोसारियो, अर्जेन्टिनामा जर्ज मेसी (एक कारखाना मजदुर) र सीलिया (उर्फ कुक्कीटिनी) (एक अंशकालिक क्लीनर) दम्पतीको घरमा भएको थियो।[उनको पुर्खाको उद्गम इटालीको सहर एङ्कोनाबाट भयो, जहाँबाट सन् १८८३ मा उनको पूर्वज, एञ्जलो मेसी अर्जेन्टिनामा प्रवेश गरेका थिए। उनको रडरिगो तथा मेशियस नाम गरेका दुई दाजुहरूका साथै मारिया सोल नाम गरेकी एक बहिनी पनि छन्। मेसी पाँच वर्षको उमेरदेखि आफ्ना बुवा जर्ज मेसीले प्रशिक्षण गरिरहेको एक स्थानीय क्लब ग्रैन्डोलीको लागि फुटबल खेल्न आरम्भ गरे। सन् १९९५ मा मेसी आफ्नो गृहनगर रोसारियोमा अवस्थित न्युवेल ओल्ड ब्वाइज क्लबको लागि खेल्न शुरू गरे।११ वर्षको उमेरमा उनको प्रारम्भिक परीक्षणमा शारीरिक विकास हार्मोनको कमी पाइयो। प्राथमिक डिभिजन क्लब रिभर प्लेटले मेसीको उपचार प्रति चासो देखायो तर क्लबसँग उनको उपचारको लागि पर्याप्त सम्पति थिएन किनभने उनको उपचारमा प्रति महिना ९०० अमेरिकी डलर लाग्थ्यो।लेइडा, क्याटालोनियामा रहेका मेसीका एकजना आफन्तले बार्सिलोनाका खेल प्रबन्धक कार्ल्स रिक्सैकलाई मेसीको प्रतिभाको बारेमा बताए र मेसी र उनको बुवाको लागि परीक्षण दिने व्यवस्था मिलाए।[उनको खेल परीक्षण गरे पछि बार्सिलोनाले उनलाई यदि उनी स्पेन स्थान्तरित हुन तयार छन् भने उनको उपचार खर्च ब्यहोर्ने शर्तमा अनुबन्धन गर्यो।[त्यसपछि मेसी सपरिवार युरोप स्थान्तरित भए र बार्सिलोनाक्लबको युवा टोलीमा खेल्न शुरू गरे।[
क्लब जीवन
बार्सिलोना
मेसीले सन् १६ नोभेम्बर, २००३ मा (१६ वर्ष र १४५ दिनको उमेरमा) पोर्टो बिरुद्ध एक मैत्रीपूर्ण खेलबाट आफ्नो पहिलो क्लबको लागि आफ्नो खेल जीवनको औपचारिक शुरूवात गरे।[त्यसको एक वर्षभन्दा पनि कम समयमा नै सन् २०१६ अक्टोबर, २००४ मा (१७ वर्ष र ११४ दिनको उमेरमा) फ्रान्क रिजकार्डले उनलाई इस्पेन्योल बिरुद्धको खेलबाट आफ्नो पहिलो लिग खेल शुरूवात गर्ने मौका दिए र उनी त्यस समयसम्ममा बार्सिलोनाको लागि खेल्न तेस्रो सबैभन्दा कम उमेरको खेलाडी र ला लिगामा गोल गर्ने सबैभन्दा युवा क्लब खेलाडी बने (जुन रेकर्ड सन् सेप्टेम्वर, २००७ उनकै सहकर्मी बोजन क्रिचले तोडे)।जब उनले सन् १ मे, २००५ मा अल्बासेट बोलाम्पिको बिरुद्ध क्लबको लागि आफ्नो पहिलो सिनियर गोल गरे तब मेसी १७ वर्ष, १० महिना र ७ दिनको उमेरका थिए र उनी बार्सिलोनाको लागि ला लिगा खेलमा गोल गर्ने सबैभन्दा कम उमेरको खेलाडी बने,[जुन रेकर्ड २००७ मा मेसीकै सहयोगमा बोजन क्रिचले तोडे।)मेसीले आफ्नो पूर्व प्रशिक्षक फ्रान्क रिजकार्डको बारेमा भनेका छन्: उनले मेरो खेल जीवनको शुरुवात गराएको तथ्य म कहिल्यै भुल्न सक्दिन, उनले म १६/१७ वर्षको मात्र हुँदा नै ममा विश्वास जगाए। [
२००५-०६ सिजन
१६ सेप्टेम्बरमा तीन महिनामा नै दोस्रोपटक बार्सिलोनाले मेसीको अनुबन्धनको म्याद थप गरेको घोषणा गर्यो, यसपल्ट उनलाई पहिलो समूहको सदस्यको रूपमा भुक्तानी दिने र जुन २०१४ सम्म अनुबन्धन म्याद थप्ने कार्य भयो।[मेसीले २६ सेप्टेम्बर[२३] मा स्पेनी नागरिकता प्राप्त गरेर ग्रहण गरे र अन्ततः सिजनको स्पेनी फर्स्ट डिभिजनमा पहिलोपल्ट खेल्नमा सक्षम भए। मेसीले २७ सेप्टेम्बरमा पहिलोपटक गृहमैदान बाहिर युएएफए च्याम्पियनस लिगमा इटालियन क्लब उडिनीज बिरुद्ध खेले।[ मेसीको आत्मसंयम र रोनाल्डिन्होसँग संयोजनले बार्सिलोना राम्रो स्थितिमा पुगेकोले बार्सिलोना क्याम्प नउ स्टेडियममा प्रशंसकहरूले उभिएर ताली बजाएर सम्मान गरेका थिए।
मेसीले सत्र लिग खेलहरूमा ६ (छ) गोल गरे, सो छ मध्यमा एक च्याम्पियन्स लिग गोल स्कोर गरे। ७ मार्च, २००६मा च्याम्पियन्स लिग टाईको दोस्रो चरणको खेलमा चेल्सी बिरुद्धको खेलको क्रममा दायाँ तिग्राको मासु पल्टिएको कारण समय भन्दा पहिले उनको सिजन समाप्त भयो।[२५] फ्रान्क रिजकार्डको बार्सिलोनाले सो सिजन स्पेन र यूरोपको विजेताको रूपमा समापन गर्यो।
२००६-०७ सिजन

२००६-०७ सिजनमा, २६ खेलहरूमा १४ गोल गर्दै मेसीले आफूलाई समूहको नियमित अग्रस्थानको खेलाडीको रूपमा स्थापित गरे। १२ नोभेम्बरमा भएको रियल जारागोजा बिरुद्धको खेलमा मेसीको खु्ट्टाको हड्डी भाँचियो, जसको कारणले उनी तीन महिनाको खेल खेल्नबाट वञ्चित भए।[मेसी आफ्नो चोट निको नहुँदासम्म अर्जेन्टिनामा बसे र निको भएपछि ११ फेब्रुअरीमा रेसिङ्ग स्याट्यान्डर बिरुद्धको खेलमा मैदानमा उत्रिए।[जसमा उनी दोस्रो-हाफमा स्थानापन्नको रूपमा संलग्न भए। ११ मार्चमा, रियल म्याड्रिड बिरुद्धको खेल (एल क्लासिको)मा १० जना खेलाडी मात्र सीमित बार्सिलोनाबाट खेलेका मेसीले ह्याट-ट्रिक गर्दै ३-३ को बराबरीमा रोकेर आफ्नो क्षमता प्रदर्शन गरे, जसमा उनले तेस्रो गोल इन्जुरी-समयमा गरेका थिए।[यस प्रदर्शनबाट उनी इवान जमोरानो (रियल मैड्रिडको १९९४-९५ सिजनमा) पछि एल क्लासिकोमा लगातार तीन गोल गर्ने पहिले खेलाडी बने,[साथै मेसी यस खेलमा गोल गर्ने सबैभन्दा कम उमेरको खेलाडी पनि बने। उनले यस सिजनमा गरेका १४ गोलहरू मध्य ११ गोल अन्तिम १३ खेलहरूमा गरेका थिए।

मेसीले एकै सिजनको क्रममा म्याराडोनाको सबैभन्दा प्रसिद्ध गोलहरूलाई लगभग दोहोराउँदै आफूलाई “नयाँ म्याराडोना”को रूपमा साबित गरे।[१८ अप्रिल, २००७मा उनले कोपा डेल रेको सेमी-फाइनलमा गेटाफे बिरुद्धको खेलमा दुई गोल गरे, जुन मेक्सिकोमा सम्पन्न १९८६ FIFA विश्व कपमा इङ्ल्यान्ड बिरुद्धको खेलमा म्याराडोनाले गरेका प्रसिद्ध गोलहरू सँग धेरै मिल्दो-जुल्दो थियो।[३६] विश्वका खेल पत्रकारहरूले उनलाई म्याराडोनासँग तुलना गरे र स्पेनिश पत्रिकाहरूले मेसीलाई “मेसीडोना” उपनाम दिए।[३७] उनले यस खेलमा उही ६२ मिटरको दुरी पार गर्दै, त्यति नै खेलाडीहरू (गोलकीपर सहित ६ जना)लाई छक्काउँदै, लगभग एउटै नै स्थानबाट गोल गरे र कुनाको झन्डातिर दौडिए, जुन २१ वर्ष पहिला म्याराडोनाले मेक्सिकोमा गरेका थिए।[ खेलपछि एक पत्रकार सम्मेलनमा मेसीका समकक्षी खेलाडी डेकोले भने: “यो मैले आफ्नो जीवनमा देखेका गोल मध्य सर्वोत्कृष्ट गोल हो।” स्पेनियोल बिरुद्धको खेलमा पनि मेसीले एउटा यस्तो गोल गरे, जुन विश्वकपको क्वार्टर फाइनलमा इंग्ल्यान्ड बिरुद्धको खेलमा म्याराडोनाले गरेको गोल]]सँग मिल्दो-जुल्दो थियो। स्पेनियोलका खेलाडीहरूको विरोधको बावजूद र रिप्लेमा पनि त्यो स्पष्टतः ह्याण्डबल भन्ने देखिंदा देखिंदै पनि त्यो गोल बनिरह्यो.
२००७-०८ सिजन
२००७-०८ सिजनको क्रममा, मेसीले एक हप्तामा पाँच गोल गर्दै बार्सिलोनालाई ला लिगाको शीर्ष चारमा पुर्याए। १९ सेप्टेबरमा च्याम्पियन्स लिग म्याचमा आफ्नो गृहमैदानमा बार्सिलोनाले लियोनलाई ३-०को अन्तरले हराउँदा मेसीले एक गोल गरे।[उनले २२ सेप्टेबरमा सेभिला (फुटबल क्लब)को बिरुद्ध दुई गोल गरेर फेरि २६ सेप्टेबरमा मेसीले रियल जारागोजा बिरुद्ध ४-१को जितमा दुई गोल गरे।[४२] २७ फेब्रुअरीमा मेसीले भ्यालेन्शिया बिरुद्ध बार्सिलोनाको लागि आफ्नो १००औँ आधिकारिक खेल खेले।[
मेसी अग्रपंक्तिको श्रेणीमा फिफाप्रो विश्वका दश खेलाडी अवार्डको लागि मनोनित गरियो।एक स्पेनिश पत्रिका मार्काको अन-लाईन संस्करणमा गरिएको सर्वेक्षणमा उनलाई ७७ प्रतिशत मत सहित विश्वको सर्वोत्कृष्ट खेलाडीको रूपमा चुनियो। बार्सिलोना-आधारित अखबार एल मुन्डो डिपोर्टिवो र स्पोर्टको स्तम्भकारहरूले उल्लेख गरे कि मेसीलाई ब्यालन डी’ओर दिनु पर्छ र फ्रान्ज बेकेनबएरले पनि यसको समर्थन गरे।फ्रान्सेस्को टोट्टी जस्ता फुटबलका महान हस्तिहरूले घोषणा गरे कि उनीहरू मेसीलाई अहिलेका विश्वका सर्वोत्कृष्ट फुटबल खेलाडीहरू मध्य एक मान्छन्।
४ मार्चमा केल्टिक बिरुद्धको खेलमा मेसीको बायाँ तिघ्राको मांसपेशी फाटेपछि उनी एक हफ्ता भरीको लागि खेलबाट बाहिरिए। मेसीको यस प्रकारको चोट लागेको यो तीन सिजनहरूमा चौथो पल्ट थियो।[मेसी यो चोटबाट फिर्ता भएपछि ४ मे २००८मा भ्यालेन्सिया बिरुद्धक ६-०को जितमा उनको २००७-०८ सिजनको अन्तिम गोल गरे। यस सिजनका सबै खेलहरूमा मेसीले १६ गोल र १३मा सहायता प्दान गर्न सफल भए।
२००८-०९ सिजन : पहिले ट्रेबल

क्लबबाट रोनाल्डिन्होको प्रस्थान सँगै उनको १० नम्बर जर्सी मेसीले प्राप्त गरे। सन् १ अक्टोबर २००८ मा, सख्टार डोनेट्स्क बिरुद्धको च्याम्पियन्स लिग म्याचको क्रममा मेसीले थियरी हेनरीको सट्टामा खेलमा प्रवेश गरेर अन्तिम सात मिनेटमा दुई गोल गरेर बार्सिलोनाको लागि १-० को हारको अवस्थालाई १-२को जितमा परिणत गरी दिए। यस पछिको एट्लेटिको म्याड्रिड बिरुद्धको लिग खेललाई मेसी र उनको राम्रा साथी सर्जियो अग्वेरोको बीच एक मैत्रिपूर्ण सङ्घर्षको रूपमा प्रचार गरियो।[मेसीले फ्रि किकमा एक गोल गरे र बाँकीमा सहायता गरेर बार्सालाई ६-१ को जित हासिल गराए। मेसीले सेभिलाको बिरुद्ध २३ मिटर (२५ यार्ड) देखि बललाई उठाएर गोलरक्षकलाई छक्काउँदै टाइट एङ्गलबाट एक अर्को उत्कृष्ट गोल गरे।[सन् १३ डिसेम्बर २००८ मा, एल क्लासिकोको पहिलो सिजनको क्रममा मेसीले रियल म्याड्रिड बिरुद्धको बार्सिलोनाको २-० जितमा दोस्रो गोल गरे।[५४] यसै वर्ष उनलाई २००८ फिफा वर्षको विश्वको खेलाडी अवार्डमा ६७८ अङ्क सहित दोस्रो स्थानमा मनोनित भए।
मेसीले एटलेटिको म्याड्रिड विरुद्धको कोपा डेल रे टाईमा पहिलो पल्ट ह्याटट्रिक गर्दै बार्सिलोनालाई ३-१ को जित हासिल गराए।मेसीले सन् १ फेब्रुअरी २००९ मा रेसिङ्ग स्यान्टेन्डर बिरुद्धको खेलमा पहिलो हाफमा १-० ले तल इरेको अवस्थामा दोस्रो हाफमा सट्टामा प्रवेश गरी महत्त्वपूर्ण दुई गोल गर्दै बार्सिलोनालाई १-२ को जित दिलाउन मद्दत गरे। यस मध्ये दोस्रो गोल बार्सिलोनाको लागि ५०००औँ लिग गोल थियो।[ला लिगाको २८औँ चरणमा, मेसीले सबै प्रतियोगिताहरूमा सिजनको आफ्नो ३०औँ गोल गर्दै आफ्नो टोलीलाई मलागा सीएफ बिरुद्ध ६-० को जित हासिल गर्नमा सहयोग गरे।८ अप्रिल २००९मा उनले बायर्न म्यूनिख बिरुद्धको च्याम्पियन्स लिगमा दुई पल्ट गोल गर्दै प्रतियोगितामा नौ गोलहरूको व्यक्तिगत रेकर्ड बनाए।[१८ अप्रिलमा मेसीले गेटाफमा प्राप्त १-०को जितमा सिजनको आफ्नो २०औँ लिग गोल गरे, जसको कारणले बार्सिलोना रियल म्याड्रिडलाई छ-अङ्कले तल पार्दै लिग तालिकाको शीर्ष स्थानमा रहन सफल भयो।

बार्सिलोना सिजनको समापन तिर उन्मुख रहँदा मेसीले सान्टियागो बर्नब्यूमा रियल म्याड्रिड माथि ६-२को विजयमा दुई गोल (सबै प्रतियोगिताहरूमा उनको ३५औँ र ३६औँ गोल) गरे। यो हार रियल म्याड्रिडको लागि १९३० पछिको सबैभन्दा ठुलो हार थियो।मेसीले च्याम्पियन्स लिग सेमी-फाइनलमा चेल्सी बिरुद्ध आन्ड्रेस इनिएस्टालाई अतिरिक्त समयमा गोल बनाउन सहयोग गरेका थिए, जसबाट बार्सिलोनाले फाइनलमा म्यानचेस्टर युनाइटेडको सामना गर्न पायो। उनले एथलीटिक बिलबाओ बिरुद्ध ४-१को जितमा एक गोल तथा अन्य दुईमा सहयोग गर्दै १३ मेमा आफ्नो पहिलो कोपा डेल रे जिते।[६२] उनले ला लिगा जितेर आफ्नो टोलीलाई दोहरो जित दिलाउँनमा सहयोग गरे। २७ मेमा उनले ७० मिनेटमा दोस्रो गोल गर्दै बार्सिलोनालाई २००९ युइएफए च्याम्पियन्स लिग फाइनल दुई गोलको अग्रताले जित्नमा मद्दत गरे, साथै नौ गोलको साथ उनी टुर्नामेन्टको इतिहासमा सबैभन्दा युवा तथा चैम्पियन्स लिगको सर्वाधिक गोलकर्ता बने।यूरोपमा शानदार वर्ष संपन्न गर्दै मेसीले युइएफए वर्षको क्लब अग्रपंक्तको खेलाडी र युइएफए वर्षको क्लब फुटबल खेलाडीको उपाधी पनि जिते।[उनको यस जितको मतलब बार्सिलोनाले पहिलो पल्ट कुनै स्पेनिश क्लबले नसकेको एकै सिजनमा कोपा डेल रे, ला लिगा र युइएफए च्याम्पियन्स लिगमा विजय थियो।
२००९-१० सिजन: पहिलो बेलोन डी’ ओर

२००९ युइएफए सुपर कप जिते पछि, बार्सिलोनाका प्रबन्धक जोसेप गार्डियोलाले जोड दिदै भने कि मेसी उनले अहिले सम्म देखेका खेलाडी मध्य सबैभन्दा राम्रो खेलाडी हुन।
१८ सेप्टेम्बरमा, मेसीले बार्सिलोनासँग जसमा €२.५ अरबको खरीद-नियन्त्रणको प्रावधान सहित २०१६ सम्मको लागि नयाँ अनुबन्धनमा हस्ताक्षर गरे, जसबाट मेसी लगभग € ९५ लाख वार्षिक आय सहित, जाल्टान इब्राहिमोभिच बराबर ला लिगाको उच्चतम पारिश्रमीक लिने खेलाडी बने।[६८][६९] चार दिन पछि २२ सेप्टेम्बरमा, मेसीले ला लिगामा रेसिङ्ग स्यान्टेन्डर बिरुद्ध दुई गोल र अर्को एक गोलमा सहयोग गर्दै बार्सालाई ४-१ जित दिलाए।मेसीले २९ सेप्टेम्बरमा डाइनमो कीव माथिको २-० जितमा सिजनको पहिलो यूरोपीय गोल गरे। मेसीले क्याम्प नउमा रियल जारागोजाको ६-१को ठुलो पराजयको क्रममा एक गोल गर्दै ला लिगामा सात खेलमा छ गोलको अनुपात बनाए र ७ नोभेम्बरमा क्याम्प नउमा मालर्का माथि बार्साको ४-२को जितमा पनि पेनाल्टोलीा गोल गरे।[
१ डिसेम्बर २००९ मा, मेसी उपविजेता क्रिस्टियानो रोनाल्डोलाई २३३को बिरुद्ध ४७३को ठुलो मतान्तरले पछाडी पार्दै २००९ ब्यालन डी’ओरको विजेताको रूपमा घोषित भए।[७५][७६][७७] यसपछि फ्रान्स फुटबल पत्रिकाले मेसीको भनाईलाई उद्धृत गर्दै लेख्यो: “म यसलाई आफ्नो परिवारलाई समर्पित गर्दछु। मलाई उनीहरूको आवश्यकता पर्दा उनीहरू संधै म सँगै हुन्थे र कहिलेकाँही उनीहरूले म भन्दा पनि ज्यादा गहराईबाट मेरा भावनाहरूलाई महसूस गरेका छन।
१९ डिसेम्बरमा, अबूधाबीमा एस्टुडियान्टेस बिरुद्ध २००९ फिफा क्लब विश्वकपको फाइनलमा मेसीले गोल गर्दै क्लबलाई विजयि बनाए।[७९] दुई दिन पछि, उनी क्रिस्टियानो रोनाल्डो, जावी हर्नान्डेज, काका र आन्ड्रेस इनिएस्टालाई पछि पार्दै फिफा वर्षको खेलाडीको रूपमा घोषित भए। उनले यो पुरस्कार पहिलो पटक जितेका थिए र उनी यो सम्मान पाउने पहिलो अर्जेन्टिनी खेलाडी बने।१० जनवरी २०१० मा, मेसीले सीडी टेनेरिफ बिरुद्धको ०-५को जितमा २०१०को आफ्नो पहिलो ह्याट-ट्रिक र सिजनको पहिलो ह्याट-ट्रिक गरे। १७ जनवरीमा, मेसीले सेविला माथि ४-०को जितमा क्लबको लागि आफ्नो १००औँ गोल गरे।
२०१०-११ सिजन: पाँचौ ला लिगा उपाधि र तेस्रो च्याम्पियन्स लिग
मेसीले सेभिल्ला विरुद्ध ह्याट्रिक गर्दै २०१०-११ को सिजनको पहिलो उपाधी सुपरकोपा डे स्पाना सुनिश्चित गराए। पहिलो लेगमा पराजित भएपनि दोस्रो लेगमा ४-० ले जितेर यो उपाधी जितेको थियो। प्लेमेकरको भूमिकामा, २०१० नोभेम्बर २९ मा भएको खेल एल क्लासिको मा, जोसे मौरिन्होको रियल म्याड्रिड संगको पहिलो खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ५-० ले पराजित गर्यो मेसीले आफ्नो टोलीलाई १६ औ लगातार विजय हासिल गराए, जुन स्पेनिस फुटबलमा एक किर्तिमान बन्यो र उनले २०११ फेब्रुअरी ५ मा अथ्लेटिको म्याड्रिड विरुद्ध ह्याट्रिक गरे।उनको २०१० को क्लब प्रदर्शनले उनलाई उनको पहिलो फिफा बेलोन डी’ ओर दिलायो। यो बेलोन डी ओर र फिफा विश्व खेलाडीको एकै पुरस्कार थियो। यद्यपि उनले यो पुरस्कार दिइदा २०१० फिफा विश्वकप मा अर्जेन्टिनाको लागि केही गर्न नसकेकाले केही आलोचना पनि भयो।[अवार्डको पुरानो ढाँचा अनुसार, उनी शीर्ष तीनबाट बाहिर हुन्थे, उनको जित अन्तराष्ट्रिय प्रशिक्षक र कप्तानहरूको मतबाट भयो।
सिजनको अन्त्यतिर, बार्सिलोनाले १८ दिनको दौरानमा चार एल क्लासिको खेल खेल्यो। अप्रिल १६ मा भएको लिगको खेल बराबरीमा सकियो। यसमा मेसीले पेनाल्टीमा गोल गरेका थिए। चार दिन पछि भएको कोपा डेल रेको फाइनलमा बार्सिलोना पराजित भयो। च्याम्पियन्स लिग सेमीफाइनलको पहिलो लेगमा बार्सिलोनाको २-० को जितमा दुवै गोल मेसीले गरेका थिए। दोस्रो गोल उनले तीन रियल खेलाडीहरू बीच द्रिबल गरेर गरेका थिए-यो गोल प्रतियोगिताकै उत्कृष्ट गोल ठहरियो।दोस्रो लेगमा उनले गोल नगरे पनि बार्सिलोनालाई सेमीफैनलमा पुर्याउन निकै महत्वपूर्ण थिए,[जहाँ उनीहरूको भेट म्यानचेस्टर युनाइटेडसंग भयो, यो खेल दुइ वर्ष अघिको पुनरावृति हुने भयो, १२ गोल सहित प्रतियोगिताको उच्च गोलकर्ताको रुपमा उनले २८ मे मा वेम्बली स्टेडियममा भएको खेलमा उच्च प्रदर्शन गरे र बार्साको ३-१ को विजयमा विजयी गोल गरे।बार्सिलोनाले लगातार तेस्रो ला लिगा उपाधी जित्यो। ३१ गोल सहित उनी उच्च गोलकर्ता र १८ एसिस्ट सहित उनी उनी उच्च एसिस्ट पनि दिएका थिए।[उनले यो सिजन सबै खाले प्रतियोगितामा ५३ गोल र २४ एसिस्ट सहित पुरा गरे। यससंगै उनी बार्सिलोनाको लागि एउटी सिजन सर्वाधिक गोलकर्ता र स्पेनिस फुटबलमा ५० गोल पुरा गर्ने पहिलो खेलाडी पनि भए।

मेसी नम्बर ८ (क्रिएटर), ९ (गोलकर्ता) र १० (एसिस्टेन्ट) को समिश्रणको रुपमा उदाएपछि,उनले २०११-१२ को सिजनमा अनपेक्षित ७३ गोल गरे र २९ एसिस्ट दिए। यसमा उनले १० मौका ह्याट्रिक वा बढी गोल गरे। उनले बार्सालाई स्पेनिस सुपर कप र युरोपियन सुपर कप दुवै जिताए, उनले रियल म्याड्रिड विरुद्धको समग्रको ५-४ को जितमा तीन पटक गोल गरे , र राऊल गोन्झालेझ लाई पछि पारे। वर्षको अन्त्यमा, उनले फिफा क्लब विश्व कप को फाइनलमा सान्तोस विरुद्ध दुई गोल गरे , र प्रतियोगिताको गोल्डेन बल जिते, जुन दुई वर्ष अघि पनि उनले जितेका थिए। २०११ मा उनको यो प्रयासको लागि, उनले फिफा बेलोन डी’ ओर जिते। उनी जोहान क्राइफ, मिसेल प्लातिनी र मार्को भान बास्तिन पछि बालों डी ओर तीन पटक जित्ने उनी चौथो खेलाडी बने।यसबाहेक , उनले पहिलो यूएफा बेस्ट प्लेयर इन युरोप जिते, जुन बेलों दिओर को पुरानो ढाँचा थियो।[त्यसपछि , मेसीलाई व्यापक रुपमा इतिहासको डिएगो म्याराडोना र पेले जस्तै एक महान् खेलाडीको रुपमा हेर्न थालियो।[
२०१२: कीर्तिमानी वर्ष
“मलाई मेसीको सिंहासनको लागि प्रतिस्पर्धा गर्न चाहनेहरू प्रति दुख लाग्छ – यो असम्भव छ, यो फुच्चे अद्वितीय छ। “– पेप ग्वार्दिओला २०१२ मार्च २४ मा २४ वर्षको उमेरमा मेसी बार्सिलोनाको सर्वोच्च गोलकर्ता बनेपछि
मेसीले सिजनको दोस्रो खण्डमा पनि आफ्नो लय कायम राखे , र २०१२ को वर्षमा उनले लामो समय देखि कायम रहेका किर्तिमानहरू भंग गरे। मार्च ७ मा, भ्यालेन्सिया विरुद्ध चार गोल गरेको दुई साता पछि, उनले च्याम्पियन्स लिगमा अन्तिम १६ को खेलमा बायर ०४ लिभरकुसेन विरुद्ध पाँच गोल गरे, च्याम्पियन्स लिगको इतिहासमा यो उपलब्धी यसअघि कसैले हासिल गरेका थिएनन्।[१०९][११०] यस अतिरिक्त उनले पाँच एसिस्ट दिएका थिए, यससंगै उनले जोसे अल्ताफिनीको किर्तिमान संग बराबरी गरे जुन १९६२-६३ को सिजनमा कायम भएको थियो, र उनी गर्ड मुलरपछि कै दोश्रो उच्च गोलकर्ता भए।[१११][११२] दुई साता पछि , मार्च २० मा, मेसी २४ वर्षको उमेरमा बार्सिलोनाको उच्च गोलकर्ता भए, उनले ग्रानाडा एफ सी विरुद्ध ह्याट्रिक गर्दै ५७ वर्ष पहिलेको सिजर रोद्रिग्वेजको २३२ गोलको किर्तिमानलाई पछि पारे।[१०८]

मेसीको व्यक्तिगत लय बाहेक पनि, पप ग्वार्दिओलाको मातहतमा रहेको बार्सिलोनाको चार वर्ष -क्लबको इतिहासमा एक महान युग मध्ये एक थियो।[११३] बार्सिलोनाले मे २५ मा एथ्लेतिको बिल्बाउ बिरुद्ध कोपा डेल रे जिते पनि टोलीले लिगमा रियल म्याड्रिड संग पछि रहनु पर्यो र च्याम्पियन्स लिगमा चेल्सी संग पराजित हुनु पर्यो। त्यसमा मेसीले पेनाल्टी मिस गरे।[११४][११५] मे ५ मा लिगमा बार्साको अन्तिम होम खेलमा, मेसीले सबै चार गोल गरे र ग्वार्दिओलालाई गला लगाए र उनले बार्सिलोनाको प्रशिक्षकबाट राजीनामाको घोषणा गरे।[११६] यो सिजन उनले ५० गोल सहित दोस्रो पटक स्पेनी लिग र युरोपको सर्वाधिक गोलकर्ता बने। उनले सबै खाले प्रतियोगितामा ७३ गोल गर्दै गर्ड मुलर ले ६७ गोल सहित बुन्देस लिगा मा, एकै सिजनाको सर्वाधिक गोलकर्ताको किर्तिमान भंग गरे।[११७][११८]
टिटो भिलानोभा, जसले मेसीलाई १४ वर्षको उमेरमा प्रशिक्षण दिएका थिए, को प्रशिक्षकत्वमा मेसीले क्लबलाई उत्कृष्ट सुरुवात दिलाए , र कुल ५५ अङ्कको अग्रता हासिल गर्यो, जुन स्पेनिस फुटबलाको एक किर्तिमान हो।[११९][१२०] रियल बेटिस विरुद्ध दुई गोल गरेर उनले लामो समय देखि कायम रहेको किर्तिमान भंग गरे , उनले बार्सिलोनाको लागि ला लिगामा सिजर रोड्रीग्वेजको १९० लिग गोलाको किर्तिमानलाई पछि पारे, उनी ला लिगामा बार्सीलोनाको लागि सबैभन्दा उच्च गोलकर्ता भए , र गर्ड मुलरले १९७२ मा मा बायर्न म्युनिख र पश्चिम जर्मनीको लागि एउतै क्यालेन्डर वर्षमा गरेको सर्वाधिक ८५ गोलको किर्तिमान भंग गरे।[१२१] मेसीले मुलरको ४० वर्ष पुरानो किर्तिमान तोदेपछि मुलरलाई बार्सिलोनाको १० नम्बरको जर्सीमा “सम्मान र प्रशंशा सहित” भन्ने लेखेर जर्सी पठाए।[१२२] त्यो वर्षको अन्त्यमा. मेसीले सबै खाले प्रतियोगितामा अर्जेन्टिना र बार्सिलोनाको लागि ९१ गोल गरे।[१२३] यो उपलब्धीलाई प्रमाणिकताको विषयलाई लिएर फिफाले स्वीकार नगरेपनि , उनले एउट क्यालेन्डर वर्षमा सर्वाधिक गोलको लागि गिनिज वर्ल्ड रेकर्ड्स किर्तिमान प्राप्त गरे।[१२४][१२५] निर्बिकल्प रुपमा, मेसीले पुन: फिफा बेलोन डी’ ओर जिते, फुटबल इतिहासमा चार पटक बेलों डी ओर जित्ने एक मात्र खेलाडी बने।[१२३][१२६]
२०१३-१४ :मेसीडेपेनडेनसिया
२०१४-१५ :दोस्रो ट्रेबल
२०१५-१६: घरेलु सफलता
२०१६-१७: चौथो गोल्डेन बुट
२०१७-१८: घरेलु डबल तथा कीर्तिमानी पाँचौ गोल्डेन बुट
२०१८-१९: कप्तान, १०औँ ला लिगा उपाधी र कीर्तिमानी छैटौ गोल्डेन बुट
२०१९-२०: कीर्तिमानी छैटौ बेलोन डी ओर
२०२०-२१: बार्सीलोनामा आखिरी सिजन
पेरिस सेन्ट जर्मेन
सन् २०२१ अगस्ट १० मा, मेसी पेरिस सेन्ट-जर्मेनमा अनुबन्ध भए।[१२७] उनले थप एक वर्षको विकल्प सहित उनले फ्रेन्च क्लबमा दूई वर्षको सम्झौतामा हस्ताक्षर गरे।[१२८]

मेस्सीले आफ्नो स्क्वाड नम्बरको रूपमा ३० चयन गरे, जुन उनले किशोरावस्थामा बार्सिलोनाका लागि सिनियर टोलीमा डेब्यू गर्दा लगाएका थिए।[१२९]
मेस्सीले २९ अगस्टमा क्लबका लागि डेब्यु गरे, लिग १ मा रेम्समाथि २–० को जितको दोस्रो हाफमा वैकल्पिक खेलाडीको रूपमा आए।[१३०] उनले क्लबको लागि यूएफा च्याम्पियन्स लिगको पहिलो खेल १५ सेप्टेम्बरमा क्लब ब्रुगी बिरुद्धको १-१ अवे बराबरीमा खेलेका थिए।[१३१] चार दिन पछि, मसीले लियोन विरूद्ध २-१ को जितमा पहिलो पटक होम म्याच खेलेका थिए।[१३२] २८ सेप्टेम्बरमा, उनले क्लबको लागि पहिलो गोल गरेका थिए। पेप ग्वर्दिओलाको मेनचेस्टर सिटि बिरुद्ध को खेलमा उनले १८ यार्ड पर बाट गरेको प्रहार गोल भएको थियो। सो खेलमा पी एस जी २-० ले विजियी भयो।[१३३] On 21 November (matchday 14), Messi scored his first Ligue 1 goal in a 3–1 home victory over Nantes.[१३४] Later that month, he provided a hat-trick of assists for the fifth time in his career as PSG beat Saint-Étienne 3–1 away from home.[१३५] Having scored 40 goals at club and international level for the calendar year and helped Argentina win the 2021 Copa América, Messi received a record seventh Ballon d’Or on 29 November.
इन्टर मियामी
पेरिस सेन्ट जर्मेनबाट बिदाइको पुष्टि पछि, मेस्सी पूर्व क्लब बार्सिलोनामा फर्कने, साथै साउदी प्रोफेशनल लिग क्लब अल-हिलालमा ठुलो पैसा सार्नको साथ जोडिएको थियो, तर उनको अन्तिम निर्णय मेजर लिग सकर क्लब इन्टर मियामीमा अनुबन्धित भएको थियो। ५ जून २०२३ द्वारा बार्सिलोना अध्यक्ष जोन लापोर्टालाई सूचित गरिएको थियो।[१४७][१४८]आर्थिक अभावका कारण बार्सिलोनाले उनलाई अनुबन्ध गर्न सकेन।[१४९]
अन्तर्राष्ट्रिय खेल जीवन
जुन २००४ मा, पाराग्वे बिरुद्ध अन्डर-२० मैत्रीपूर्ण खेलमा उनले अर्जेन्टिनाको लागि पहिलो खेल खेले।[१५०] सन् २००५ मा वहाँले नेदरल्यान्डमा २००५ फिफा वर्ल्ड युथ च्याम्पियनसिप जितने टोलीको खेलाडी थिए। यहाँ उनले अर्जेन्टिनाको लागि अन्तिम चार खेल खेलेर प्रतियोगिता अवधिमा सर्वाधिक ६ गोल गर्दै गोल्डन बल र गोल्डन बुट जिते।[१५१]
उनले १७ अगस्ट २००५मा १८ वर्षको उमेरमा हङ्गेरी बिरुद्ध पहिलो पूर्ण अन्तर्राष्ट्रिय खेल खेले। ६३औँ मिनेटमा उनले अर्को खेलाडीलाई प्रतिस्थापित गरे, तर ६५औँ मिनेटमा निष्कासित भए किन भने रेफ्री, मार्कस मर्कले उनले आफ्नो सर्ट तान्दै गरेका रक्षापंक्ति विलमस भ्यानज्याकलाई टाउकाले हानेका देखेका थिए। यो निर्णय विवादास्पद थियो र म्याराडोनाले पनि निर्णय पूर्व-निर्धारित भएको दावा गरेका थिए।[१५२][१५३] ३ सेप्टेम्बरमा विश्वकप छनौटमा पाराग्वेलाई १-०ले हराएको खेलबाट मेसी टोलीमा फिर्ता भए। म्याच अगावै उनले भने कि “यो मेरो पून:शुरूआत हो। पहिलो धेरै कम समयको लागि नै थियो।”[१५४] यसपछि उनले अर्जेन्टिनाको लागि पेरू बिरुद्ध आफ्नो पहिलो खेल शुरू गरे; म्याच पछि पेकरम्यानले मेसीलाई एक “रत्न”को रूपमा वर्णन गरे।[१५५]
२८ मार्च, २००९मा भेनेजुएला बिरुद्द विश्वकप छनौटमा मेसीले पहिलो पल्ट अर्जेन्टिनाको लागि १० नम्बरको जर्सी लगाए। यो म्याच डिएगो म्यारडोनाको लागि अर्जेन्टिनाको प्रशिक्षकको रूपमा पहिलो आधिकारिक म्याच थियो। लियोनेल मेसीको शुरुवाती गोलको मद्दतले अर्जेन्टिनाले खेल ४-० ले जित्यो।[१५६]
२००६ फिफा विश्व कप
यस चोटले मेसीलाई २००५-०६ सिजनको अन्तमा दुई महिनाको लागि खेलबाट बाहिर राख्यो, यसको कारणले विश्वकपमा मेसीको उपस्थिति पनि आशङ्काको घेरामा पर्यो। तापनि, मेसीलाई १५ मे २००६मा हुने प्रतियोगिताको लागि अर्जेन्टिनी टोलीमा छानियो। उनले विश्वकप भन्दा पहिले, अर्जेन्टिना अन्डर-२० टोलीको बिरुद्ध फाइनल म्याचमा १५ मिनेट र एङ्गोला बिरुद्ध मैत्रिपूर्ण खेलमा ६४ मिनेट खेले।[१५७][१५८] उनले आइभरी कोस्ट बिरुद्ध अर्जेन्टिनाको शुरूवाती म्याच विजय प्रतिस्थापकहरूको बेञ्चबाट हेर्न मात्र पाए।[१५९] सर्बिया बिरुद्ध अर्को म्याचमा मेसी ७४औँ मिनेटमा म्याक्सी रोड्रिग्वेजको स्थानमा मैदानमा छिरेर विश्वकपमा अर्जेन्टिनाबाट खेल्ने सबैभन्दा कम उमेरको खेलाडी बने। उनले खेलमा प्रवेश गरेको केही मिनेटमा नै हरनान क्रेस्पोलाई गोल गर्नमा सहयोग गरे र ६-० को जितमा अन्तिम गोल पनि गर्न सफल भए, यसबाट उनी प्रतियोगितामा सबैभन्दा कम उमेरको स्कोरर र विश्व कपको इतिहासमा सबैभन्दा कम उमेरको छैठौ गोल गर्ने स्कोरर बने।[१६०] मेसीले नेदरल्यान्ड बिरुद्ध अर्जेन्टिना ०-० को बराबरीमा शुरूवात गरे।[१६१] मेक्सिको बिरुद्धको अर्को खेलमा १-१ गोलको बराबरी संगै, मेसी ८४औँ मिनेटमा स्थानापन्नको रूपमा मैदान प्रवेश गरे। अर्जेन्टिनालाई अगाडि बढनको लागि अतिरिक्त समयमा एक गोलको आवश्यकता रहेको अवस्थामा उनले गोल स्कोर गर्नै लागेका थिए, तर उनलाई अफसाइड घोषित गरियो।[१६२][१६३] प्रशिक्षक जोस पेकरम्यानले जर्मनी बिरुद्धको क्वार्टर-फाइनल खेलमा मेसीलाई मैदान प्रवेश गराएनन्, जुन खेल अर्जेन्टिनाले पेनाल्टी शूटआउटमा ४-२ले हार्यो।[१६४]
२००७ कोपा अमेरिका कप

मेस्सिले २९ जुन २००७ मा, कोपा अमेरिका कप २००७ मा आफ्नो पहिलो खेल खेले, यस खेलमा अर्जेन्टिनाले संयुक्त राज्य अमेरिकालाई ४-१को गोल अन्तरले हरायो। यस खेलमा, उनले एक प्लेमेकरको रूपमा आफ्नो क्षमता प्रदर्शन गरे। उनले आफ्नो सहकर्मी स्ट्राइकर हरनान क्रेस्पोको लागि गोल गर्नमा सहयोग गरे। ७९औँ मिनेटमा टेभेज मेसीको बदलामा मैदानमा आए र केही मिनेट पछि गोल स्कोर गरे।[१६५]
उनको दोस्रो म्याच कोलम्बियाको बिरुद्ध खेले, जसमा उनले एक पेनाल्टी पाए र यसलाई क्रेस्पोले सहि सदुपयोग गर्दै खेललाई १-१को बराबरीमा परिवर्तित गर्नमा सफल भए। उनी अर्जेन्टिनाको दोस्रो गोलको पनि भगिदार भए किन भनें उनीलाई बक्सको बाहिर फल भएको थियो, जसलाई जुआन रिकेल्मीले फ्रिकिकबाट गोलमा परिणत गरिदिए र अर्जेन्टीनाले ३-१को अग्रता हासिल गर्यो। खेलको अन्तिम स्कोर ४-२ का साथ अर्जेन्टिना टूर्नामेन्टको क्वार्टर-फाइनलमा प्रवेस गर्यो।[१६६]
पाराग्वेको बिरुद्ध तेस्रो खेलमा, मेसी क्वार्टर-फाइनलको लागि योग्य साबित भईसकेकाले प्रशिक्षकले उनलाई विश्राम दिए। उनलाई ६४औँ मिनेटमा ०-० स्कोरको अवस्थामा इस्टेबन क्याम्बियासोको बदलामा मैदानमा उत्रिने मौका मिल्यो। ७९औँ मिनेटमा उनले ज्यावियर म्यास्चरानोलाई गोल गर्न सहयोग गरे।[१६७] क्वार्टर-फाइनलमा अर्जेन्टिनाले पेरूलाई ४-०को गोल अन्तरले हराउँदा मेसीले रिकेल्मीको पासमा भन्दा खेलको दोस्रो गोल गरे।[१६८] मेक्सिकोको बिरुद्ध सेमी-फाइनल म्याचमा मेसीले गोलरक्षक ओसवाल्डो स्यान्शेज भन्दा माथिबाट उफारेर गोल गरे, जसबाट अर्जेन्टिना ३-० जितका साथ फाइनलमा पुग्न सफल भयो।[१६९] तर फाइनलमा अर्जेन्टिनाले ब्राजिल सँग ३-०को हार ब्यहोर्नु पर्यो।[१७०]

२००८ ग्रीष्मकालीन ओलम्पिक
२००८ ग्रीष्मकालीनओलम्पिकमा मेसीलाई अर्जेन्टिनाको लागि खेल्नबाट निषेध गरिए पछि,[१७१] उनले बार्सिलोनाका नयाँ प्रशिक्षक जोसेप गार्डियोला सँग वार्ता गरे र पछि मात्र उनलाई खेल्न दिने सहमति जनाए।[१७२] उनी अर्जेन्टिनाको टोलीमा समावेस भएर आइभोरी कोस्ट माथिको २-१ को जितमा पहिलो गोल स्कोर गरे।[१७२] यसपछि खेलमा उनले शुरूवाती गोल गरे र दोस्रो गोलको लागि एन्जल डी मारियालाई सहयोग गर्दे अर्जेन्टिनालाई नेदरल्यान्ड बिरुद्ध अतिरिक्त समयमा २-१ को जित हासिल गराए।[१७३] उनले प्रतिद्वन्द्वी ब्राजिल बिरुद्धको म्याचमा पनि भाग लिए, जसमा अर्जेन्टिनाले ३-०को जित हासिल गरी फाइनलमा प्रवेश गर्यो।[१७४] फाइनल खेलमा मेसीले फेरी एकमात्र गोलको लागि डी मारियालाई सहयोग गरी नाइजेरियालाई १-०ले पराजित गरी अर्जेन्टिनालाई विजयी बनाए।[१७५]
२००८-२०११: लगातार खराब प्रदर्शन
२००८ को उत्तरार्ध पछि, अर्जेन्टिनी राष्ट्रिय टोलीले तीन वर्ष लगातार खराब गर्यो।[१७६] डिएगो म्याराडोनाको प्रशिक्षणमा २०१० फिफा विश्वकपमा छनोट हुन निकै सङ्घर्ष गर्नु पर्यो। छनोट को अन्तिम खेलमा उरुग्वेलाई १-० ले पराजित गरेर मात्र उबीहरू आफ्नो विश्वकपमा प्रवेश पाए। म्याराडोनालाई उनको रणनीतिक निर्णय(मेसीलाई उनको स्थान भन्दा बाहिर राखिने निर्णय)को लागि आलोचना गरियो। म्याराडोनाको प्रशिक्षणमा खेलेको छनोटको ८ खेलमा, मेसीले एक गोल गरे। उनले भेनेजुएला बिरुद्ध ४-० को जितमा सुरुवाती गोल गरेका थिए।[१७७][१७८] २००९ मार्च २९ मा भएको त्यो खेलमा उनले पहिलो पटक अर्जेन्टिनाको १० नम्बरको जर्सी लगाएका थिए। रिक्विलमेले अन्तर्राष्ट्रिय सन्यास लिएपछि उनले त्यो मौका पाएका थिए।[१७९] समग्रमा, छनोट चरणमा १८ खेलमा चार गोल गरे [१७७] प्रतियोगिता भन्दा अगाडि, म्याराडोनाले बार्सीलोनामा मेसीलाई भेटे र रणनीतिको लागि आग्रह गरे; मेसीले ४-३-१-२ फर्मेसन उल्लेख गरे, जसमा उनी दुई स्ट्राइकरको बेचमा खेल्ने चाल थियो। यो फर्मेसनलाई अर्जेन्टिनी फुटबलमा एन्गाछे भनिन्थ्यो र यो मेसी बाल्यकाल देखि नै यसमा खेल्न रुचाउँथे। [१८०]

उनीहरूको खराब प्रदर्शनको बाबजुद, अर्जेन्टिनालाई दक्षिण अफ्रिकामा हुने विश्वकपको दाबेदार मानिन्थ्यो। प्रतियोगिताको सुरुवातमा, यो नयाँ फर्मेसन असरदार देखियो; उनीहरूको उद्घाटन खेलमा नाइजेरिया बिरुद्ध मेसीले गोलका चार अवसर सिर्जना गरे तर ती सबै प्रहारहरू नाइरेजेली गोलकिपरले रोके। त्यो खेल अर्जेन्टिनाले १-० ले जित्यो। अर्को खेलमा, दक्षिण कोरिया विरुद्धको एकतर्फी जितमा, ४-१ को जितमा सबै गोलमा उनको योगदान रह्यो। यो जित पछि नक आउट चरणमा उनीहरूको स्थान सुरक्षित भयो। मेसी बाहेक मुख्य खेलाडीहरूलाई विश्राम दिइयो।[१७८] समूह चरणको अन्तिम खेलमा उनले पहिलो पटक खेलको कप्तानी गरे। ग्रीस विरुद्धको त्यो खेलमा २-० ले जित्यो र दोश्रो गोलमा उनको असिस्ट रह्यो र अर्जेन्टिनाले समूहको बिजेता बनेर समूह चरणको खेल सम्पन्न गर्यो।[१८१] अन्तिम १६ को खेलमा, अर्जेन्टिनाले मेक्सिकोलाई ३-१ ले परजित गर्यो। मेसीले असिस्ट गरेको पहिलो गोल अफसाइडको कारणले विवादमा रह्यो। [१८२] क्वाटरफाइनलमा उनीहरूको भेट जर्मनीसँग तय भयो।
चार वर्ष अगाडि क्वाटरफाइनलमा नै जर्मनीले अर्जेन्टिनालाई पराजित गरेको थियो। यसपाली जर्मनीले अर्जेन्टिनालाई ४-० ले निरीह बनायो। यो हार १९७४ विश्वकप यताकै खराब नतिजा थियो। [१८२] फिफाले मेसीलाईउनको “उत्कृष्ट” गति र सिर्जना र “अनौठो र कुशल” ड्रिबलिङ, सुट र पास उल्लेख गर्दै प्रतियोगिताको उत्कृष्ट १० खेलाडीको सूचीमा राख्यो।[१८३] घर फर्कदा, मेसीले कठोर प्रतिक्रियाको सामना गर्नुपर्यो। विश्वको नै उत्कृष्ट खेलाडी मानिएको उनलाई १९८६ मा म्याराडोनाले झै उपाधी जिताउने अपेक्षा गैएको थियो, तर मेसीले बार्सिलोनामा जुन उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए, राष्ट्रिय टोलीबाट पनि त्यस्तै खालको प्रदर्शन गर्न सफल भएनन्। यसकारणले उनलाई क्लब भन्दा देशलाई कम ध्यान महत्व दिएको आरोप लाग्यो। [१८४]
म्याराडोनाको स्थानमा सर्जियो बाटिस्टा आए। उनको प्रशिक्षणमा अर्जेन्टिनाले ओलम्पिक जितेको थियो। उनले सार्वजनिक रुपमा मेसीको छायाँको टोली बनाउने कुरा व्यक्त गरे। उनलाई फरवार्ड बनाएर ४-३-३ को फर्मेसनमा खेल्ने जुनमा बार्सीलोना अत्यधिक सफल रहेको थियो। [१८४][१८५] मेसीले २०१०-११ क्लब सिजनमा कीर्तिमानी ५३ गोल गरेपनि उनले अर्जेन्टिनाको लागि आधिकारिक खेलमा २००९ मार्च यता कुनै गोल गर्न सकेका थिएनन्।[९४][१७७] ट्याक्टिकल परिवर्तन गरेपनी २०११ कोपा अमेरिकामा गोलको खडेरी लागिरह्यो। यो कोपा प्रतियोगिता अर्जेन्टिनाले नै आयोजना गरेको थियो। उनीहरूको पहिलो दुई खेलमा, बोलिभिया र कोलम्बिया बिरुद्धको, बराबरीमा सकियो। मिडिया र फ्यानहरूले उनको र अर्का स्ट्राइकर कार्लोस टेभेजको तालमेल राम्रो नमिलेको कुरा याद गरे। कार्लोस टेभेजको अर्जेन्टिनी समुदाय माझ ठुलो लोकप्रियता थियो। मेसीलाई करिअरमा पहिलो पटक उनकै टोलीको समर्थकले नै निरन्तर दुर्ववहार गरिरहेका थिए। टेभेजलाई बेन्चमा राखेर खेलिएको अर्को महत्वपूर्ण खेलमा, मेसीले राम्रो प्रदर्शन गरे। कोस्टा रिका विरुद्धको यो खेलमा उनले २ गोल असिस्ट गरे। क्वाटरफाइनलमा उरुग्वे विरुद्धको खेलमा १-१ को बराबरी भएपछि भएको पेनाल्टी सुटआउटमा अर्जेन्टिना ४-५ ले पराजित हुँदै बाहिरियो। उरुग्वे यो प्रतियोगिताको च्याम्पियन बन्यो।[१८४]
२०११-१३: कम्तानी

कोपा अमेरिकामा अर्जेन्टिनाको असफल प्रदर्शन रहेपछि, बटिस्टाको स्थानमा अलेजान्द्रो साबेला आए। २०११ अगस्टमा उनको नियुक्ति भएपछि उनले त्यतिबेलाका कप्तान जाभियर मास्चेरानोको सम्मतिमा २४- वर्षीय मेसीलाई कप्तानी दिए। पहिले रिजर्भमा अहेका मेसीले आफ्नो स्क्वाडको उत्कृष्ट खेलाडीको उदाहरण दिएर नेतृत्व गरे भने मास्चेरानोले टोलीको अन फिल्ड लिडर र अभिप्रेरकको भूमिका पूरा गरे। [१८६][१८७] टोलीमा थप परिवर्तन गर्दै साबेलाले टेभेजलाई हटाए र युवा खेलाडीहरू ल्याए जोसँग मेसीले वर्ल्ड युथ च्यापियनसिप र ओलम्पिक स्वर्ण पदक जितेका थिए। अहिले सुधारिएको टोलीमा, अक्टोबर ७ मा चिली विरुद्धको विश्व छनोटको पहिलो खेलमा गोल गर्दै मेसीले गोलको खडेरी तोडे। यो साढे दुई वर्ष पछि आधिकारिक खेलमा अर्जेन्टिनाको लागि उनको पहिलो गोल थियो।[१७७][१८६]
सबेलाको मातहतमा, मेसीको गोल गर्ने दर आमूल परिवर्तन भयो।यस अघिका प्रशिक्षकहरूको मा, ६१ खेलमा १७ गोल मात्र गरेका थिए भने, त्यसपछिको तीन वर्षमा ३२ खेलमा उनको गोलदर २५ गुणाले बढ्यो।[१७७][१८६] २०१२ मा उनले ९ खेलमा १२ गोल गरे, र ग्राबियल बाटिस्टुटाले अर्जेन्टिनाको लागि एउटै वर्षमा सर्वाधिक गोल गर्ने कीर्तिमानसँग बराबरी गरे।[१८८] अर्जेन्टिनाको लागि उनको पहिलो ह्याट्रिक २०१२ फेब्रुअरी २९ मा स्विट्जरल्यान्ड विरुद्धको मैत्रीपुर्ण खेलमा भयो, त्यसपछि अर्को वर्ष ब्राजिल र ग्वाटेमाला विरुद्धको मैत्रीपूर्ण खेलमा उनले ह्याट्रिक गरे। मेसी २०१३ सेप्टेम्बर १० मा पाराग्वे विरुद्धको खेलमा ५-२ को जित कायम गर्दै २०१४ फिफा विश्वकपमा अर्जेन्टिनाको स्थान सुनिश्चित गराए। त्यो खेलमा उनले पेनाल्टीमा दुई गोल गर्नुका साथै अर्को एक गोलमा असिस्ट गरे। त्यो गोल सँगै उनी ३७ गोल सँगै अर्जेन्टिना को सर्वाधिक गोलकर्तामा बाटिस्टुटा पछिको दोस्रो स्थानमा पुगे। समग्रमा, छनोट चरणको १४ खेलमा उनले कुल १० गोल गरे।[१७७][१८९] उनको सुधारिएको प्रदर्शनसँगै, सहकर्मीसँगको उनको सम्बन्ध सुधार भयो र बिस्तारै अर्जेन्टिनामा उनको पक्षमा लहर आएको महसुस हुन थाल्यो। [१८६]
२०१४-१५: विश्वकप र कोपा अमेरिका फाइनल

ब्राजिल विश्वकप भन्दा अगाडि, घाइते भएर बार्सिलोनाबाट असफल सिजन भएकाले मेसीको प्रदर्शनलाई लिएर विभिन्न शंका उपशंका उब्जेका थिए। यद्यपि प्रतियोगिताको सुरुवातमा उनले राम्रो प्रदर्शन रह्यो र सुरुका चार खेलमा म्यान अफ द म्याच चयन भए।[१९०] कप्तानको रुपमा उनको यो पहिलो विश्वकप थियो। बोस्निया र हर्जगोभिना विरुद्धको खेलमा २-१ को विजय भयो। उनले गरेको प्रहार सिड कोलासिनाकलाई लागेर आत्मघाती गोल भयो। अर्जेन्टिनाको अर्को गोल मेसीले तीन जना विपक्षी खेलाडीलाई छलाएर ड्रिबल गर्दै गोल गरे। यो आठ वर्षपछि उनले विश्वकपमा गरेको पहिलो गोल थियो।[१९१] इरान विरुद्धको दोस्रो खेलमा, उनले इन्जुरी समयमा २५ गज परबाट गोल गरे। र नक आउट चरणमा आफ्नो स्थान सुरक्षित गर्यो।[१९२] उनले समूह चरणको अन्तिम खेलमा नाइजेरिया विरुद्धको ३-२ को जितमा दुई गोल गरे। उनको दोस्रो गोल फ्रिकिक बाट भएको थियो। यो जित सँगै अर्जेन्टिना समूह बिजेता भयो।[१९३] अन्तिम १६ मा स्विट्जरल्यान्ड बिरुद्धको १-० को जित भएको खेलमा अन्तिम समयमा एन्जल डि मारियाले गोल गरे। सो गोलमा मेसीले पास दिएका थिए। क्वाटरफाइनलमा अर्जेन्टिनाले बेल्जियमलाई पनि १-० ले पराजित गर्दै १९९० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुग्यो।[१९४][१९५] सेमिफाइनलमा एक्ट्रा समयमा पनि ०-० नतिजा पछि भएको पेनाल्टी सुट आउटमा नेदरल्यान्डस लाई ४-२ ले हराउँदै अर्जेन्टिना फाइनलमा पुग्यो। मेसीले आफ्नो टोलीको पहिलो पेनाल्टी प्रहारमा स्कोर गरे।[१९६]


२०१४ फिफा विश्वकप फाइनललाई मेसी विरुद्ध जर्मनी, विश्वको सर्वोत्कृष्ट खेलाडी विरुद्ध सर्वोत्कृष्ट टोली भनेर प्रस्तुत गरिएको थियो। यसमा डिएगो म्याराडोना सहभागी १९९० विश्वकपको फाइनलको नतिजा दोहोरियो।[१९७] पहिलो हाफ सम्म, मेसीले गोल पनि गरे तर अफसाइड भएर रुल आउट गरियो। उनले गोल गर्ने कयौँ अवसरहरू उपयोग गर्न सकेनन्। सब्स्टिच्युट मारियो गोट्जेले ११३ मिनेट मा गोल गरे। खेलको अन्तिम मिनेटमा मेसीले फ्रिकिक प्रहार गरेका थिए, तर पोस्ट माथि लाग्यो र जर्मनीले खेल १-० ले जिती विश्वकप जित्यो।[१९८] फाइनलको समापनमा, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइ मेसीले गोल्डेन बल पाए। चार गोल सहित तेस्रो उच्च गोलकर्ता बाहेक उनले सर्वाधिक गोलको मौका सिर्जना गरे, सर्वाधिक धेरै ड्रिबल रन पूरा गरे, पेनाल्टी एरियामा सर्वाधिक धेरै डेलिभरी गरे।[१९०][१९९] यद्यपि, नक आउट चरणमा गोल गर्न नसकेकाले उनको चयनलाई लिएर केही आलोचना पनि भयो। फिफा अध्यक्ष सेप ब्लाटरले आश्चर्य व्यक्त गरे भने म्याराडोनाले बजारीकरणको उद्देश्यले मेसीको चयन गरिएको शंका गरे।[२००]
मेसीको अन्तर्राष्ट्रिय करिअरमा तेस्रो फाइनल चिलीमा भएको २०१५ कोपा अमेरिका पुगे। विश्वकप फुटबलको दोस्रो स्थानको टोली भएकाले बार्सिलोनाको पूर्व व्यवस्थापक गेरार्डो मार्टिनोको प्रशिक्षणमा रहेको अर्जेन्टिनालाई प्रतियोगिताको दाबेदार मानिन्थ्यो।[२०१] पाराग्वे विरुद्ध उद्घाटन खेलमा, उनीहरू २ गोलले अघि थिए तर खेलको अन्त्य सम्म उनीहरूले अग्रता गुमाए र २-२ को बराबरी भयो। मेसीले पेनाल्टीमा एक गोल गरे र त्यो नै प्रतियोगितामा उनको एक मात्र गोल रह्यो।[२०३] साविक विजेता उरुग्वे १-० को जित पछि, समूह चरणको जामैका विरुद्धको अन्तिम खेलमा उनले देशको १००औँ क्याप खेले, यो कोशेढुङ्गा हासिल गर्ने उनी पाँचौ अर्जेन्टिनी खेलाडी थिए। जामैका बिरुद्ध १-० को जित हासिल भयो। १०० खेलमा उनले कुल ४६ गोल गरे, ती मध्ये २२ आधिकारिक प्रतिस्पर्धाको खेलमा भएको थियो।[
२०१६-१७: तेस्रो कोपा अमेरिका फाइनल, सन्यास, र फिर्ती
२०१६ मे २७ मा प्रि कोपा अमेरिका वार्म अप म्याचमा होन्डुरस विरुद्धको १-० को जित भएको मैत्रीपूर्ण खेलमा मेसी घाइते भएपछि अर्जेन्टिनी टोलीमा मेसीको सहभागितालाई लिएर अन्योलपूर्ण स्थिति रहेको थियो।उनको कम्मर माथिको भागमा गहिरो चोट लागेको खबर आएको थियो। उनको फिटनेसलाई लिएर जुन ६ मा भएको अर्जेन्टिनाको सुरुवाती खेलमा उनी बेन्चमा रहे। साविक बिजेता चिली विरुद्धको खेलमा अर्जेन्टिना २-१ ले विजयी भयो। [मेसी समूह चरणको दोस्रो खेलमा जुन १० मा पानामा विरुद्ध फिट रहेको घोषणा भए पनि, मार्तिनोले उनलाई एकपटक फेरी बेन्चमा राखे; उनी अगस्टो फर्नान्डेज को स्थानमा ६१औँ मिनेटमा मैदान प्रवेश गरे र १९ मिनेटमा ह्याट्रिक गरे। सर्जियो अग्वेरोको गोलबाट अग्रता लिएको अर्जेन्टिनाले उक्त खेल ५-० ले जित्यो , यससंगै अर्जेन्टिनाले प्रतियोगिताको क्वाटरफाइनलमा स्थान पक्का गर्यो। उनको प्रदर्शनको लागि उनी खेलको म्यान अफ द म्याच भए।
“Did it annoy me that Messi took the record? A little, yes. You go around the world and people say, ‘he’s the top scorer for the Argentina national team.’ But the advantage I have is that I’m second to an extraterrestrial.”– ग्याब्रियल बाटिस्टुटा on the consolation of Messi breaking his record.[
जुन १८ मा, कोपा अमेरिकाको क्वाटरफाइनलमा , मेसीले भेनेजुएलाविरुद्ध अर्को प्रेरणादायी प्रदर्शन गरे,[२१०] उनले दूई असिस्ट प्रदान गरे र अर्को एक गोल गरी ४-१ को विजय सुनिश्चित गरे, यसबाट उनले ग्याब्रियल बाटिस्टुटाको आधिकारिक अन्तराष्ट्रिय खेलमा ५४ गोलको राष्ट्रिय किर्तिमान बराबरी गरे।[यो किर्तिमान तीन दिन पछि भंङ्ग भयो जब मेसीले आयोजक संयुक्त राष्ट्र विरुद्धको ४-० को जितमा फ्रिकिक गोल गरे; त्यस खेलमा उनले दुई असिस्ट पनि गरे, र अर्जेन्टिनाले लगातार दोस्रो वर्ष प्रतियोगिताको फाइनलमा स्थान पक्का गर्यो , र एक पटक फेरी म्यान अफ द म्याच घोषित भए।
फाइनलमा अर्जेन्टिनाको भेट चिली संग भयो र फाइनलको नतिजा गत वर्ष कै पुनरावृति भयो। निर्धारित समय ०-२ मा सकिएपछि भएको पेनाल्टी सुटआउटमा अर्जेन्टिना चिली संग पराजित भयो।यो मेसीको लगातार मुख्य प्रतियोगिताको तेस्रो पराजय थियो र समग्रमा चौथो। उनले पेनाल्टी सुटआउटमा पेनाल्टी मिस गरेका थिएA खेलपछि, मेसीले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरे।[उनले बताए, “मैले मेरो सक्दो गरे। मेरो लागि टोली सकियो, मैले निर्णय गरे। चिलीका प्रशिक्षक जुआन एन्टोनियो पिज्जीले खेलपछि भने, ” म्याराडोनाले अर्जेन्टिनी फुटबलको लागि जे गरेका थिए त्यो हिसाबले मेरो पुस्ताले उनलाई मेरो पुस्ताको म्याराडोनासँग तुलना गर्न सक्दैन। तर मा यो सोच्छु कि आजको सबै भन्दा उत्कृष्ट खेलाडी आज अमेरिकामा खेले।मेसी पाँच गोल सहित एदुआर्दो भार्गासपछि प्रतियोगिताको दोस्रो उच्च गोलकर्ता भए, र चार असिस्ट सहित सबैभन्दा धेरै असिस्ट दिएका थिए, र प्रतियोगितामा सबैभन्दा धेरै (तीन वटा) म्यान अफ द म्याच जितेका थिए ;[२१७] उनलाई उनको प्रदर्शनको लागि टोली अफ द टुर्नामेन्टमा समावेश गरिएको थियो, उनले गोल्डेन बल अवार्डमा सहभागी भएनन् र एलेक्सिस सान्चेसलाई प्रदान गरियो।
“नजाऊ लियो “
उनको घोषणापछि, सन्यास सम्बन्धी उनको मन परिवर्तन गर्न एक अभियान सुरु भयो।अर्जेन्टिनी फुटबल टोली राजधानी ब्युनोस आयर्समा अवतरण गरेपछि उनलाई फ्यानहरूले “लियो नजाऊ” जस्ता नाराले सम्बोधन गरे। अर्जेन्टिनाका राष्ट्रपति मौरिसियो माक्रीले नछोड्नको लागि अनुरोध गरे, उनले भने ,”हामी भाग्यमानी छौ, यो हाम्रो जीवनको एक खुसीको पल हो, हाम्रो जस्तो फुटबलिङ सस्कृति भएको देशमा विश्वकै उत्कृस्ट खेलाडी हुनु यो एक उपहार हो लियोनेल मेसी अर्जेन्टिनामा भएको सबैभन्दा महान मध्ये एक हुन् र हामीले उनको ख्याल गर्नुपर्छ।”बुएनोस आइरेसका मेयर होरासियो रोड्रीग्वेज लारेताले मेसीलाई सन्यासबारे पुनर्विचार गर्न मनाउन राजधानीमा मेसीको सालिक अनावरण गरे।यो अभियान टोल टोल गल्ली गल्लीमा पुग्यो र जुलाई २ मा अर्जेन्टिनी राजधानीको सडकमा ५०,००० समर्थकहरू सोही नारा लिएर सडकमा आए।
फिर्ती
“A lot of things went through my mind on the night of the final and I gave serious thought to quitting, but my love for my country and this shirt is too great.”– २०१६ अगस्ट १२ मा मेसी अन्तर्राष्ट्रिय खेलबाट आफ्नो सन्यासको निर्णय उल्टाउदै
मेसीले आफ्नो अन्तर्राष्ट्रिय सन्यास घोषणा गरेको एक हप्ता पछि, सेप्टेम्बरमा अर्जेन्टिनी पत्रिका ला नाकिओन मा उनले अर्जेन्टिनाको लागि २०१८ फिफा विश्व कप छनोट खेल्ने बारे पुनर्विचार गरिरहेको खबर आयो।१२ अगस्टमा, यो कुरा पुष्टि भयो कि उनले अन्तर्राष्ट्रिय फुटबलबारे आफ्नो सन्यासको निर्णय फिर्ता लिए, र राष्ट्रिय टोलीको आउँदो २०१८ विश्व कप छनोटको टोलीमा उनलाई पनि समावेश गरियो।सेप्टेम्बर १ मा, उनी फिर्ता आएको पहिलो खेलमा, उनले २०१८ विश्व कप छनोटको उरुग्वे सँगको १-० को जितमा भएको खेलमा उनले गोल गरे।

२०१७ मार्च २८ मा, मेसीलाई २०१७ मार्च २३ मा चिलीसँगको खेलमा सहायक रेफ्रीलाई अपमान गरेकोमा चार अन्तर्राष्ट्रिय खेलमा निलम्बन गरियो। उनलाई १०,००० CHF पनि जरिवाना लगाइयो।मे ५ मा, अर्जेन्टिना फुटबल सङ्घको अपिलमा उनको चार खेलको निलम्बन र १०,००० CHF को जरिवाना फिफा द्वारा फुकुवा भयो, यसको मतलब अब उनले अर्जेन्टिनाको बाँकी विश्वकप छनोट खेल खेल्न सक्थे। २०१८ विश्वकपमा अर्जेन्टिनाको स्थान जोखिममा पर्दै थियो। दक्षिण अमेरिकी फुटबल सङ्घबाट पाँच राष्ट्र छनोट हुनेमा अर्जेन्टिना छैटौँ स्थानमा थियो, यसको अर्थ १९७० यता अर्जेन्टिना पहिलो पटक विश्वकपमा छनोट हुन असफल हुन्थ्यो। अक्टोबर १० मा, मेसीले आफ्नो देशलाई विश्वकपमा छनोट गराए। इक्वेडर विरुद्धको खेलमा उनले ह्याट्रिक गर्दै ३-१ को जित सुनिश्चित गराए। २००१ यता अर्जेन्टिना इक्वेडरको राजधानी क्विटोमा पराजित भएको थिएन। मेसीको तीन गोलले उनी दक्षिण अमेरिकी फुटबल छनोटमा २१ गोलका साथ उरुग्वेका लुइस स्वारेज सँगै सर्वाधिक गोलकर्ता भए। यस अधि यो उपलब्धि हेर्नान क्रेस्पोको नाममा थियो। [
२०१८: विश्वकप
२०१९-२०: कोपा अमेरिका तेस्रो स्थान, प्रतिबन्ध र सुपरक्लासिको विजय
२०२१-२०२२: कोपा अमेरिका र विश्वकप विजय
“यो मेरो लागि स्पष्ट थियो कि मैले अन्तिम प्रतियोगितासम्म प्रयास गर्नुपर्छ र मैले केही नजिती राष्ट्रिय टोलीबाट म पछि हट्न सक्दिन।
२०२१ जुन १४ मा, ब्राजिलमा भएको कोपा अमेरिका कपको अर्जेन्टिनाको पहिलो खेलमा मेसीले चिली विरुद्ध फ्रिकिक मा १ गोल गरे। उक्त खेल १-१ को बराबरीमा सकियो।[ २१ जुनमा, मेसीले अर्जेन्टिनाको लागि १४७औँ खेल खेलेर ज्याभियर मास्चेरानोको अर्जेन्टिनाको लागि सर्वाधिक उपस्थितिको रेकर्ड बराबर गरे। पाराग्वे विरुद्धको उक्त खेलमा अर्जेन्टिना १-० ले विजयी भयो।एक हप्ता पछि, उनले बोलिभिया बिरुद्धको खेलमा उनले अर्जेन्टिनी जर्सीमा सर्वाधिक खेलको रेकर्ड कायम गरे। उक्त खेलमा ४-१ ले जित्यो। उनले २ गोल गरे र एक गोल असिस्ट गरे।[३ जुलाई मा, प्रतियोगिताको क्वाटरफाइनलमा इक्वेडर माथिको ३-० को जितमा उनले ३ असिस्ट गरे र एक फ्रिकिक गोल गरे।.६ जुलाईमा, सेमिफाइनलमा कोलम्बिया बिरुद्ध १-१ को बराबरीमा मेसीले एक असिस्ट गरे। पेनाल्टी सुट आउटमा उनले गोल गरे र अर्जेन्टिना ३-२ ले विजयी भयो। उनी आफ्नो अन्तर्राष्ट्रिय करियरको पाँचौ फाइनलमा पुगे। जुलाई १० मा, अर्जेन्टिनाले आयोजक ब्राजिललाई फाइनलमा १-० ले पराजित गरेर मेसीले आफ्नो पहिलो र अर्जेन्टिनाले १९९३ यता पहिलो प्रमुख अन्तर्राष्ट्रिय उपाधी जित्यो। यसको साथै उनको देशले १५औँ उपाधिको उरुग्वेसँग कीर्तिमान बराबर गर्यो।अर्जेन्टिनाले गरेको १२ गोलमा ९ गोल (४ गोल र ५ असिस्ट) मा उनको सहभागिता थियो। उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले यो सम्मान नेयमार सँगै साझा गरे। उनी कोलम्बियाका लुइस डियाज सँगै ४ गोल सहित सर्वाधिक गोलकर्ता बने। उनको असिस्ट धेरै भएकाले मेसीलाई गोल्डेन बुट अवार्ड दिइयो।

२०२२ विश्वकप छनोट अन्तर्गत, सेप्टेम्बर ९ मा, मेसीले बोलिभिया बिरुद्धको ३-० को विजयमा उनले ह्याट्रिक गरे सर्वाधिक गोल गर्ने दक्षिण अमेरिकी खेलाडीमा ७९ गोल गरेका पेलेलाई उछिने। २ जुन २०२२ मा इंल्यान्डको वेम्बेलीमा भएको २०२२ फिनालेसिम्मा, युएफा युरो कप- कोपा अमेरिका कप च्याम्पियनको तेस्रो संस्करण, मा इटाली बिरुद्धको ३-० को विजयमा मेसीले २ असिस्ट गरे र म्यान अफ द म्याच भए, र उनले सिनियर टोलीमा अर्जेन्टिनाको लागि दोस्रो उपाधी जिते। ६ जुन मा भएको इस्टोनिया बिरुद्धको मैत्रीपूर्ण खेलको ५-० को जितमा मेसीले २ गोल गरे र अन्तर्राष्ट्रिय फुटबलको पुरुष तर्फको सर्वाधिक गोलकर्तामा फेरेन्क पुस्कासलाई उछिने।[२४३]
कतारमा भएको २०२२ फिफा विश्वकपमा, अर्जेन्टिनाको पहिलो खेलमा साउदी विरुद्ध उनले पेनाल्टीमा गोल गरे। त्तो ख्लेमा साउदी अरब २-१ ले विजयी भयो। मेक्सिको बिरुद्धको २-० ले विजयी भएको अर्को खेलमा उनले २० यार्ड परबाट होचो प्रहार गरेर गोल गरे र इन्जो फर्नान्डेजलाई गोलको लागि असिस्ट गरे।अन्तिम १६ को अष्ट्रेलिया विरुद्धको २-१ को जितमा मेसीले सुरुवाती गोल गरे। यो उनको सिनियर करिअरमा १०००औँ उपस्थिति थियो ,र उनी सबैभन्दा धेरै खेल खेल्ने दक्षिण अमेरिकी पुरुष खेलाडी भए, जुन रेकर्ड यसभन्दा अघि इक्वेडरका इभान हर्टाडो (Iván Hurtado) को नाममा थियो।[ नेदरल्यान्डस विरुद्धको क्वाटरफाइनलको खेलमा, मेसीले अर्जेन्टिनाको पहिलो गोलमा नहुएल मोलिनालाई असिस्ट गरे र पेनाल्टीमा गोल गरे। खेल २-२ को बराबरीमा सकियो। पेनाल्टी सुट-आउटमा अर्जेन्टिनाको पहिलो पेनाल्टी प्रहारमा मेसीले गोल गरे। अर्जेन्टिना ४-३ ले विजयी भयो।[क्रोयसिया विरुद्धको सेमिफाइनलमा, जर्मनीका लोथार म्याथ्युजको नाममा रहेको विश्वकपमा सर्वाधिक २५ उपस्थितिसँग बराबरी गरे। अर्जेन्टिना ३-० ले विजयी भएक खेलमा, उनले पेनाल्टीमा पहिलो गोल गरे र तेस्रो गोलमा जुलियन अल्भारेजलाई असिस्ट गरे; मेसीले गरेको गोल विश्वकपमा उनको ११औँ गोल थियो र उनले विश्वकपमा सर्वाधिक गोलकर्तामा बाटिस्टुटालाई उछिने।अर्जेन्टिना फाइनलमा पुग्यो जहाँ उनको भेट फ्रान्स सँग हुँदै थियो। मेसीले यो उनको अन्तिम विश्वकप उपस्थिति उनले बताएका थिए।[
१८ डिसेम्बरमा २०२२ फिफा विश्वकप फाइनलमा, लुसेल रङ्गशालामा मेसीले आफ्नो २६औँ विश्वकप उपस्थितिको कीर्तिमान बनाए। मेसीले पेनाल्टीमा अर्जेन्टिनाको पहिलो गोल गरे, र एउटै विश्वकप संस्करणमा समूहचरण, अन्तोम १६, क्वाटरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्ने पहिलो खेलाडी बने।[अर्जेन्टिनाको दुई गोलको अग्रता फ्रेन्च फरवार्ड केलियन एम्बाप्पे, जसले २ मिनेट भित्र २ गोल गरे, ले मेटाए। अतिरिक्त समयमा मेसीले गोल गरेर फेरि अर्जेन्टिनाको अग्रता बनाए। पुनः एम्बाप्पेले गोल गरि फ्रान्सलैइ बराबरीमा ल्याए। अतिरिक्त समयमा खेल ३-३ को बराबरीमा सकियो र खेल पेनाल्टी सुट-आउटमा पुग्यो। सुट-आउटमा अर्जेन्टिनाको पहिलो प्रहारमा मेसीले गोल गरे, आखिरीमा अर्जेन्टिनाले खेल ४-२ ले जित्यो र राष्ट्रको ३६ वर्ष लामो विश्वकप ट्रफीको प्रतीक्षा सकियो। मेसीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भएर गोल्डेन बल जिते, उनी गोल्डेन बल दुईपटक जित्ने पहिले खेलाडी बने। गोल्डेन बुटको दौडमा उनी सात गोल सहित दोस्रो भए, एम्बाप्पेले ८ गोल सहित गोल्डेन बुट जिते।[ फाइनलमा उनको उपस्थिती र दुई गोल संगै, मेसीले विश्वकपमा सर्वाधिक उपस्थितिमा लओथार म्याथ्युजलाई उछिने (मेसीको २६ उपस्थिति) र गोल योगदानमा पेलेलाई उछिने (२१-१३ गोल र ८ असिस्ट)।[ यो फाइनल खेल अहिलेसम्मको उत्कृष्ट खेलको रुपमा प्रसंशित भयो र यो खेललाई मिडियाले भारी रुपमा मेसी र एम्बाप्पेको प्रतिद्वन्दको रुपमा प्रस्तुत गरेका थिए।[यो खेलपछि, मेसीले “म च्याम्पियनको रुपमा अझै खेल्न चाहन्छु” बताउँदै राष्ट्रिय टोलीबाट संन्यास लिनेबारे कुनै योजना नभएको स्पष्ट बनाए।[







