Breaking News Wednesday, 21 Dec, 2016
Prestige Media

प्राविधिकको राजीनामा आएको छैनः सहरी विकास मन्त्रालय

काठमाडौँ – पुनःनिर्माणमा खटिएका इन्जिनियर, ओभरसियर र सव ओभरसियरको राजीनामा नआएको सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

इकाइ प्रमुख एवम् मन्त्रालयका प्रवक्ता शिवहरि शर्माले प्राविधिकलाई व्यक्तिगत रुपमा करार सम्झौता गरी पुनःनिर्माणको काममा खटाइएकाले सामूहिक राजीनामा दिँदैमा राजीनामा दिएको भन्न नमिल्ने बताउनुभयो । “यसअघि २५० जना प्राविधिकले व्यक्तिगत रुपमा राजीनामा दिई कामबाट अलग भएपछि अरुलाई सम्झौता गरी राखिएको छ, मन्त्रालयले सामूहिक रुपमा सम्झौता नगरेकाले सामूहिक राजीनामाको अर्थ हुँदैन, मन नहुनेले छोडेर गए हुन्छ”– उहाँले भन्नुभयो ।

मन नहुनेले छोडेर गए नयाँ जनशक्ति ल्याएर पुनःनिर्माणको काम गरिने इकाइ प्रमुख शर्माको भनाइ छ । भूकम्प प्रभावित क्षेत्रमा भूकम्पबाट क्षतिग्रस्त घरको पुनःनिर्माणमा प्राविधिक सहयोग उपलब्ध गराउन खटिएका इन्जिनियरले सामूहिक राजीनामा दिएको भन्ने विभिन्न सञ्चारमाध्यमबाट आएका समाचारप्रति राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको ध्यानाकर्षण भएको प्राधिकरणका सहप्रवक्ता डा भीष्मकुमार भुसालले आज जारी विज्ञप्तिमा यस्तो उल्लेख गरिएको छ ।

विसं २०७३ कात्तिक १० गते बसेको प्राधिकरण निर्देशक समितिको बैठकबाट “पुनःनिर्माण कार्यमा विभिन्न गाविस एवम् नगरपालिकामा खटिएका जनशक्तिलाई नतिजाप्रति उत्साहित बनाउन निजको कार्यसम्पादन नतिजा समेतका आधारमा बढीमा ७५ प्रतिशतसम्मको कार्यसम्पादन प्रोत्साहन भत्ता उपलब्ध गराउने र सोसम्बन्धी मापदण्ड प्राधिकरणले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवम् अर्थ मन्त्रालयसँगको समन्वयमा निर्धारण गर्ने व्यवस्था मिलाउने निर्णय”– भइसकेको विज्ञप्तिमा जनाइएको छ ।

उक्त निर्णयको कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्राधिकरण र अर्थ मन्त्रालयबीच छलफल भई आवश्यक कार्यसम्पादन मापदण्ड तयारीसहित प्रक्रिया अघि बढेको छ । यस विषयमा आजै नेपाल इन्जिनियर्स एसोसियसनसँग समेत छलफल भएको छ ।

भूकम्पपीडित जनताले सरकारले उपलब्ध गराउने पहिलो किस्ता रकम प्राप्त गरी निजी घर पुनःनिर्माण गर्नेक्रम द्रुतगतिमा अघि बढिरहेको र सुविधासम्बन्धी निर्णय कार्यान्वयन प्रक्रियामा गइसकेको स्थितिमा सुविधाको माग राखी आन्दोलन गर्नु कुनै पनि कोणबाट जायज नहुने सहप्रवक्ता भुसालले बताउनुभयो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL