Breaking News
Sunday, 12 Mar, 2023
चर्को ब्याजदरविरुद्ध प्रदर्शनमा उत्रिए उद्योगी-व्यवसायी
उद्योगी तथा व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध आन्दोलन गरेका छन् ।
आइतबार माइतीघर मण्डलामा भेला भएर विभिन्न व्यवासायी तथा उद्यागीहरुले आन्दोलन गरेका हुन् । देशभरका ९ वटा महासंघ र ५९ वटा वस्तुगत र जिल्लानगर संघले संयुक्तरुपमा आजदेखि आन्दोलनको घोषणा गरेका हुन् ।
उनीहरूले बैंक ब्याजदर चर्को भएको, चर्को ब्याजदरका कारणले व्यवसाय गर्न नसकेको लगायतका नारा लगाएका थिए ।







