अर्थ बाणिज्य / समाज
Wednesday, 13 Aug, 2025
विकासका लागि राजनीतिक स्थिरता जरुरी छ : सञ्चारमन्त्री
सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभएको छ।
काठमाडौँमा बुधबार स्वावलम्बन विकास केन्द्र ३४ औं वार्षिक उत्सव एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री गुरुङले विकास र समृद्धिका नै दुई ठुला राजनीतिक दल एक भएर सरकार चलाउनुपरेको सुनाउनुभयो।
अहिले सरकार स्थिर छ, त्यसैले ससाना निजी क्षेत्रमा लगानी गरेर पनि आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा उहाँले राख्नुभयो।
कार्यक्रममा स्वावलम्बन विकास केन्द्रले यो वर्षको लघु उद्यमशील विकास पुरस्कार छिमेक लघुवित्त विकास संस्थालाई प्रदान गरेको छ ।







