किर्गिजस्तानका पूर्व राष्ट्रपतिलाई ११ वर्ष जेल
किर्गिजस्तानको एक अदालतले देशमा भ्रष्टाचार र व्यापक अशान्तिमा संलग्नता भएको अभियोगमा एक निर्वासित पूर्व राष्ट्रपतिलाई ११ वर्षभन्दा बढी जेल सजाय सुनाएको छ ।
सन् २०११ देखि २०१७ सम्म राष्ट्रपति रहेका अल्माज्बेक अताम्बायेभले निर्वाचित राष्ट्रपतिलाई गणतन्त्र किर्गिजस्तानको शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्नुभएको थियो ।
अताम्बायेभलाई पहिलो पटक अगस्ट २०१९ मा उहाँको निवासमा छापा मारी पक्राउ गरिएको थियो, त्यसपछि सन् २०२० को आन्दोलनबीच अस्थायी रूपमा मुक्त गरिएको थियो भने पछि उहाँलाई पुनः पक्राउ गरिएको थियो ।
सन् २०२३ मा स्वास्थ्यको कारण देखाउँदै उहाँ जेलबाट छुट्नु भएको थियो । उहाँ उपचारका लागि स्पेन जानु भएको थियो भने त्यसयता उहाँ स्वदेश फर्किनुभएको छैन ।
एक नयाँ मुद्दामा अदालतले उहाँलाई अवैध रूपमा भूमि अधिग्रहण गरेको र सन् २०१९ अगस्तमा व्यापक अशान्तिमा भाग लिएको अभियोगमा दोषी ठहर गरेको छ ।
अदालतले उहाँको अनुपस्थितिमा साढे ११ वर्षको जेल सजाय सुनाएको छ ।







