प्रवास Tuesday, 18 Jul, 2023
Prestige Media

तीन सातादेखि सार्वजनिक रूपमा देखिएका छैनन् चीनका विदेश मन्त्री

चिनियाँ विदेश मन्त्री छिन काङ तीन सातादेखि सार्वजनिक कार्यक्रमहरूमा देखिएका छैनन्।द न्युयोर्क टाइम्सका अनुसार कोरोना महामारीको प्रभाव कम भएको र चीनले बेइजिङ र संसारभरि कूटनीतिक गतिविधि बढाइरहेका बेला विदेश मन्त्री काङ लामो समयसम्म सार्वजनिक रूपमा नदेखिएपछि उनको अवस्थाबारे विभिन्न अडकलबाजी हुन थालेका छन्।

गत जुन २५ मा रूसी उपविदेश मन्त्री आन्द्रे रूदेन्कोसँग बेइजिङमा भेटवार्ता गरेपछि काङ सार्वजनिक रूपमा देखिएका छैनन्।जुलाई पहिलो साता काङले युरोपियन युनियनका विदेश नीति प्रमुख जोसेफ बोरेलसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको थियो। तर अन्तिम समयमा बेइजिङले उक्त भेटघाट निर्धारित समयमा सम्भव नभएको सन्देश पठायो। बोरेलको बेइजिङ भ्रमण रद्द भयो।

गत साता इन्डोनेसियाको जकार्तामा भएको दक्षिण-पूर्वी एसियाली मुलुकहरूको संगठन आसियानका विदेश मन्त्रीहरूको बैठकमा पनि काङ सहभागी भएनन्। उनको साटो उक्त बैठकमा चीनका अर्का कूटनीतिज्ञ वाङ यीलाई पठाइएको थियो। वाङ यी गत डिसेम्बरसम्म चीनका विदेश मन्त्री थिए।

गत मंगलबार भएको चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा एक जना प्रवक्ताले  स्वास्थ्यका कारण काङ इन्डोनेसिया जान नसकेको बताएका थिए।हिजो (सोमबार) यही विषयमा जिज्ञासा राख्दा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले ‘यसबारे तपाईंलाई दिन मसँग कुनै सूचना छैन’ भनेकी थिइन्। उनले चिनियाँ विदेश मन्त्रालयका गतिविधि पनि सामान्य रूपले चलिरहेको बताइन्।

विदेश मन्त्री काङ लामो समयसम्म सार्वजनिक रूपमा नदेखिएपछि स्वास्थ्यबाहेक अरू कारणबारे पनि चर्चा हुन थालेको छ। चीनबाहिर रहेका विश्लषेकहरूले एक जना टेलिभिजन प्रस्तोतासँग काङको सम्बन्ध पनि यो घटनाको कारण हुन सक्ने बताएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।चिनियाँ कम्युनिष्ट पार्टीले आफ्ना नेताहरू लामो समयसम्म सार्वजनिक रूपमा नदेखिँदा पनि त्यसबारे यथार्थ विवरणहरू सार्वजनिक गर्ने गरेको छैन।

को हुन् काङ?

सन् १९६६ मा जन्मिएका काङले १९८८ मा सर्भिस ब्युरो फर डिप्लोम्याटिक मिसनमा काम सुरू गरेका थिए। सन् १९९२ देखि १९९५ सम्म उनले विदेश मन्त्रालयको पश्चिम युरोप मामिलासम्बन्धी विभागमा काम गरेका थिए।

बेलायतको राजदूत हुनुअघि उनले त्यही दूतावासमा काम गरेका थिए। दुई पटक चिनियाँ विदेश मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हाल्दा उनी निकै कडा रूपमा चीनको आन्तरिक र बाह्य नीतिको रक्षा गर्थे। चीनको ‘वुल्फ वारियर’ कूटनीतिज्ञमध्ये एक जना उनी पनि हुन्।

२०१७ मा उनी चिनियाँ विदेश मन्त्रालयको प्रोटोकल विभागका महानिर्देशक भएका थिए भने २०१८ देखि २०२१ मा उनले उपविदेश मन्त्रीको जिम्मेवारी पाएका थिए।राष्ट्रपति सीका विदेश भम्रणको सबै चाँजोपाँजो मिलाउनमा उनको प्रमुख भूमिका हुन्थ्यो। यो बीचमा उनी सीका विश्वासपात्र बनेका थिए।

कोरोना महामारी र व्यापार युद्धले अमेरिकासँगको सम्बन्ध नाजुक बनेका बेला सीले काङलाई राजदूत बनाएर अमेरिका पठाएका थिए। १७ महिना अमेरिकामा राजदूत हुँदा उनले दुई देशको सम्बन्धबारे आफ्नो स्वभावअनुसार तीखो टिप्पणी गरेनन् बरू दुई देशको सम्बन्ध बलियो बनाएर अघि बढाउन साझा धरातल रहेको बताएका थिए।

अमेरिकामा रहँदा उनले सिन्जियाङ, हङकङ र ताइवान मुद्दामा आफ्नो कुरा खरो रूपमा राख्थे।सीसँगको निकटताका कारण काङ निकै छिटो समयमै विदेश मन्त्रालयको जिम्मेवारीमा आइपुगेको बताइन्छ। गत अक्टोबरको राष्ट्रिय सम्मेलनले काङलाई चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य बनाएको थियो।सामाजिक सञ्जालका सक्रिय प्रयोगकर्ता काङले ट्विटरका नयाँ मालिक एलन मस्कसँग गाडीमै कुराकानी गरेको तस्बिर पनि सार्वजनिक गरेका थिए।एजेन्सी

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आजको विदेशी मुद्रा विनिमयदर

किर्गिजस्तानका पूर्व राष्ट्रपतिलाई ११ वर्ष जेल

भोलि १ बजे सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थागित

म्यानपावर व्यवसायीसँग ‘फ्री भिसा फ्री टिकट’मा कामदार पठाएको विवरण माग

राष्ट्रपति पौडेल स्वदेश फर्किए

पहिरो पन्छाएपछि खुल्यो पृथ्वी राजमार्ग

९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स

चीनद्वारा नेपाली नागरिकलाई भिसा निःशुल्क

अध्यागमनबाट निषेधित क्षेत्रमा जानेलाई अनलाइन रुट परमिट’ जारी

वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’ अझै केही दिन नचल्ने

नेपाल भारतको पर्यटन मेलामा सहभागी

विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न चाहन्छन्ः अर्थमन्त्री महत

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL