२०८१ मा ३४ दिन सार्वजनिक बिदा
काठमाडौं– आउँदो वर्ष २०८१ मा ३५ दिन सार्वजनिक बिदा हुने भएको छ। गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको बिदा सूचीअनुसार २०८१ वैशाख १ देखि चैत मसान्तसम्म २७ दिन पर्व बिदा र ७ दिन दिवसको बिदा गरी ३४ दिन सार्वजनिक बिदा परेको हो।
राजपत्रमा प्रकाशित सूचनाअनुसार महिला कर्मचारीका लागि हरितालिका तिज पर्व बिदा दिइएको छ। यस्तै, जितिया मनाउने महिला कर्मचारीले जितिया पर्वको बिदा पाउँछन्।
शिक्षण संस्थामा वसन्त पञ्चमीमा थप बिदा हुनेछ।
काठमाडौं उपत्यकामा विभिन्न जात्राका लागि थप चार दिन, गौरा पर्व मनाउने क्षेत्रमा एक दिन, सिरुवा पावनी पर्व मनाउने ठाउँमा एक दिन सार्वजनिक बिदा छ।
आउँदो वर्ष वर्षभरका शनिबार बिदा ५३ दिन परेका छन्।
राजपत्रमा प्रकाशित बिदा सरकारी तथा गैरसरकारी क्षेत्रका लागि लागू हुनेछ।
जनयुद्ध दिवसको बिदा सर्वोच्च अदालतको आदेशसँगै बदर भएको छ। अर्को वर्षका लागि सहिद दिवस र पृथ्वी जयन्तीको बिदा थप भएको छ।