Breaking News Sunday, 25 Dec, 2016
Prestige Media

संविधान संशोधन थाँती राख्न कांग्रेसभित्र दवाव

काठमाडौं–प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसभित्र संविधान संशोधन प्रस्ताव थाँती राखेर निर्वाचनको मिति तोक्नु पर्ने माग उठेको छ। प्रमुख प्रतिपक्ष एमालेले संशोधन प्रस्ताव थाँती राखेर निर्वाचन सम्बन्धी कानुन संसदमा पेश गर्न माग गरिरहेका बेला एमालेलाई नै बल पुग्नेगरी कांग्रेसले निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिन पदाधिकारीले नेतृत्वलाई सुझाव दिएका छन्।

आइतबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदबारमा बसेको कांग्रेस पदाधिकारीको बैठकले तत्काललाई संविधान संशोधन प्रस्ताव थाँती राखेर निर्वाचनको मिति घोषणा गर्न अधिकांश पदाधिकारीले सुझाव दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए दिए।

बैठकमा नेताहरुले संविधान संशोधनका नाममा मुलुकमा निर्वाचन नहुने स्थिति पैदा हुन लागेको भन्दै संविधान कार्यान्वयनमा लाग्नुपर्नेमा नेताहरुले जोड दिएका थिए। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार अधिकाशं पदाधिकारीले तत्काल स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेका थिए। बैठकले औपचारिक निर्णय भने गरेको छैन।

औपचारिक निर्णयकालागि सोमबार पुन बैठक बस्ने नेता पौडेलले जानकारी दिए। बैठकमा सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल,  सितादेवी यादवलगायतका नेताको उपस्थिति थियो। प्रतिपक्ष एमालेसहित प्रतिपक्ष दलको निरन्तर अबरोधकाकारण संसद बैठक सुचारु हुन सकेको छैन। एमालेले संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने अडान राख्दै आएको छ।साभार नागरिक न्युज

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL