Breaking News Monday, 2 Jan, 2017
Prestige Media

एमाले–माओवादी सहमति : मंसिरभित्र तीनवटै चुनाव

काठमाडौं – सत्ता घटक माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमाले नेताबीच मंसिरभित्र तीनवटै निर्वाचन गरिसक्ने सहमति भएको छ ।

नयाँ बानेश्वरको एक निजी घरमा दुवै दलका दोस्रो तहका नेताबीच आइतबार राति ९ बजेसम्म बसेको बैठकले उक्त सहमति गरेको हो ।संविधान संशोधन प्रस्तावको विषयलाई लिएर अवरुद्ध संसद खुलाउन र विधेयक अघि बढाउने उपाय खोजी गर्न पर्याप्त लचकता अपनाउनेबारे शीर्ष नेतृत्वसँग एकपल्ट फेरि कुरा गर्ने उनीहरुले निर्णय गरेका छन् ।

सोमबार बिहान १० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच बालुवाटारमा फेरि बैठक बस्ने समेत सोही छलफल क्रममा टुंगो लागेको छ ।‘संसद अवरोध कसरी खुलाउन सकिन्छ भन्नेबारे घनीभूत कुराकानी भयो, तत्कालै कुनै टुंगोमा नपुगे पनि अब संविधान कार्यान्वयनका लागि अर्को वर्ष माघ अगाडि नै चुनाव गर्नेमा दुई दलबीच अलमल छैन,’ माओवादी नेता नारायणकाजी श्रेष्ठले भने, ‘समयको चापलाई व्यवस्थापन गर्न मंसिरभित्र तीनवटै निर्वाचन गरिसक्ने सहमति भएको छ ।’

सहभागी अर्का नेताले निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथिको महाभियोग प्रस्ताव, पछिल्लो अवधि बढ्दै गएको ‘दक्षिणपन्थी चलखेल’ लगायत विषयमा लामै कुराकानी भएको सुनाए ।एमाले सचिव प्रदीप ज्ञवालीले माओवादी पक्षसँग सकारात्मक कोणबाट छलफल भएको भन्दै निर्वाचनमा जाने समझदारी भएको पुष्टि गरे । तत्कालै संसद खोल्नेबारे भने शीर्ष तहमै कुराकानी आवश्यक रहेको उनको भनाई थियो ।‘हामीले यो बीचमा कहाँनेर कमजोरी भयो भनेर समीक्षा गर्‍यौं, संविधान संशोधन प्रस्तावमा रहेका समस्याबारे पनि खुलेरै कुराकानी भयो,’ उनले भने, ‘तर निर्वाचनमा जानेबारे कुनै अलमल छैन ।’

आइतबार बिहान माइतीघरस्थित माओवादीका एक शुभेच्छुकको घरमा प्रधानमन्त्री दाहाल र नेता श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीसँग दुई घण्टा लामो कुराकानी गरेका थिए । उक्त भेटमा गत्यावरोध खुलाउन सकिने सम्भावनाको बारेमा थुप्रै कोणबाट कुराकानी भएको उच्च स्रोतले खुलायो ।‘संशोधन विधेयक र निर्वाचन विधेयकजस्ता विषय अब कसरी हल गर्ने भन्नेमा दुई शीर्ष नेताले जमेरै छलफल गर्नुभयो,’ ती नेताले भने, ‘कुनै सकारात्मक नतीजा निस्कन सक्छ । भोलि बिहानसम्म कुरौं ।’

आइतबार रातिको गोप्य बैठकमा ओलीनिकट मानिने एमाले नेताहरु विष्णु पौडेल, ज्ञवाली र शंकर पोखरेल सहभागी थिए । माओवादी केन्द्रबाट श्रेष्ठसहित शक्ति बस्नेत र गिरिराजमणि पोखरेल सहभागी थिए ।माओवादीबाट श्रेष्ठ र एमालेबाट ज्ञवालीले दुईपक्षीय वार्तालाई पछिल्ला दुई सातायता तीव्रता दिएका हुन् । सोमबार संसदमा संविधान संशोधन विधेयक पेश हुने चर्चा चल्दै गर्दा दुई विपरीत ध्रुवमा उभिएका सत्ता प्रतिपक्षीको एकै दिन दुईपल्ट भएका गोप्य छलफलहरुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । खबर आजको कान्तिपुरमा समाचार छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

विवादपछि गृहमन्त्रीले भने- चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन रोक्नू

गोदावरी-६ मा बाघको आक्रमण, स्थानीय त्रसित

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL