Breaking News Tuesday, 23 Jun, 2026
Prestige Media

सम्बन्ध विच्छेद गर्न अब एक वर्ष कुर्नु नपर्ने

 सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड’ हटाउने प्रावधान राख्न प्रस्ताव गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको मुलुकी देवानी संहिता, २०७४ लाई संशोधन गर्न बनेको विधेयकमा सम्बन्ध विच्छेद गर्न एक वर्ष कुर्नु नपर्ने प्रस्ताव गरिएको छ ।

प्रचलित मुलुकी देवानी संहिताको दफा ९७ मा पति वा पत्नीले सम्बन्ध विच्छेदको निवेदन दिएपछि अदालतले मेलमिलाप गराउने प्रयास गर्नुपर्ने व्यवस्था छ । मेलमिलाप हुन नसके एक वर्षपछि सम्बन्ध विच्छेद गराउन सक्ने कानुनी प्रावधान छ ।

देवानी संहिताको दफा ९८ मा भनिएको छ, ‘दफा ९७ बमोजिम सम्झाउँदा बुझाउँदा पनि पति पत्नी बीच मेलमिलाप गराउन नसकेमा र विवाह कायम राख्नुभन्दा सम्बन्ध विच्छेद हुन उपयुक्त देखेमा अदालतले निजहरूको सम्बन्ध विच्छेद गरिदिनु पर्नेछ ।’

‘तर दफा ९७ बमोजिम पति र पत्नी बीच मेलमिलाप गराउन अदालतले सम्झाउँदा बुझाउँदा पनि पति र पत्नीले मञ्जुर नगरेमा निवेदन परेको एक वर्षपछि अदालतले सम्बन्ध विच्छेद गराई दिन पर्नेछ,’ दफा ९८ को प्रतिबन्धात्मक वाक्यांशमा भनिएको छ ।

विधेयकमा सम्बन्ध विच्छेदका लागि एक वर्ष कुर्न पर्ने प्रतिबन्धात्मक वाक्यांश हटाउन खोजिएको छ । विधेयकको दफा ६ मा भनिएको छ, ‘मुल संहिताको दफा ९८ मा रहेको प्रतिबन्धात्मक वाक्यांश झिकिएको छ ।’

यो विधेयक संसद्बाट पारित हुने हो भने पति वा पत्नी दुवै सहमत हुँदा र मेलमिलाप सम्भव नभएको न्यायाधीशले देख्दा एक वर्ष नकुरेर सम्बन्ध विच्छेद गरिदिन सक्दछन् ।

विधेयकमा सम्बन्ध विच्छेदका लागि पति र पत्नी दुवैले निवेदन दिन सक्ने प्रावधान पनि प्रस्तावित विधेयकमा राखिएको छ ।  ऐनको दफा ९६ मा सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नीले अदालतमा निवेदन दिनुपर्ने प्रावधान छ । यसलाई संशोधन गरेर ‘सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नी वा दुवैले अदालतमा निवेदन दिन सक्ने व्यवस्था’ प्रस्ताव गरेको हो ।

सम्बन्ध विच्छेदको निवेदन अदालतमा पुगेपछि मेलमिलापका लागि एक वर्षे कुलिङ पिरियडको प्रावधान मुलुकी देवानी संहिता लागु भएपछि बाध्यकारी भएको हो ।

१ भदौ २०७५ देखि कार्यान्वयनमा आएको देवानी संहिता निर्माणमा संलग्न वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीका अनुसार २०७४ साल अगाडि सम्बन्ध विच्छेदका हकमा महिलाले चाहँदा जुनसुकै बेला अदालतमा निवेदन लिएर जान सक्ने व्यवस्था थियो । तर, पुरुषको हकमा अदालत जानु अगाडि स्थानीय निकायमा निवेदन दिनुपर्ने र मेलमिलापका लागि एक वर्ष पर्खिनुपर्ने व्यवस्था थियो ।

२०७४ सालमा संशोधन भएको मुलुकी ऐनमा महिला र पुरुष दुवैका हकमा समान नियम लागू हुने प्रावधान राखियो ।

विवाहलाई दुई व्यक्तिको निजी सम्बन्ध (करार) मान्ने कि सामाजिक संस्था र परिवारको आधार मान्ने भन्ने बहस छ । कसैले तत्काल आवेग, रिस, अस्थायी विवादका कारण सम्बन्ध विच्छेदको निवेदन दिएको रहेछ भने मेलमिलापमार्फत मिलुन् भन्ने उदेश्य यसभित्र अन्तरनीहित छ ।

विवाहलाई दुई व्यक्तिको करार मान्ने अवधारणा वा अभ्यास भने पश्चिमा मुलुकमा छ । यसलाई दुवै व्यक्तिको स्वतन्त्रतासँग जोडेर हेर्ने गरिन्छ । यस कोणबाट सम्बन्ध विच्छेद गर्न चाहँदा तुरुन्तै दिनुपर्छ भन्ने मत विगतदेखि रहँदै आएको छ ।

पूर्वसांसद तथा वरिष्ठ अधिवक्ता अधिकारी थप्छन्, ‘सम्बन्ध विच्छेद करार मान्ने हो र सम्बन्ध विच्छेद गर्न चाहँदा तुरुन्ता–तुरुन्तै गर्न पाउने यो पश्चिमा शैली हो । दुइ जनाको मन मिल्दैन् भने किन रोकिराख्ने भन्ने उनीहरूको मत छ ।’

नेपाली समाज धेरै अगाडि बढिसकेकाले विवाहलाई व्यक्तिको करार मान्ने कुरालाई पनि अन्यथा लिन नसकिने अधिकारी सुझाउँछन् ।

सम्बन्ध विच्छेद गर्दा सम्पत्तिको विषयमा भने प्रष्ट व्यवस्था हुनुपर्ने अधिकारीको भनाइ छ । अंशको सन्दर्भमा पश्चिमा मुलुकमा हाम्रो तुलनामा सहज छ । दुवैको विवाह गर्नु अगाडिको सम्पत्तिमा भाग लाग्दैन भने विवाहपछि दुई जना मिलेर जोडेको सम्पत्ति बराबर हुन्छ ।

प्रतिवादीले जानी जानी वादीलाई अंश नदिने मनसायले फाँटवारी नदिएको प्रमाणित भए अदालतले प्रतिवादीको अंशभागको दश प्रतिशत सम्पत्ति वादीले पाउने गरी फैसला गरिदिनु पर्ने व्यवस्था गरिएको छ ।

सम्पत्ति उपभोगसम्बन्धी मुद्दामा उजुरी दिने हदम्याद ६ महिनाबाट बढाएर एक वर्ष बनाउन प्रस्ताव गरिएको छ ।

प्रचलित कानुनमा अपुताली पाउने हकवालाको प्राथमिकताक्रममा विवाह भई सगोलमा नबसेकी विवाहित छोरी पर्दिनन् । यसलाई बदलेर अपुताली पाउने हकवालाको प्राथमिकताक्रममा विवाह भई सगोलमा नबसेकी विवाहित छोरी राख्ने व्यवस्था प्रस्तावित विधेयकमा छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

म प्रधानमन्त्री भइसकेको मानिस हुँ, यो उमेरमा ललीपप खान्नँ- बाबुराम भट्टराई

पूर्वमन्त्री एवम् कांग्रेस नेता राजेन्द्र खरेलको निधन

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन

रास्वपा सभापतिमा उम्मेदवारी दिन ५१ हजार, अरूमा कति?

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

संसद्‌मा दुर्लभ बालेन, बजेटमाथिको जवाफ पनि छले

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

ग्यास नपाइएको उपभोक्ता गुनासो, आधा सिलिन्डरको सकस कहिलेसम्म ?

नेताहरूको कार्यविभाजन गर्दै ओलीको अपील– निराश नहुनु, पार्टी पुनर्गठन हुन्छ

दिल्ली पुगे रास्वपा सभापति लामिछाने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL