किन वास्तुशास्त्र वैज्ञानिक दृष्टिकोणमा समेत प्रभावकारी मानिन्छ ।
हामीले कार, हवाइजहाज आदि वस्तुहरु अगाडीको भाग केही होचो र पछाडिको भाग केही उठेको बनाइएको देख्छौँ तर किन भनेर कमैमात्र सोच्छौँ ।
ज्योतिष .पं. सुरेश चन्द्र रिजाल
मोबाइल नं. ९८५१०६११२४।
आजको विश्व भौतिक विकासको चरमविन्दूमा आइसकोको छ र विकासको मेरुदण्ड भनेको निर्माण पनि हो । कुनै पनि निर्माणको ब्रम्हाण्डमा संचार भईरहेको उर्जा अर्थात् कस्मिक इनर्जीसँग विषेश सम्बन्ध हुन्छ र वास्तुशास्त्रमा पनि कस्मिक इनर्जीको महत्व उत्तिकै रहेको छ । वास्तुशास्त्रले कुनै पनि भवन निर्माणको लागि जमीनको सही छनौट, निर्माण कार्य, भित्री सजावट आदि काममा दिशा, पञ्चतत्व पृथ्वि, जल, वायु, अग्निी र आकाश, विद्युतीय तरङ्ग, गुरुत्वाकर्षण, कस्मिक इनर्जी तथा दिशाको डिग्री या अंशको सुनियोजित तवरले प्रयोग गरी निर्माणको आधार तय गर्दछ । वास्तुशास्त्र ज्योतिषको एक अविच्छिन्न हिस्सा हो र यो भवन निर्माणसँग सम्बन्धित छ अर्थात अर्को शब्दमा भन्दा ब्रम्हाण्डमा नित्य उपस्थित रहने कस्मिक इनर्जी तथा पञ्च तत्वको समायोजन वास्तुकलामा जुन विद्याद्वारा गरीन्छ त्यसलाई वास्तुशास्त्र भनिन्छ ।
धेरैजसो वास्तुकलाका विज्ञ तथा शौखिनहरु दिशाको अन्दाज सूर्योदय र सुर्यास्तको आधारमा, कम्पास विना नै गर्ने गर्छन् तर कम्पास यन्त्रविना वास्तु कार्य गर्नु उचित हुँदैन । दिशाको सूक्ष्म अंशको नजरअन्दाज गर्न सकिँदैन तसर्थ जरुरी पुनः निर्माण या निर्माण कार्य दक्ष वास्तुशास्त्रीको रेखदेखमा गर्नु नै उचित हुन्छ । आमधारणा के छ भने दक्षिण र पश्चिम दिशा अशुभ प्रभाव राख्छन र यसको असर राम्रो हुन्न तर सत्यता अर्कै छ । हरेक दिशामा खास अंश हुन्छन र तिनिहरु राम्रो प्रभाव राख्छन् । जस्तै १३५ देखि १८० अंश दक्षिण दिशामा, २७० देखि ३१० अंश पश्चिममा राम्रो प्रभाव भएका दक्षिणी र पश्चिमी कोणहरु हुन । अतः कुनैपनि दिशाप्रति पूर्वाग्रह नराखी उनको शुभअंशाबाट संभावित लाभ उठाउन जरुरी हुन्छ । वास्तुशास्त्रलाई बुझ्न हामीलाई ज्योतिषशास्त्रको थोरै ज्ञान हुनु आवश्यक छ ।
जमिनको सतहको ढलान यसरी होस की पानीको बहाव दक्षिणबाट उत्तर या पश्चिमबाट पूर्वतर्फ हुनु आवश्यक हुन्छ । बाउण्ड्री वाल पनि विल्कुल यसैगरी उत्तर र पूर्वमा होचो र अन्य दिशाकोभन्दा केही पातलो हुनुपर्दछ ।उत्तर दिशा जल संम्बन्धि सम्बन्ध राख्दछ । त्यसैले उत्तरपूर्वमा जल सम्बन्धी प्रावधान राखिएको छ । यसको वैज्ञानिक कारण सूर्यको चमत्कारी किरणको भरपूर फाइदा लिनसक्नु हो । एक वैदिक ऋचामा भनिएको छ – हे सूर्य देवता आफ्नो चमत्कारी किरणद्वारा हाम्रो हृदय र फोक्सोभित्रका किटाणुहरुलाई नष्ट गरिदिनुहोस् । उत्तरपूर्व दिशामा ठूल झ्यालढोका र खुल्ला ठाउँ राखिनुपर्ने कुरालाई यसकारण महत्व दिएको हो कि कस्मिक इनर्जीका साथ परावैजनीक किरणहरु सन्तुलित मात्रामा आवतजावत हुन सकुन । यो वास्तवमा प्रातः समय पूर्वबाट आउने सूर्यको किरणको महत्व र शास्त्रको ब्रम्हमूहुर्तको उपयोगिताको आधारबाट निक्र्यौल गरिएको बताइन्छ । जमिनमूनी पनिको ट्याङ्की, स्विमिङ पुल, कुवा, इनार, बोरिङ आदिको व्यवस्था उपरोक्त दिशामा हुनुपर्ने कारण हाइजीन हो ।








