Breaking News
Wednesday, 28 Sep, 2016
दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पंगेनी निर्वाचित
आश्विन १२, २०७३- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा बद्री पंगेनी निर्वाचित भएका छन् ।
मंगलबार राति काठमाडौंमा सम्पन्न प्रतिष्ठानको छैठौं महाधिवेशनमा प्रत्यासी विष्णु खत्रीलाई पराजित गर्दै पंगेनी अध्यक्षमा विजयी भएका हुन् ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा रमेश बिजी, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्वितीय उपाध्यक्षमा रामजी खाण, महिला उपाध्यक्षमा रीता थापा र महासचिवमा सुवास केसी विजयी भए । उपमहासचिवमा चेलेन्द्र पौडेल, चार सचिवमा शंकर बिसी, खुमन अधिकारी, कृष्ण रेउले र महिला तर्फबाट राधिका हमाल निर्वाचित भएकी छन् ।
कोषाध्यक्षमा दीपक खड्का, सहकोषाध्यक्षमा टीका पुन निर्वाचित भइन् । महाधिवेशनबाट प्रदेश संयोजक र सदस्यहरु निर्वाचित भएका छन् । कान्तिपुर दैनिक्मा खबर छ ।







